Wednesday, December 25

विजनेस

यस्तो छ कालीमाटीमा फलफूलको भाउ

यस्तो छ कालीमाटीमा फलफूलको भाउ

ताजा समाचार, विजनेस
३ असोज, काठमाडौं । कालीमाटी फलफूल बजारमा अनार र केरा केही महँगिएको छ । विगत दुई सातामा केरा प्रतिदर्जन ७ प्रतिशत तथा अनार १३ प्रतिशतले महँगिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । कालीमाटीमा बिहीबार केरा प्रतिदर्जन १५० रुपैयाँ छ । त्यस्तै अनार ४५०, हरियो अंगुर ४००, भारतीय सुन्तला १२०, मौसम १२०, जुनार २८० रुपैयाँ प्रतिकिलो छ । भुइँ कटहर प्रतिगोटा १८० रुपैयाँ छ । स्थानीय नासपाती १००, चाइनिज नासपाती ३००, नेपाली मेवा ६०, भारतीय मेवा १२०, अम्बा १५०, किवी ३५०, आभोकाडो २५०, अमला ९० रुपैयाँ प्रतिकिलो रहेको समितिले जनाएको छ । फुजी स्याउ प्रतिकिलो ३२०, झोले स्याउ प्रतिकिलो २५० रुपैयाँ रहेको छ । कालीमाटीमा बिहीबार फलफूलको भाउ कृषि उपज न्यूनतम अधिकतम औसत स्याउ(झोले) (के.जी.) रू २०० रू २५० रू २२६.६७ स्याउ(फूजी) (के जी) रू ३०० रू ३२० रू ३१०.०० केरा (दर्जन) रू १४० र...
अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

विजनेस
३ असोज, काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ देखि ५.५० प्रतिशतको सीमामा थियो । बेरोजगार दर र मूल्यवृद्धि दुवैमा आशलाग्दो परिणाम देखिन थालेपछि फेडले ब्याजदर कटौतीको निर्णय गरेको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ । ब्याजदर कटौतीले श्रम बजारको मन्दी थप घटाउने एफओएमसीको दाबी छ । यो कटौतीपछि मूल्यवृद्धिमा थप जोखिम नदेखिएमा २०२४ को अन्त्यतिर अर्को ०.५० प्रतिशत विन्दु ब्याजदर कटौती हुन सक्ने अनुमान गरिएको छ । ‘मूल्यवृद्धिदर लक्षित २ प्रतिशतको सीमातिरै उन्मुख छ, बेरोजगारीको जो...
बजार घट्दा पनि बैंकिङ बढ्यो, कारोबार खुम्चियो

बजार घट्दा पनि बैंकिङ बढ्यो, कारोबार खुम्चियो

ताजा समाचार, विजनेस
२ असोज, काठमाडौं । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ४ अंक घटेपछि २५७६ मा कायम भएको छ । बजारमा कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ । अघिल्लो दिन ७ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडमै खुम्चियो । कारोबार रकम घट्नुले अब बजारमा बिक्री गर्नेहरू संयम हुन थालेको जनाउँछ । ७४ कम्पनीको मूल्य बढ्दा १६३ को घट्यो भने ७ को स्थिर रह्यो । यस दिन दुई सेक्टर मात्रै बढे । बैंकिङ समूह ११ अंक तथा निर्जीवन बीमा २० अंक बढे । अरु सबै समूहगत सूचक घटेका छन् । विकास बैंक ६, फाइनान्स ८३, होटल तथा पर्यटन ८, हाइड्रोपावर ५, जीवन बीमा ३९, उत्पादन ५७, माइक्रोफाइनान्स ५३, अन्य १२ र व्यापार समूह २० अंक घटे । अरुको तुलनामा बैंकिङ हाई क्याप सेक्टर कम्पनी रहेकाले यसले समग्र बजारको उतारचढावलाई बढी प्रभाव पार्दछ । बुधबार...
तोलामा तीन सय घट्यो सुन

तोलामा तीन सय घट्यो सुन

ताजा समाचार, विजनेस
२ असोज, काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ । भदौको अन्तिम दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । @अनलाइनखबर...
साहस ऊर्जाको बोनस सेयर घोषणा, शत प्रतिशत हकप्रद जारी गर्ने

साहस ऊर्जाको बोनस सेयर घोषणा, शत प्रतिशत हकप्रद जारी गर्ने

ताजा समाचार, विजनेस
२ असोज, काठमाडौं । साहस ऊर्जाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीका लागि ८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । साथै कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश पनि घोषणा गरेको छ । यो लाभांश आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् । लाभांश पारित गर्न कम्पनीले कात्तिक ४ गतेका लागि साधारणसभा बोलाएको छ । असोज १३ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । यसैबीच बोनस सेयर जारीपछि कायम चुक्ता पूँजी ३ अर्ब ७८ करोडको १ बराबर १ अनुपातमा हकप्रद सेयर पनि निष्कासन गर्ने भएको छ । बुधबार बजार खुल्नुअघि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५८३ रुपैयाँ छ । साहस ऊर्जाको संस्थापक, स्थानीयबासी र कर्मचारीको सेयरमा असोज १६ गतेपछि लकइन अवधि सकिँदैछ । सो कम्पनीको २ करोड ८२ लाख १० हजार कित्ता सेयरमा लकइन अवधि सकि...
सूचीकृत १३ कम्पनीले घोषणा गरे लाभांश, कसको कति ?

सूचीकृत १३ कम्पनीले घोषणा गरे लाभांश, कसको कति ?

ताजा समाचार, विजनेस
२ असोज, काठमाडौं । १३ सूचीकृत कम्पनीहरुले सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गरेका कम्पनीमा एक वाणिज्य बैंक, एक विकास बैंक, दुई लगानी कम्पनी, दुई जीवन बीमा कम्पनी, एक उत्पादन कम्पनी, एक होटल, एक लघुवित्त र चार हाइड्रोपावर कम्पनी छन् । हालसम्म लाभांश घोषणा गरेकामध्ये अधिकांश कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् । लगानीकर्तालाई छुट्याइएको बोनस सेयरमा कर लाग्ने भएकाले केहीले कर प्रयोजनका लागि मात्रै नगद लाभांश घोषणा गरेका छन् । बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् भने अन्य कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरेपछि कम्पनीहरुले साधारणसभामार्फत पारित गर्छन् । साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले बोनस सेयर डिम्याट खातामा र नगद...
हिउँदे अधिवेशनमा पर्यटनसँग सम्बन्धित ऐन संशोधन हुन्छ : पर्यटनमन्त्री

हिउँदे अधिवेशनमा पर्यटनसँग सम्बन्धित ऐन संशोधन हुन्छ : पर्यटनमन्त्री

ताजा समाचार, विजनेस
१ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐन संशोधन हुने बताएका छन् । मंगलबार नेपाल पर्वतारोहण संघको ३४औं वार्षिक सधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेन अगावै ऐनहरूलाई मूर्त रूप दिइने बताए । ‘हिजो मात्रै संसदको अधिवेशन अन्त्य भएको छ । हामीले पर्यटन, संस्कृति, हवाई उड्यन, लगायत नीति परिमार्जन गर्न खोजिरहेका छौं, संसदको हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिम रूप दिने छौं,’ मन्त्री पाण्डेले भने । मन्त्री पाण्डेले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आह्वान गरे । उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको बताए । @अनलाइनखबर...
२ महिनामा झन्डै १२ प्रतिशत उठ्यो राजस्व, खर्च कति ?

२ महिनामा झन्डै १२ प्रतिशत उठ्यो राजस्व, खर्च कति ?

ताजा समाचार, विजनेस
१ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारले लक्ष्यको झन्डै १२ प्रतिशत राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौसम्म १ खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ बराबर राजस्व उठेको छ । यो लक्ष्यको ११.७२ प्रतिशत हो । सरकारले यसवर्ष १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । भदौसम्म संकलित राजस्वमध्ये कर राजस्व १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ उठेको छ । यो लक्ष्यको ११.३१ प्रतिशत हो । यस अवधिमा २१ अर्ब १९ करोड गैरकर राजस्व उठेको छ । यो लक्ष्यको १५.६९ प्रतिशत हो । यस अवधिमा अनुदान र अन्य आम्दानी हुन नसकेको महालेखाको विवरणमा देखिन्छ । खर्चतर्फ सरकारले दुई महिनामा १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी गरेको देखिन्छ । यो कुल बजेटको ७.३९ प्रतिशत हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरि...
उच्च मूल्यबाट तोलामा ६ सय घट्यो सुन

उच्च मूल्यबाट तोलामा ६ सय घट्यो सुन

ताजा समाचार, विजनेस
१ असोज, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ थियो । अमेरिकाको केन्द्रीय बैंकले आजभोलिमै ब्याजदर घटाउने चर्चापछि सुनको मूल्य आकासिएको हो । ब्याजदर घट्दा सुनतिर लगानी आकर्षित हुन गई मागसँगै मूल्य बढ्ने गरेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी यस दिन १९०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । @अनलाइनखबर...
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव

ताजा समाचार, विजनेस
३१ भदौ, काठमाडौं । संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा सहकारी समितिले ८ वटा सुझाव दिएको छ । स्रोतका अनुसार जीबी राई समूहले सञ्चालन गरेका ७ मध्ये ५ वटा सहकारीबाट गोर्खा मिडियामा २ अर्ब ५६ करोड रुपैयाँ कारोबार भएको पाइएको छ । यसमध्ये ६५ करोड रुपैयाँ सहकारीको रकम अपचलन भएको समितिको निष्कर्ष छ । समितिका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीबाट सहकारी कानुन विपरीत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको छ । यसमा सहकारी सञ्चालक एवं निर्णय प्रक्रियामा स...