Monday, December 23

समाज

रसुवाबाट २ किलो सुनसहित एकजना पक्राउ

रसुवाबाट २ किलो सुनसहित एकजना पक्राउ

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताए । उनका अनुसार कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो । यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको डीएसपी भट्टराईले जानकारी दिए ।...
कन्ट्री रेटिङको नतिजा हाम्रो लागि अनुकूल : अर्थमन्त्री

कन्ट्री रेटिङको नतिजा हाम्रो लागि अनुकूल : अर्थमन्त्री

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको बताएका छन् । बिहीबार नेपालले पहिलो पटक गरेको कन्ट्री रेटिङको नतिजा सार्वजनिक भएसँगै शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको बताए । सार्वभौम क्रेडिट रेटिङ सबै नेपालीका लागि खुसीको नतिजा भएको भन्दै नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान समेत गरे । उनले भने, ‘यो गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौं ।’ नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत...
पहिले एफएम सुनाउथे, अहिले तरकारी खुवाउँछन्

पहिले एफएम सुनाउथे, अहिले तरकारी खुवाउँछन्

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, दैलेख । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्छन् । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जी खेती गरेका छन् । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी गाउँमै व्यावसायिक सागसब्जी लगाएका छन् । कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीत ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ जस्तै भएको छ, खड्कालाई । उनले हाँस्दै भने, ‘ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो ?’ गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उनले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गरेका छन् । संकलन केन्द्र नहुँदा समस्या पालिकामा तरकारी संकलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उनको दिनचर्या नै बनेको छ । बजार...
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने

एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्‍याली निकाल्ने छ । र्‍याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने छ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ । यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।...
लुम्बिनीमा जिल्ला स्वास्थ्य कार्यालयबाटै उपचार सिफारिस

लुम्बिनीमा जिल्ला स्वास्थ्य कार्यालयबाटै उपचार सिफारिस

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, बुटवल । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ पहिलो संशोधन २०८१ कार्यान्वयनमा आएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालय मार्फत मुटुको भल्ब फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीहरुको सुविधाका लागि सिफारिस दिन थालिएको हो । यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्वन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्न थालिएको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताएका छन् । ‘प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयनमा आइसक्यो, अब सिफारिस लिन निर्देशनालयमा नजानुहोला । सबै काम जिल्ला तहबाटै हुन्छ’ उनले भने । स्थानीय तहले निर्देशनालयमा सिफारिस पठाउनुपर्ने कतिपय बिरामीका आफन्तहरु झुक्किएर अहिले पनि स्वास्थ्य निर्देशनालय जाने गरेका...
सभामुख घिमिरे आज कम्बोडिया जाँदै

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ । ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् ।...
थमन विक हत्या प्रकरणका अभियुक्त पुर्पक्षका लागि जेल चलान

थमन विक हत्या प्रकरणका अभियुक्त पुर्पक्षका लागि जेल चलान

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, जनकपुरधाम । सशस्त्र प्रहरीका सई थमन विक हत्या प्रकरणका फरार एक अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । महोत्तरीको जलेश्वर नगरपालिका- ६ का ५५ वर्षीय देवेन्द्र चौधरीलाई जलेश्वर कारागार चलान गरिएको हो । कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशले उनलाई बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले चौधरीलाई कार्तिक २ गते जलेश्वर नगरपालिका -१ स्थित रामानन्द बिशेश्वर महेन्द्र क्याम्पस अगाडीबाट नियन्त्रणमा लिइ अदालतमा पेश गरिएको थियो । दोस्रो मधेश आन्दोलनका बेला २५ भदौ २०७२ मा सई थमन विकको महोत्तरीमा हत्या भएको थियो । थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र मोहन कापरले भने गत वर्ष सफाइ पाएका थिए । २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भ...
मोरङमा दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

मोरङमा दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो । दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । लिम्बुलाई झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगिएको थियो । धिमाल र गुरुङको अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो भने लिम्बूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुई वटा मोटरसाइकलम...
बज्यैको सहारामा चार नाबालक

बज्यैको सहारामा चार नाबालक

ताजा समाचार, समाज
३ मंसिर, बाजुरा। बाजुराको अतिदुर्गम हिमाली गाउँपालिका–२ रुम्दी गाउँमा चार बालबच्चा बिचल्लीमा परेका छन् । बुवाको मृत्यु भएको र आमाले दोस्रो बिहे गरेपछि ती नाबालकहरू बिचल्लीमा परेका हुन् । बिचल्लीमा परेका नाबालकहरू ७८ वर्षीय वृद्ध बज्यै डिलकला थापाको सहारामा छन् । बिचल्ली पर्नेमा १३ वर्षीया ईस्वरी थापा, ८ वर्षीया जनिशा थापा, ७ वर्षीया अन्तिमा थापा र ५ वर्षका विवेग थापा रहेको स्थानीय मनिजङ्ग बुडथापाले बताए । ७ कात्तिक २०७७ मा स्थानीय झग थापाको उपचार हुने नसकेर अकालमै मृत्यु भएको थियो । २०७८ साउनमा उनकी श्रीमती शान्ता थापाले दोस्रो विवाह गरिन् । श्रीमानको मृत्यु र श्रीमतीले अर्को बिहे गरेपछि घरमा नाबालक र वृद्ध बज्यै मात्रै छन् । ३ वर्षदेखि यी चार केटाकेटी अलपत्र अवस्थामा परेका छन् । उनीहरूको उद्धार तथा सहयोगका लागि धेरै ठाउँमा हारगुहार गर्दा पनि कसैबाट सहयोग नपाएको बज्यै डिलकलाले बता...
वार्षिक रूपमा ३० लाख मेट्रिक टन कृषि अवशेषमा आगजनी

वार्षिक रूपमा ३० लाख मेट्रिक टन कृषि अवशेषमा आगजनी

कृषि, ताजा समाचार, समाज
काठमाडौँ । नेपालमा वार्षिक रूपमा ३० लाख मेट्रिक टन कृषि अवशेषमा आगजनी गरिन्छ । धानको पराल, गहुँका छ्वाली, विभिन्न बालीका डाँठलगायत कृषि अवशेषमा आगजनी गरिएको हो । वातावरण विज्ञ डा. भूपेन्द्र दासका अनुसार नेपालमा बर्सेनि करिब ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइने गरिन्छ । जसले वायु प्रदूषण बढाउने उनको भनाइ छ । ‘वार्षिक मोटामोटी ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइन्छ,’ उनले भने, ‘यो मेरो आफ्नो अध्ययन हो । अहिले धान काट्ने सिजन हो, धान लगत्तै गहुँ बाली हुन्छ, किसानले गहुँ बाली छिटो छर्नका खेतमै पराल जलाउने गर्दछन् । जसले गर्दा प्रदूषण बढ्छ ।’ नेपालमा नोभेम्बरदेखि अप्रिलसम्म करिब ६ महिना वायु प्रदूषणको जोखिम रहने गरेको उनले बताए । वायु प्रदूषणमा कृषि अवशेषको आगजनीले योगदान गरेको उनको भनाई छ ।...