Monday, December 23

समाज

क्षतिको विवरण प्राप्त नहुँदा काभ्रेमा पुनर्वास कार्यक्रम प्रभावित

क्षतिको विवरण प्राप्त नहुँदा काभ्रेमा पुनर्वास कार्यक्रम प्रभावित

ताजा समाचार, समाज
२२ कात्तिक, काभ्रेपलाञ्चोक । असोज दोस्रो साता आएको बाढीपहिरोबाट काभ्रेका ७९ जनाले ज्यान गुमाए । बाढीपहिरोबाट भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो । कैयन् घरबारविहीन भए । स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा लागेको महिना नाघिसकेको छ । क्षतिको वास्तविक विवरण तयार नहुँदा पुनर्वास कार्यक्रम प्रभावित भएको छ । ४० दिन बितिसक्दा पनि स्थानीय तहले क्षतिको पूर्ण विवरण तयार गर्न नसक्दा केन्द्र सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पटकपटक विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौँ संशोधन) मापदण्ड २०७७, बमोजिम विपद्बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न–बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्न समेत नभएका वा दुवै अवस्थाका पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार ५...
आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

आध्यात्मा, ताजा समाचार, समाज
१८ कात्तिक, काठमाडौं । यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् । टीकाका लागि उत्तम साइत ११ बजेर ३७ मिनेट तोकिएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।...
नेवार समुदायले आज म्हः पूजा गर्दै

नेवार समुदायले आज म्हः पूजा गर्दै

जीवनशैली, ताजा समाचार, समाज
१७ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ । यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।...
कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन

अन्तरास्ट्रिय, आध्यात्मा, जीवनशैली, ताजा समाचार, समाज
१५ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो । त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको छ । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्ने...
जीर्णोद्वारपछि चिटिक्क देखियो गलकोट दरबार

जीर्णोद्वारपछि चिटिक्क देखियो गलकोट दरबार

ताजा समाचार, समाज
३ कात्तिक, ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो । विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ । टेउवाको मूर्तिकला र गाईघाट झरनाबीचमा रहेको दरबार पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । दरबार परिसरमा तस्वीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन लिनेको भीड देखिन्छ । एक सय दुई वर्ष पहिले निर्माण भएको दरबारलाई करिब ५० लाख रुपैयाँ खर्च गरेर जीर्णोद्वार गरिएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताए । दरबारको बारदली, झ्याल, ढोका, चौकोस, छानोलगायत भाग जीर्ण बनेपछि अघिल्लो वर्ष भदौदेखि जीर्णोद्वार सुरु गरेको उनले बताए । दरबार वरपर बगैँचा, पिङलगायत मनोरञ्जन गर्ने पार्क निर्माण गरिरहेको हमालले जानकारी दिए । दरबार हेर्न दैनिक ...
मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा : महोत्तरीबाट १ सय १ पाहुर जानकी मन्दिर ल्याइयो

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा : महोत्तरीबाट १ सय १ पाहुर जानकी मन्दिर ल्याइयो

ताजा समाचार, समाज
धनुषा । मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्षपनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको छ । महोत्तरीको रतौलीका स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको पाहुरबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा रहेको छ । पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान राम र माता जानकीको कपडा ल्याइएको छ । रतौलीबाट जानकी मन्दिरमा पाहुर ल्याउने परम्परा १ सय ४१ वर्षदेखि चल्दै आइरहेको छ । यो परम्परालाई टुट्न नदिने प्रतिवद्धता स्थानीय नविन ठाकुरले व्यक्त गरे । कोजाग्रत पूर्णिमालाई भव्य बनाउनका लागि जानकी मन्दिरमा भजन कीर्तनको आयोजना गर्ने गरिन्छ । प्रत्येक वर्ष उत्सवको बेला हास्यपरिहासको कार्यक्रमको आयोजना समेत हुने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए । यसअघि गतराति मि...
राधाकृष्ण मन्दिर व्यवस्थापन अध्यक्षमा बाबुराम खनाल

राधाकृष्ण मन्दिर व्यवस्थापन अध्यक्षमा बाबुराम खनाल

जीवनशैली, ताजा समाचार, समाज
२४ असोज तम्घास, गुल्मी जिल्लाको रेसुङ्गा नगर पालिका ५ भुवनपानीको ऐतिहासिक राधाकृष्ण मन्दिरको मन्दिर व्यवस्थापन समितिको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वर्तमान अध्यक्ष बाबुराम खनाललाइनै पुनः अध्यक्षमा निर्वाचित गरेको हो । बाबुराम खनालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि खिलध्वज पन्थीले धर्म संस्कृतीको रक्षा एवं जगेर्ना गर्दै धार्मिक सहिष्णुता कायम गर्दै अगाडि बढ्नुपर्ने बताए । समग्र मन्दिरको ऐतिहासिक पृष्ठभुमि सहित आध्यात्मिक चिन्तनको बिषय सहित कृष्ण खनाल (कुस्मा) ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधिहरु, नेपाल सरकारका उपसचिवहरु झविन्द्र खनाल र गोकर्ण खनाल, समाजसेवी व्यक्तित्वहरु, प्रध्यापक, शिक्षक, बुद्दिजिवी, आजिवन सदस्यहरू लगायत १५० जना बढिको उपस्थिति र...
चाडपर्व नजिकिएसँगै भारत गएकाहरू घर फर्कंन थाले

चाडपर्व नजिकिएसँगै भारत गएकाहरू घर फर्कंन थाले

ताजा समाचार, समाज
२० असोज, कैलाली । नेपालीहरुको महानचाड दशैं तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरु घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म धनगढीले जनाएको छ । त्रिनगर सीमा नाकाबाट एक सातामा छ हजार नौ सय ४७ जना नेपाली भित्रिएका सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए । उनका अनुसार यही असोज १२ गते तीन सय १८, १३ गते तीन सय चार, १४ गते तीन सय ९८, १५ गते छ सय तीस, १६ गते छ सय ८०, १७ गते एक हजार ९०, १८ गते एक हजार पाँच सय ६९ र १९ गते एक हजार नौ सय ५८ जना नेपाली भारतका विभिन्न सहरबाट घर फर्किएका हुन्। यात्रुहरुको आवतजावतमा सहजताका लागि बडादसैँ, तिहार र छठपर्वसम्म सीमा नाकामा यात्रु सहायता कक्षसमेत निर्माण गरिएको छ । बाजुराका मनोज कडारा पाँच...
‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल

‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल

ताजा समाचार, समाज
दाङ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन पठनपाठनको सुअवसर पनि पाएका छन् । कार्यालयको काम पूरा हुनासाथ दिदीघर आउने उपप्रमुख चौधरीले ती बालबालिकाप्रति हार्दिकताका साथ ममतापूर्ण व्यवहार गर्छिन् । सन्तानविहीन उनी बालबालिकालाई आफ्नै छोराछोरी मानेर माया गर्छिन् । उनीहरूको पालनपोषण तथा शिक्षादीक्षामा समर्पित उनको दिनचर्याले उनको ममता छचल्किन्छ । आफ्नो फुर्सदको समय तिनै बालबालिकाको हेरचाहमा बित्ने गरेको उनले बताइन् । “पहिले म बालबालिकासँगै धेरै रमाउँथे”, उनले भनिन्, “उपप्रमुख भएपछि दिनभरि जनताको सेवामा लाग्नुपर्छ, साँझबिहान बालबच्चासँग बिताउने गरेकी छु ।” तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा र तुलसीपुर–१३ बखरियामा गरी हाल २१ जना बालबालिकालाई शि...
दशैं अशुभ हुने भयले जमरा राख्दैनन् बागलुङका माझी समुदाय

दशैं अशुभ हुने भयले जमरा राख्दैनन् बागलुङका माझी समुदाय

ताजा समाचार, समाज
१८ असोज, गलकोट (बागलुङ) । हिन्दूहरूको महान् पर्व बडादशैंको पहिलो दिन घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ । तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौँदेखि घटस्थापनाविना नै दशैं मनाउने अनौठो परम्परालाई निरन्तरता दिएका छन् । उनीहरूले अनिष्टको भयले जमरा नराखी दशैं मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन रहिआएको भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने वर्षौंदेखि जमराबिना नै दशैं मनाउने गरेको पाइएको छ । माझी समुदायले घरमा जमरा राखे दशैं नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दशैं ...