Tuesday, December 24

विजनेस

टप १० ब्रोकर कम्पनीमार्फत कति भयो किनबेच ?

टप १० ब्रोकर कम्पनीमार्फत कति भयो किनबेच ?

ताजा समाचार, विजनेस
२३ भदौ, काठमाडौं । आइतबार १० अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीहरुको हिस्सा ३८ प्रतिशत रह्यो । टप १० ब्रोकर कम्पनीमार्फत मात्रै आइतबार ३ अर्ब ९१ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा ३ अर्ब ७५ करोड रुपैयाँको बिक्री भयो । टप १० ब्रोकर कम्पनीमध्ये यस दिन ६ कम्पनीमार्फत खरिद धेरै भएको छ भने ४ कम्पनीमार्फत बिक्री धेरै भएको छ । नासा, भिजन, सनी, लिन्च, एबीसी र भृकुटीमार्फत खरिद धेरै भएको छ । त्यस्तै इम्पेरियल, अनलाइन, आर्यतारा र डायनामिकमार्फत बिक्री धेरै भएको छ । यस दिन नासामार्फत १ अर्बमाथिको खरिद र १ अर्बमाथिको बिक्री भएको छ । यी ब्रोकर कम्पनीमार्फत ग्रीनलाइफ हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, मध्यभोटेकोशी, निफ्रा, एक्सल डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स, अपी पावर, युनाइटेड अजोड इन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन...
सेयर बजार २७०१ अंकमा झर्‍यो

सेयर बजार २७०१ अंकमा झर्‍यो

ताजा समाचार, विजनेस
२३ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २५.४६ अंक घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ । बजार दिनभर उतारचढावमा रह्यो । १२ : २७ बजे २७६० अंकसम्म पुगेको बजार २ : ५८ बजे २६९९ सम्म झर्‍यो । ८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो । बजार घट्दा कारोबार रकम केही बढेको छ । बिहीबार ९ अर्ब ६५ करोडको कारोबार भएकोमा आज १० अर्ब १२ करोडको भयो । माइक्रोफाइनान्स समूह १.२१ तथा उत्पादन समूह ०.५० प्रतिशत बढे । बैंकिङ १.५८, विकास बैंक २.०७, फाइनान्स १.२४, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर ०.६०, लगानी ०.५४, जीवन बीमा १.४२, निर्जीवन बीमा १.२८, अन्य १.३१ तथा व्यापार समूह १.२४ प्रतिशत घटे । समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको म...
उच्च मूल्यबाट तोलामा १२ सय घट्यो सुन

उच्च मूल्यबाट तोलामा १२ सय घट्यो सुन

ताजा समाचार, विजनेस
२३ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७९५ रुपैयाँ रहेको चाँदी आइतबार १७५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । @अनलाइनखबर...
सेयर बजारको परिसूचकसँगै कारोबार घट्यो

सेयर बजारको परिसूचकसँगै कारोबार घट्यो

ताजा समाचार, विजनेस
२० भदौ, काठमाडौं । बिहीबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा १२.१० अंकले नेप्से परिसूचक घटेको हो । सो गिरावटपछि २७२७ अंकमा रहेर यो साता बजार बन्द भएको छ । कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन १२ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६५ करोडको भयो । १०१ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ५ को स्थिर रह्यो । माइक्रोफाइनान्स १.६८ तथा व्यापार सूचक ०.१६ प्रतिशत बढे भने अरु सबै घटेका छन् । बैंकिङ ०.६९, विकास बैंक ०.१३, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.११, हाइड्रोपावर १.०१, लगानी १.३६, जीवन बीमा ०.७४, उत्पादन ०.३३, निर्जीवन बीमा ०.५२ र अन्य ०.०१ प्रतिशत घटे । गुडविल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । युनिक नेपाल लघुवित्तको ९.१४, नेस्डो लघुवित्तको ८.४३, विन नेपाल लघुवित्तको ७.५ तथा उन्नति सहकार्य लघुवित्तको ६.९ प्रतिशत मूल्य बढ्यो । नेपाल फाइनान्सको मूल्य ८.९१ प्रति...
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत आपूर्ति प्रभावित

ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत आपूर्ति प्रभावित

ताजा समाचार, विजनेस
२० भदौ, काठमाडौं । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट एउटामा समस्या आएको छ । दुईवटा ट्रान्सफर्मरबाट करिब ९० एमभीए भार (लोड) आपूर्ति भइरहेकामा एउटामा समस्या आएपछि ३० एमभीए लोड काटिएको छ । यसले गर्दा उक्त सबस्टेसनबाट आपूर्ति भइरहेको धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायतका क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको हो । प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले ट्रान्सफर्मर बिग्रिएका कारण प्रभावित भएको विद्युत् आपूर्तिलाई नियमित गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत् ल्याउन लागिएको बताए । सुरसण्ड–जलेश्व...
सर्वोत्तम सिमेन्ट, साहस ऊर्जा र बुद्धभूमि हाइड्रोको सेयरमा लकइन अवधि सकिँदै

सर्वोत्तम सिमेन्ट, साहस ऊर्जा र बुद्धभूमि हाइड्रोको सेयरमा लकइन अवधि सकिँदै

ताजा समाचार, विजनेस
२० भदौ, काठमाडौं । एक महिनामा तीन कम्पनीका थप सेयरमा लकइन अवधि सकिँदैछ । म्युचुअल फन्ड, संस्थागत लगानीकर्ता, संस्थापक, प्रभावित स्थानीयले होल्ड गरेको तीन कम्पनीका सेयरमा लकइन अवधि सकिन लागेको हो । सर्वोत्तम सिमेन्टको भदौ २५ गते संस्थागत तथा म्युचुअल फन्डले होल्ड गरेको सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थागत तथा म्युचुअल फन्डको होल्डिङमा सर्वसाधारणलाई सेयर बाँडफाँटको ६ महिनासम्म लकइन अवधि रहने व्यवस्था छ । सो बमोजिम सर्वोत्तमको २५ लाख ५४ हजार २२७ कित्ता सेयरमा लकइन अवधि सकिनेछ । त्यस्तै साहस ऊर्जाको संस्थापक, स्थानीयबासी र कर्मचारीको सेयरमा असोज १६ गतेपछि लकइन अवधि सकिने भएको छ । सो कम्पनीको २ करोड ८२ लाख १० हजार कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो । संस्थापक तथा प्रभावित स्थानीयको सेयरमा सर्वसाधारणलाई बाँडफाँटको तीन वर्षपछि लकइन अवधि सकिने व्यवस्था छ । बुद्धभूमि नेपाल हाइड्रोप...
सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो

सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो

ताजा समाचार, विजनेस
१९ भदौ, काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५.१, होटल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन बीमा ३.७, उत्पादन २.५, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ३.७ र व्यापार समूह २.६ प्रतिशत घटे । बजार घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । एसियन हाइड्रोपावरको ८.९, धौलागिरि लघुवित्...
सेयर बजार २८३० अंकमा पुग्यो, बीमा क्षेत्रमा आकर्षण

सेयर बजार २८३० अंकमा पुग्यो, बीमा क्षेत्रमा आकर्षण

ताजा समाचार, विजनेस
१८ भदौ, काठमाडौं । मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिन १२७ अंक बढेको बजारमा आज केही करेक्सनको अपेक्षा रहे पनि बजारले वृद्धिलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक यस दिन ६.९४ अंक बढेर २८३० अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोडको भयो । कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन बीमा क्षेत्रमा आकर्षण देखियो । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ४.७८ प्रतिशत बढ्यो भने जीवन बीमा समूह २.२८ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, माइक्रोफाइनान्स ०.३६ प्रतिशत बढे । बैंकिङ ०.६७, फाइनान्स १.५७, हाइड्रोपावर ०.५०, लगानी ०.४४, उत्पादन ०.१४, अन्य ०.१८, ब्यापार ०.४१ प्रतिशत घटे । १२ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । एनएलजी...
सेयर बजार २८३० अंकमा पुग्यो, बीमा क्षेत्रमा आकर्षण

सेयर बजार २८३० अंकमा पुग्यो, बीमा क्षेत्रमा आकर्षण

ताजा समाचार, विजनेस
१८ भदौ, काठमाडौं । मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिन १२७ अंक बढेको बजारमा आज केही करेक्सनको अपेक्षा रहे पनि बजारले वृद्धिलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक यस दिन ६.९४ अंक बढेर २८३० अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोडको भयो । कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन बीमा क्षेत्रमा आकर्षण देखियो । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ४.७८ प्रतिशत बढ्यो भने जीवन बीमा समूह २.२८ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, माइक्रोफाइनान्स ०.३६ प्रतिशत बढे । बैंकिङ ०.६७, फाइनान्स १.५७, हाइड्रोपावर ०.५०, लगानी ०.४४, उत्पादन ०.१४, अन्य ०.१८, ब्यापार ०.४१ प्रतिशत घटे । १२ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । एनएलजी...
पानी उद्योगी, ढुवानीकर्ता र वितरकलाई सरकारले तोक्यो सर्त

पानी उद्योगी, ढुवानीकर्ता र वितरकलाई सरकारले तोक्यो सर्त

ताजा समाचार, विजनेस
१७ भदौ, काठमाडौं । सरकारले पानी उद्योगी, ढुवानीकर्ता र वितरकका लागि सर्त तोकेको छ । पानीको बिक्री वितरणलाई प्रभावकारी बनाई सुपथ मूल्यमा गुणस्तरीय पानी उपभोक्तासमक्ष उपलब्ध गराउन यस्तो सर्त तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए । तोकिएका सर्त पालना भए/नभएको बारे विभागबाट अनुगमन–निरीक्षण हुने र सर्तको उल्लंघन गरेको पाइए कानुन बमोजिम कारबाही हुने समेत उनले जानकारी दिएका छन् । सरकारले पानी उद्योगी र ढुवानीकर्ताबीच अनिवार्य सम्झौता गरी खरीद तथा बिक्री बिल जारी गर्नु सर्त तोकेको छ । सादा बिल प्रयोग नगर्न समेत विभागले सचेत गराएको छ । ढुवानीकर्ताले खुद्रा विक्रेतालाई समेत अनिवार्य बिल दिनु पर्ने भएको छ । बिल बिजक जारी नगरी पानीको कुनै पनि कारोबार नगर्न समेत सरकारले सचेत गराएको छ । जार तथा बोटल पानी प्रचलित कानुन बमोजिम लेबलमा उल...