राजनीतिले कसरी प्रभाव पार्छ सेयर बजार ?
९ असोज, काठमाडौं । सेयर बजार र राजनीति एकअर्कासँग जोडिएका छन् । नेपालको हकमा पनि यो अन्तरसम्बन्धित रहेको प्रष्ट छ ।
स–सानो राजनीतिक घटनाक्रम तथा विभिन्न निकायमा हुने नियुक्तिहरूले समेत बजारमा गहिरो प्रभाव पारिरहेको हुन्छ । एउटा राजनीतिक दल विशेषले सत्ता सम्हाल्दा र अर्को राजनीतिक दल विशेषले सत्ता सम्हाल्दा लगानीकर्ताको मनोभावनामै प्रभाव पार्ने गरेको छ । विश्वका अन्य बजार र नेपालका हकमा पनि त्यो देखिँदै आएको छ ।
राजनीतिक घटनाक्रमको कतिपय प्रभावले बजारलाई लामो अवधिसम्म असर पारेको हुन्छ भने कतिपय प्रभाव छोटो अवधिको हुन्छ । नेपालमा अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने पार्टी र उसको विगतलाई हेरेर पनि बजारले प्रतिक्रिया जनाउने गरेको छ । पछिल्लो पटकको सत्ता परिवर्तन र अर्थमन्त्रीका रुपमा विष्णु पौडेल नियुक्त हुँदा बजारमा प्रभाव देखियो ।
नयाँ अर्थमन्त्री नियुक्ति र सो नियुक्तिपछि माैद्रिक न...