Thursday, December 26

विजनेस

आशा लघुवित्तको लाभांश घोषणा

आशा लघुवित्तको लाभांश घोषणा

ताजा समाचार, विजनेस
६ असोज, काठमाडौं । आशा लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति गरी आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । यसअघि पनि कम्पनीले कुल १५ प्रतिशत नै लाभांश दिएको थियो । गत साता बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १ हजार ५ रुपैयाँ छ । @अनलाइनखबर...
सहकारीको नामबाटै गोरखा मिडियाको खातामा जम्मा भएको थियो साढे २२ करोड

सहकारीको नामबाटै गोरखा मिडियाको खातामा जम्मा भएको थियो साढे २२ करोड

ताजा समाचार, विजनेस
४ असोज, काठमाडौं । गारेखा मिडिया नेटवर्कको बैंक खातामा विभिन्न पाँच सहकारी संस्थाका नामबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सिधै रकम जम्मा भएको पाइएको छ । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार विभिन्न पाँच सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ पैसा आएको हो । जसमध्ये २२ करोड ४६ लाख रुपैयाँ सहकारी संस्थाबाट सिधै गोरखा मिडिया नेटवर्कको खातामा सहकारीको नामबाट नै रकम जम्मा भएको पाइएको हो । यस्तै करिब ४३ करोड ७ लाख रुपैयाँ भने अन्य व्यक्ति तथा संस्थाको नाम खडा गरी गोरखा मिडिया नेटवर्कमा ल्याएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ । ‘सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत कम्पनीहरूमा रकम प्रवाह भएको देखिन्छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, सुप्रिम बचत तथा ऋण सहकारी संस्था, सहारा चितवन बहुउद्देश्यीय सह...
एकैदिन सुन तोलामा १५ सय बढ्यो

एकैदिन सुन तोलामा १५ सय बढ्यो

ताजा समाचार, विजनेस
४ असोज, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि भदौ अन्तिम दिन १ लाख ५७ हजार ३ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८८० रुपैयाँ रहेको चाँदी यस दिन ३५ रुपैयाँ बढेर १९१५ रुपैयाँ पुगेको छ । @अनलाइनखबर...
उपत्यकाका ४ ठाउँमा सुरु भयो सुपथ मूल्य पसल, कति पाइन्छ छुट ?

उपत्यकाका ४ ठाउँमा सुरु भयो सुपथ मूल्य पसल, कति पाइन्छ छुट ?

ताजा समाचार, विजनेस
३ असोज, काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर बिहीबारदेखि काठमाडौं उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । बिहीबार काठमाडौं उपत्यकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ७४ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन ल्याएको छ । काठमाडौं उपत्यकाको थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालन गरेको छ । सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ । त्यस्तै जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको ...
२ महिनामा १२ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण

२ महिनामा १२ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण

ताजा समाचार, विजनेस
३ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम दुई महिनामा १२ अर्ब १२ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । यससँगै अहिलेसम्म यस्तो प्रतिबद्धता रकम ५ खर्ब २४ अर्ब रुपैयाँ बराबर पुगेको छ । उद्योग विभागका अनुसार भदौसम्म कुल ९७ वटा उद्योगमा यस्तो प्रतिबद्धता प्राप्त भएको छ । जसमा १२ अर्ब रुपैयाँभन्दा धेरै प्रतिबद्धता आएको हो । भदौ महिनामा मात्र ३८ उद्योग दर्ता भएको र यस महिनामा ३ अर्ब ५६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । अटोमेटिक रुटबाट भने यस वर्ष दुई महिनामा ८६ करोड २५ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको हो । अहिलेसम्म ८ अर्ब ९७ करोड रुपैयाँ बराबरको एफडीआई अटोमेटिक रुटबाट आएको छ । सरकारले लगानी सम्मेलनका दौरान यो प्रविधिबाट लगानी स्वीकृति गराउन थालेको थियो । यसबीचमा आएको अधिकांश एफडीआई साना उद्यो...
नेपाल–अमेरिका व्यापार तथा लगानी परिषद् बैठकमा के भयो सहमति ?

नेपाल–अमेरिका व्यापार तथा लगानी परिषद् बैठकमा के भयो सहमति ?

विजनेस
३ असोज, काठमाडौं । यसै साता काठमाडौंमा सम्पन्न नेपाल– अमेरिका व्यापार तथा सम्झौता परिषद्को सातौं बैठकमा अमेरिकाले नेपालले सहायता चाहेका क्षेत्रको विस्तृत विवरण माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकमा अमेरिकाका तर्फबाट दक्षिण तथा मधय एसियाका लागि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा ११ सदस्यीय टोली नेपाल आएको थियो । नेपालको तर्फबाट वाणिज्य सचिवको नेतृतवमा १७ सदस्यीय टोलीले भाग लिएको थियो । मन्त्रालयका अनुसार अमेरिकाले नेपाललाई प्रदान गरिरहेको सौविध्यपूर्ण व्यापार सुविधा (नेपाल ट्रेड प्रिफेरेन्सल प्रोग्राम (एनटीपीपी) को समय अवधि बढाउन बैठकमा नेपालले प्रस्ताव गरेको थियो । यसमा अमेरिका सकारात्मक देखिएको छ । यो विषय अमेरिकी कंग्रेसको कार्यक्षेत्रमा पर्ने भएकाले यसका लागि विधायक तहमा संयुक्त रुपमा पहल गर्ने सहमति दुवै मुलुकबीच भएको छ । दुवै म...
प्रतिकिलो १० रुपैयाँ छुटमा खसीबोका र च्याङ्ग्रा बेच्ने सरकारको निर्णय

प्रतिकिलो १० रुपैयाँ छुटमा खसीबोका र च्याङ्ग्रा बेच्ने सरकारको निर्णय

ताजा समाचार, विजनेस
काठमाडौँ । दसैंमा सरकारले १० रुपैयाँ छुटसहित १८ सय खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो खसी बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय गरेको हो । कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा खरिद गर्न सकिने छ । @रातोपाटी...
खुल्यो दशैं लक्षित सहुलियत पसल

खुल्यो दशैं लक्षित सहुलियत पसल

ताजा समाचार, विजनेस
३ असोज,काठमाडौं । सरकारले दशैंसहित चाडपर्व लक्षित गरेर बिहीबारदेखि सहुलियत पसल सञ्चालन गरेको छ । ४२ जिल्लाका ६३ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । सहुलियत पसल सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २३ भदौमा निर्णय गरेको थियो । उपत्यकाका चार स्थान थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष छ । ५० हजार क्विन्टल खाद्यान्न सहुलियतमा बिक्री गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दालमा बजार प्रचलित मूल्यमा किलोको ५ रुपैयाँ छुट दिने जनाएको छ । त्यस्तै तेल लिटरमा ५ रुपैयाँ तथा गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा किलोको ७ रुपैयाँ छुट दिइएको छ । यस्तै कम्पनीले कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा किलोको ७ रुपैयाँ छुट दिएको छ ...
७ वैशाख अब ‘राष्ट्रिय याक दिवस’

७ वैशाख अब ‘राष्ट्रिय याक दिवस’

ताजा समाचार, विजनेस
३ असोज, काठमाडौ । सरकारले प्रत्येक वर्ष वैशाख ७ गतेलाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वैशाख ७ लाई याक दिवसका रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ३० भदौमा मन्त्रालयले तयार पारेको यस सम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए । याक तथा चौँरी संरक्षण, सम्वद्र्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको कृषिमन्त्री अधिकारीले बताए । याक दिवस घोषणाले याकजन्य वस्तुको गुणस्तरीयता वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौँरी विकास र प्रवद्र्धनमा सहयोग पुग्ने तथा यसको संरक्षण, प्रवद्र्धन र विकासमा सघाउ पुग्ने विश्वास लिइएको मन्त्री अधिकारीको भनाइ छ । म...
तोलामा ८ सय घट्यो सुन

तोलामा ८ सय घट्यो सुन

ताजा समाचार, विजनेस
३ असोज, काठमाडौं । बिहीबार सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन दिनका लागि सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ थियो । यसअघि भदौको अन्तिम दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८८० रुपैयाँ कायम भएको छ । @अनलाइनखबर...