विद्यार्थी कम भएपछि छत्रकोटका ९ विद्यालय समायोजन, १ खारेज
४ वैशाख, गुल्मी । विद्यार्थी संख्या कम भएपछि गुल्मीको छत्रकोट गाउँपालिकामा ९ वटा विद्यालय समायोजन गरिएको छ । पालिकामा रहेको एउटा विद्यालय खारेज भएको छ भने सात वटा विद्यालयको कक्षा घटाइएको छ ।
वडा नं २ मा रहेको पिपलडाँडा आधारभूत विद्यालय, १ को जनचेतना आधारभूत विद्यालय, २ कै ठूलापोखरा आधारभूत विद्यालय र वडा नं ३ मा रहेको भगवती आधारभूत विद्यालयलाई समायोजन गरिएको छ ।
त्यस्तै वडा नं ३ को खड्गदेवी आधारभूत विद्यालय र भानु आधारभूत विद्यालय, ५ को जनता आधारभूत विद्यालय, ६ को आलम आधारभूत विद्यालय र कालिका आधारभूत विद्यालय समायोजना गरिएको गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक विनोद न्यौपानेले बताए ।
छत्रकोट वडा नं ४ मा रहेको कालिका बाल विकास केन्द्र भने खारेज भएको छ ।
गाउँपालिकाले बुद्धिविनोद आधारभूत विद्यालय छत्रकोट–१, पिपलपोखरा आधारभूत विद्यालय छत्रकोट–१, जनशिक्षा आधारभूत विद्यालय छत्...