Tuesday, December 24

समाज

दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

ताजा समाचार, समाज
१८ असोज, काठमाडौं । बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि ...
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

जीवनशैली, समाज
१७ असोज, देउखुरी । दुर्गापक्षअन्तर्गत आज पहिलो दिन घरघरमा देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै दसैँको सुरुवात भएको छ । थारू समुदायमा दसैँ आउनुभन्दा एक महिना अघिदेखि सखिया र झुमरा नाच नाच्ने परम्परा रहेकाले यसको चहलपहल बढेको हो । झुमरा नाचमा दसैँविशेष विभिन्न सांस्कृतिक कार्यक्रम गरी रमाइलो गर्ने चलन रहेको घोराही उपमहानगरपालिका–६ का भीमबहादुर चौधरीले बताए । थारू जातिको पौराणिक भाषा, वेशभूषा, रहनसहन, संस्कार, कला तथा सांस्कृतिक परम्परा अनुसार सखिया र झुमरा नाच्ने गरिएको भन्दै यसको आफ्नै मौलिक पहिचार र महत्व रहेको उनले उल्लेख गरे । आर्थिक, सामाजिक तथा राजनीतिक हिसाबले पछि परे पनि सांस्कृतिक हिसाबले थारू जाति अगाडि रहेका चौधरीको भनाइ छ। थारू जातिले माघे सङ्क्रान्तिलाई सबैभन्दा बढी महत्वका साथ मनाउने गर्दछन्। साथै अट्वारी, कृष्ण जन्माष्टमी, दसैँ र तिह...
पोखराका शक्तिपीठमा दुर्गा महोत्सव

पोखराका शक्तिपीठमा दुर्गा महोत्सव

ताजा समाचार, समाज
कास्की । पोखरा र आसपासका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले महोत्सव आयोजना गरेको हो । नवरात्र प्रारम्भ भएसँगै यहाँका देवीस्थान र कोटहरूमा महोत्सव आयोजना भएका हुन् । परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको गुप्तकालीमा दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर पूजाआराधना गर्ने प्रचलन छ । विधिपूर्वक कोतघरमा प्रवेश गरी नवमीसम्म नित्य दुर्गा सप्तशती पाठ गरिन्छ । फूलपातीका दिन रामघाटबाट लगेको फूलको डोली विधिवत् गुप्तकालीमा प्रवेश गराएर नवपत्रिकाले पूजा गरिन्छ । फूलपातीकै दिन कुँवर जातिको लोपोन्मुख सैन्य अभ्यास सरुन खेल प्रदर्शन गरिनेछ । अष्टमीको मध्यरातमा कालरात्रि पूजा र नवमीमा पञ्चबलि दिइन्छ । यस अवसरमा नगरा बजाउने, सत्रौँ शताब्द...
छोराछोरी विदेश पठाउने ज्येष्ठ नागरिकमा भावनात्मक र सामाजिक एक्लोपना

छोराछोरी विदेश पठाउने ज्येष्ठ नागरिकमा भावनात्मक र सामाजिक एक्लोपना

समाज
काठमाडौँ । विदेशमा छोराछोरी भएका ज्येष्ठ नागरिकहरू भावनात्मक र सामाजिक एक्लोपनको सिकार हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा यस्तो समस्या देखाएको हो । महानगरभित्र रहेका ज्येष्ठ नागरिकहरूमध्ये छोराछोरी विदेशमा भएका २१.७ प्रतिशत व्यक्ति गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको हो । ६२.३ प्रतिशतमा मध्यम खालको एक्लोपना देखिएको हो । त्यस्तै १५ प्रतिशतमा कुनै पनि खालको भावनात्मक एक्लोपना नदेखिएको सर्वेक्षण रिर्पोटले देखाएको छ । यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८ प्रतिशत उच्च एक्लोपना, २८.३ प्रतिशतमा मध्यम र २३.७ प्रतिशतमा शून्य देखिएको थियो । हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा उनीहरूले हीनताबोध गरेका समेत अध्ययनले देखाएको छ । त्यसैकारण उनीहरूमा एक्लोपना र निराशा देखिएको अध्ययनको दाबी छ ।...
सकियो सोह्रश्राद्ध, श्राद्ध रोकिएको भए के गर्ने ?

सकियो सोह्रश्राद्ध, श्राद्ध रोकिएको भए के गर्ने ?

ताजा समाचार, समाज
१६ असोज, काठमाडौं । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडा दशैं सुरु हुन्छ । सोह्रश्राद्धको अन्तिम दिन आजलाई औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश श्राद्ध रोकिएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ । श्राद्ध गर्नाले पितृऋणबाट मुक्ति भइन्छ भन्ने धार्मिक विश्वास छ । श्राद्ध गर्नेहरुको काठमाडौं उपत्यकाको ...
बुटवलबाट काठमाडौं हिडेको विङ्गर पहिरोमा पुरिदा १४ जनाको ज्यान गयो

बुटवलबाट काठमाडौं हिडेको विङ्गर पहिरोमा पुरिदा १४ जनाको ज्यान गयो

ताजा समाचार, मौसम, समाज
बुटवलबाट काठमाडौं हिडेको विङ्गर पहिरोमा पुरिदा १४ जनाको ज्यान गयो बुटवल । बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरो सँगै पुरिँदा बुटवलका १४ जनाको ज्यान गएको छ। ज्यान जानेमा जिप चालक रमेश लुइँटेल समेत छन्। पृथ्वी राजमार्गको नागढुंगा (नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन्। ती मध्ये १३ जनाले बुटवलबाट टिकट लिएको र १ जना नारायणगढबाट चढेका यात्रु हुन सक्ने बताइएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान काठमाडौँ जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट १० जना र राजमार्ग चौराहाबाट टिकट लिएर ३ जना चढेका थिए। यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ। ती मध्ये, बोम कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ भने एक जनाको मोबाइल नम्बर मात्रै उल्लेख छ। पश्चिम ने...
नेविसंघ अर्घाखाँची रुपन्देही सम्पर्क समितीको तेस्रो अधिवेशन सम्पन्न

नेविसंघ अर्घाखाँची रुपन्देही सम्पर्क समितीको तेस्रो अधिवेशन सम्पन्न

ताजा समाचार, राजनीति, समाज
बुटवल । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ अन्तर्गत अर्घाखाँची रुपन्देही सम्पर्क समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन समिति संयोजक रमेश पाण्डे वशिष्टको अध्यक्षता एवम् नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्ला पार्टी सभापति केशव श्रेष्ठको प्रमुख अतिथ्यतामा बुटवलमा सम्पन्न भएको अधिवेशन बाट रमेश पाण्डे वशिष्टको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । भाद्र ८ गतेको विद्यार्थी भेलाले असोज १२ गते अधिवेशन गर्ने गरी रमेश पाण्डेको संयोजकत्वमा ७ सदस्यीय समिति घोषणा गरेको थियो । समितिले तोकिएको समयमा अधिवेशन सम्पन्न गरेको छ। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीका सभापति केशव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेपाली काङ्ग्रेस, नेपाल तरुण दल र नेविसंघका नेताहरुको उपस्थिति रहेको थियो । विद्यार्थी भेला तथा तेस्रो अधिवेशन बाट रमेश ...
थारू महिलाहरुको जितिया पर्व आजदेखि सुरु

थारू महिलाहरुको जितिया पर्व आजदेखि सुरु

ताजा समाचार, समाज
८ असोज, काठमाडौं । तराईका थारू समुदायका महिलाहरुले आजदेखि जितिया पर्व सुरु गरेका छन् । सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन तराईका थारुसहित अन्य समुदायका महिलाले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका हुन् । योसँगै तराईका गाउँघरमा जितियाको रौनक छाएको छ । जितियामा छोरी, चेली दिदीबहिनाहरू माइतमा आएका छन् भने माइत आउन नसक्‍नेहरू घरमै जितियाको ब्रत प्रारम्भ गरेका छन् । यता, काठमाडौं उपत्यकामा बसोबास गर्ने थारू महिलाहरूले यसवर्ष पनि तीन ठाउँमा जितियालाई राष्ट्रिय पर्वको रुपमा मनाउने तयारी गरेका छन्। थारू महिला समाज, उपत्यका समितिले काठमाडौंको राष्ट्रिय नाचघर जमल, थारू महिला सभाले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप र थारू, संगीत कला मन्दिरले कुपण्डोलमा छुट्टाछुट्टै जितिया महोत्सवको आयोजना गरेका छन् । थारू महिला समाज उपत्यका समिति अध्यक्ष सुशीला ...
४० जना मिलेर स्याङ्जामा सामूहिक बंगुर पालन

४० जना मिलेर स्याङ्जामा सामूहिक बंगुर पालन

ताजा समाचार, समाज
६ असोज, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् । ०७७ मा २५ लाख रुपैयाँ लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको थियो । स्थानीय रुकमाया रानाले विगतमा अज्ञात रोगले फार्मका करिब ५० वटा बंगुर मरेपछि लगानी डुब्ने डरले बंगुर पाल्न डराएको बताइन् । तर पछि सामूहिक बंगुर पालन सुरु गरेर आत्मनिर्भर बनेको उनको भनाइ छ । ४० जना सेयर सदस्य रहेको फार्ममा हाल बीउ उत्पादन गर्न ४० वटा धराने बङ्गुरका पाठापाठी र माउ बङ्गुर रहेका छन् । स्थानीय युवालाई विदेश पलायन रोक्ने उद्देश्यसहित सामूहिक रूपमा बङ्गुरपालन गरिएको रानाले जानकारी दिइन् । ‘विदेश जान लाग्नुभएका श्रीमान्लाई गाउँमै रोकेकी छु । फार्मका बङ्गुर राम्रै भएका छन्’, उनले भनिन्, ‘बङ्गुर फार्म सामूहिक भए पनि फार्म प्रयोग गरेबापत हामीले वार्षिक चार हजार ५०० भाडा तिर्नुपर्...
सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड

ताजा समाचार, समाज
३ असोज, काठमाडौँ। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउनेको भीड लागेको हो । विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । गत साता मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा अस्थायीरूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईका प्रमुख कोषनाथ अधिकारीले प्रत्येक दिन छ सयका लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिए पनि पहिलो दिनको मध्यान्हमै दुई हजार पाँच सयले धरहरा चढिसकेको जानकारी दिए । ‘अहिले एकैपटकमा करिब एक हजारले अवलोकन गरिरहनुभएको छ,’ उनले भने,...