Wednesday, December 25

विजनेस

अमेरिकामा ब्याजदर घट्ने चर्चाले महँगियो सुन, मूल्य हालसम्मकै उच्च

अमेरिकामा ब्याजदर घट्ने चर्चाले महँगियो सुन, मूल्य हालसम्मकै उच्च

ताजा समाचार, विजनेस
३० भदौ, काठमाडौं । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो । अमेरिकाकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने चर्चाले अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएको सञ्चारमाध्यम रोयटर्सले जनाएको छ । यो साता नै फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर घटाउने करिब निश्चित भएसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । फेडले सेप्टेम्बर १७ वा १८ मा ०.५० प्रतिशत विन्दुले सन्दर्भ ब्याजदर घटाउने अनुमान छ । हाल फेडको सन्दर्भ ब्याजदर सीमा ५.२५ देखि ५.५० प्रतिशत छ । चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँले बढेको छ । अ...
अब अदालतमा पनि ‘टीएमएस’ नचल्ने

अब अदालतमा पनि ‘टीएमएस’ नचल्ने

ताजा समाचार, विजनेस
२८ भदौ, काठमाडौं । देशैभरिका अदालतहरूमा पनि अनलाइन सेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ । यसअघि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरिका सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । संघ, प्रदेश र स्थानीय तह मातहतका सबै सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न सरकारले निर्देशन दिएको थियो । सर्वोच्च अदालतले पनि शुक्रबार एक सूचना जारी गर्दै उच्च अदालत र उच्च अदालतका इजलास, जिल्ला अदालत र निकायहरूमा सेयर कारोबार गर्न टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ भदौमा सरकारी कार्यालयमा टीएमएस नचलाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको थियो । २३ भदौमा सरकारले सबै सरकारी तथा सार्वजनिक निकायमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । सरका...
कर्णालीका ९ जिल्लामा असोज पहिलो सातादेखि सुपथ मूल्य पसल

कर्णालीका ९ जिल्लामा असोज पहिलो सातादेखि सुपथ मूल्य पसल

विजनेस
२८ भदौ, सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्य गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित नौ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँ लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रले जानकारी दिए । सुर्खेत, जाजरकोट, कालिकोट, रुकुमपश्चिम, डोल्पा, दैलेख, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उनले बताए । कम्पनीले गत वर्ष पनि प्रदेशका सल्ल्यानबाहेक नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । उपभोक्ताको उच्च मागलाई ध्यान दिएर यस वर्ष चार प्रकारका चामलसँगै तेल, घिउ र दाल बिक्री गरिनेछ । सल्ल्यानमा कम्पनीको कार्यालय नभएका कारण त्यहाँ सु...
विश्व बैंकसँगको साझेदारीमा सामाजिक संरक्षण सम्मेलन सुरु

विश्व बैंकसँगको साझेदारीमा सामाजिक संरक्षण सम्मेलन सुरु

ताजा समाचार, विजनेस
२७ भदौ, काठमाडौं । नेपाल सरकार, विश्व बैंक र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) सँगको साझेदारीमा सामाजिक संरक्षण सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सम्मेलन उद्घाटन गरे । उनले गरिबी न्यूनीकरण, उत्थानशील निर्माण र भावी पुस्ताको मानव पूँजीमा लगानी गर्न सामाजिक संरक्षणलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा सम्मेलनमा छलफल हुने बताए । ‘नेपालले आफ्नो मानव पूँजी निर्माणमा लगानी बढाउँदै गरेको समयमा सम्मेलन आयोजना भएको छ, हामी भावी पुस्ता र बालबालिकाका आवश्यकता पूरा गर्न थप समावेशी सामाजिक संरक्षण प्रणाली निर्माण गर्न प्रतिबद्ध छौं,’ उनले भने । नेपाल तीव्र आर्थिक, सामाजिक र जनसाङ्ख्यिकीय परिवर्तनबाट गुज्रिरहेको भन्दै अझै २० प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी बाँचिरहेको बताए । उनले आर्थिक–सामाजिक असमानता अझै पनि...
उच्च मूल्यमै स्थिर रह्यो सुन

उच्च मूल्यमै स्थिर रह्यो सुन

ताजा समाचार, विजनेस
२७ भदौ, काठमाडौं । बुधबार उच्च मूल्यमा पुगेको सुन बिहीबार पनि सोही मूल्यमै स्थिर रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि पनि सुन अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तय गरेको छ । भदौको कुनै पनि दिन सुनको मूल्य १ लाख ५१ हजार रुपैयाँभन्दा तल झरेन । यसले आगामी महिना सुनको मूल्य थप महँगिन सक्ने संकेत गरेको छ । त्यस्तै बिहीबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७८० रुपैयाँ चाँदी आज १७९५ रुपैयाँ पुगेको छ। @अनलाइनखबर...
नेपाल ल्युब आयलले एफपीओ जारी गर्ने, २५ प्रतिशत लाभांश घोषणा

नेपाल ल्युब आयलले एफपीओ जारी गर्ने, २५ प्रतिशत लाभांश घोषणा

ताजा समाचार, विजनेस
२७ भदौ, काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीका लागि २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समित बैठकले ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर घोषणा गरेको हो । सो लाभांश पारित गर्नका लागि कम्पनीले असोज १८ गतेका लागि साधारणसभा बोलाएको छ । असोज ४ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । साधारणसभामा लाभांशका साथै थप सेयर निष्कासन (एफपीओ) प्रस्ताव पनि लगिने कम्पनीले सार्वजनिक सूचनामार्फत जनाएको छ । प्रिमियम मूल्य थप गरी एफपीओ जारी गरिने कम्पनीले स्पष्ट पारेको छ । जारी हुने एफपीओ संख्या तथा मूल्य भने पछि तय हुने छ । एफपीओ जारी गरी पूँजी वृद्धि गर्न प्रवन्धपत्र तथा नियमावली संशोधनका लागि गर्नुपर्ने आवश्यक कामकारबाहीको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभामा लगिँदैछ । बजारमा सूचीकृत रहे पनि यस कम्पनीको सेयर बिक्री गर्नेहरू नहुँदा किनबेच हुने गरेको छैन । जम्म...
काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

ताजा समाचार, विजनेस
२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा ७ हजार ८ सय करदाता थपिएका छन् । महानगरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बहाल करतर्फ ३ हजार ३१७ जना करदाता थप भएको छ । यस्तै व्यवसाय करतर्फ ३ हजार १६७ जना र सम्पत्ति करतर्फ १ हजार ३३९ जना करदाता थप भएको छ । महानगरले करको दायरा बढाउन प्रत्येक वडामा घरदैलो कार्यक्रम समेत गरेको थियो । कर दाताको संख्या बढेसँगै राजस्वमा वृद्धि हुने अनुमान महानगरको छ । @अनलाइनखबर...
नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा

नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा

ताजा समाचार, विजनेस
२६ भदौ, काठमाडौं । नबिल बैंकमार्फत कोष प्रवर्द्धन गरिएका म्युचुअल फन्डका दुई योजनाले लाभांश घोषणा गरेका छन् । बन्दमुखी योजना नबिल ब्यालेन्स फन्ड– २ र खुलामुखी योजना नबिल फ्लेक्सी क्यापले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन् । नबिल ब्यालेन्स फन्ड–२ ले करसहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बन्दमुखी यस योजनाको बुक क्लोज मिति असोज ११ गतेका लागि तोकिएको छ । असोज १० गतेसम्म इकाइ होल्ड वा खरिद गर्नेले लाभांश पाउने छन् । पछिल्लो पटक कारोबार हुँदा बजारमा यसको प्रतिइकाइ मूल्य ९ रुपैयाँ ९० पैसा छ । त्यस्तै नबिल फ्लेक्सी क्यापले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । खुलामुखी योजना भएकाले यसको लाभांश पुनः इकाइ खरिदका लागि पनि लगानीकर्ताले प्रयोग गर्न सक्नेछन् । त्यसका लागि असोज १० गतेसम्म योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा गई वा अनलाइनमार्फत फारम भरेर बुझाउनुपर्नेछ । बुधब...
५५ अंक घट्यो सेयर बजार, कारोबार खुम्चियो

५५ अंक घट्यो सेयर बजार, कारोबार खुम्चियो

विजनेस
२४ भदौ, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से सोमबार ५५.८६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४६ अंकमा कायम भएको छ । सोमबारको बजारमा दिनभरजसो बिक्री पक्ष हाबी बन्यो । २२ कम्पनीको मूल्य बढ्दा २२२ कम्पनीको घट्यो । बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन १० अर्ब १२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४३ करोडको भयो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ २.२८, विकास बैंक १.८७, फाइनान्स २.२७, होटल तथा पर्यटन २.६७, हाइड्रोपावर २.४४, जीवन बीमा २.४९, उत्पादन १.२५, लगानी ०.३४, माइक्रोफाइनान्स २.३३, निर्जीवन बीमा २.४५, अन्य १.८३ र व्यापार समूह ०.३५ प्रतिशत घटे । हाथवे इन्भेस्टमेन्ट कम्पनीको ८.९८, नेपाल वेयरहाउजिङको मूल्य ७.५९, इमर्जिङ नेपालको ६.३८, सीईडीबी हाइड्रोपावरको ६.२१, स्वरोजगार लघुवित्तको ५.८७ प्रतिशत मूल्य बढ्यो । उन्नति सहकार्य लघुवित्तको ७.७८, सिर्जनशील लघुवित्तको...
पेट्रोलियम पदार्थमा इथानोल मिसाउन सरकारले प्रोत्साहन गर्नुपर्छ : आयल निगम

पेट्रोलियम पदार्थमा इथानोल मिसाउन सरकारले प्रोत्साहन गर्नुपर्छ : आयल निगम

ताजा समाचार, विजनेस
२४ भदौ, काठमाडौं । पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका बेला आयल निगमले १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने जनाएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राजधानीमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको सम्बन्धमा गरेको छलफल कार्यक्रममा निगमका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले २०६० सालमा नै नेपालले आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने नीतिगत व्यवस्था गरेको बताइन् । ʻ२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसयता बनेका इथानोल मिश्रण सम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ । इथानोल बर्निङ पावरयुक्त तत्त्व हो । यसले पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पुर्‍याउँछ भने देशबाट ...