Tuesday, December 24

समाज

बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

ताजा समाचार, समाज
२ असोज, काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ । पाँच दिन अघि पनि बझाङ केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो । @अनलाइनखबर...
ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने

ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने

ताजा समाचार, समाज
ललितपुर । ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ । हरेक वर्षझै यस वर्ष पनि पहिलो दिन सङ्कटामार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी टोल परिक्रममा र पूजासहित जात्रा सुरु हुनेछ । जात्राको दोस्रो दिन लाखेनाचसहित टोल परिक्रममा गरेर पूजा आराधनासहित यस वर्षको जात्रा समापन गरिने इन्द्राजात्रा सञ्चालन उपभोक्ता समितिले जनाएको छ । मन्दिर परिसर, मुसिङ्गाल चोक, ग्यास डिपो, लीलाघर, कुमारी मन्दिर, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तीनखम्बा चोक, भजनमण्डल, मुसिङ्गाल चोक हुँदै मन्दिर परिसरसम्म परिक्रमा रुट तोकिएको छ । अन्य जिल्लामा हरेक वर्ष सहकालका देवताका रूपमा रहेका इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा जात्रा मनाउँदै आए पनि ललितपुरमा गत वर्षदेखि जात्रा सुरु गरेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष न...
ऋषिपञ्चमीको सन्देश

ऋषिपञ्चमीको सन्देश

ताजा समाचार, समाज
ऋषिपञ्चमी हिन्दू संस्कृतिअन्तर्गत नारीहरूको एक महत्वपूर्ण पर्व हो, जुन प्रत्येक वर्ष तिजको पर्सिपल्ट अर्थात् भाद्र महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइन्छ । जसले ऋषिहरूसँगको सम्बन्धलाई बलियो बनाउने काम र विशेष गरि महिलाहरूले ऋषिहरूलाई सम्झेर यो दिनलाई विशेष गरी ऋषिहरूप्रति श्रद्धा अर्पण सम्झेर आफ्नो पञ्चभौतिक शरीरलाई शुद्ध पार्नका लागि अरुन्धतीसहित सप्‍त ऋषिहरूको पूजा गरी व्रत बस्ने प्रचलन रहेको छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकै कारणले गर्दा आजको पञ्चमीलाई ऋषिपञ्चमी भनिएको हो । महिलाले आजको दिन बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीको किनारामा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । स्नान गरेर पञ्चगव्य (गाईको गहूँत, दूध, दही, घ्यू, गोबर) सेवन गर्ने प्रचलन छ । त्यसपछि शुद्ध वस्त्र लगाएर महिलाहरू सप्तऋषिहरूको पूजा गर्न विशेष विधि अपन...
बच्चालाई अनलाइन जालबाट कसरी जोगाउने ?

बच्चालाई अनलाइन जालबाट कसरी जोगाउने ?

ताजा समाचार, समाज
आजभोलिका बालबालिका कम उमेरमै इन्टरनेट प्रयोगकर्ता बनिरहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइनमा हुन्छन् । यस्तोमा अनलाइन दुनियाँमा समेत बालबालिकाको बढ्दो पहुँचले खतरा निम्त्याइरहेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । यसै सन्दर्भमा हालै वेस्टर्न सिड्नी विश्वविद्यालयको यंग एण्ड रेजिलिएन्ट सेन्टरले एक अध्ययन गरेको छ । बालबालिकाको पहुँच बढिरहेको मात्र होइन, सुरक्षित ढंगले चलाउन नसकेका कारण उनीहरू जोखिममा रहेको अध्ययनले देखाएको छ । उक्त अध्ययनअनुसार सामाजिक सञ्जालमा अपरिचित व्यक्तिबाट आउने अनुचित साथीको प्रस्तावलाई ब्लक गर्नुपर्छ भन्ने जानकारी बालबालिकामा हुँदैन । यस अध्ययनले यस्ता व्यक्तिलाई रिपोर्ट नगर्दा वा ब्लक नगर्दा बालबालिकाहरू आफूलाई भविष्यमा अनावश्यक सम्पर्कको ठूलो जोखिममा पार्छन् । बेलायतमा नयाँ कानुन ‘अनलाइन सेफ्टी एक्ट’ अन्तर्ग...
नेपाली दम्पती कुन महिनामा बढी सन्तान जन्माउँछन् ?

नेपाली दम्पती कुन महिनामा बढी सन्तान जन्माउँछन् ?

ताजा समाचार, समाज, सुचना/संचार
१२ भदौ, काठमाडौं । नेपालमा सर्वाधिक प्रसूति गराउने स्वास्थ्य संस्था हो, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल । तथ्यांकले देखाउँछ, यहाँ वार्षिक २५ हजार हाराहारी प्रसूति गराइन्छ । यही तथ्यांकलाई आधार मानेर हामीले ५ वर्ष यताको जन्मदर र जन्म–महिनाको अनुपात हेर्‍यौं । यसबाट के देखियो भने नेपाली दम्पतीले साउन, भदौ र असोज महिनामा बढी सन्तान जन्माएका छन् । प्रसूति गृहको तथ्यांकले यी तीन महिनामा २२०० देखि २३०० को हाराहारीमा सन्तान जन्मिएको देखाउँछ । तर फागुन, चैत, वैशाख लगायत महिनामा सो संख्या घटेर १५०० देखि १६०० मा आइपुग्छ । हामीले आव २०७६-७७ देखि २०८०-८१ सम्म पाँच बर्षको तथ्यांक केलाएका थियौं । पाँच बर्षको अवधिमा जन्म संख्या र महिनाको अनुपात लगभग मिल्दो देखियो । जस्तो आव २०७६-७७ को साउन महिनामा २२ सय ७३ जनाको प्रसूति गराइएको छ भने आव २०८०-८१ को सोही महिना २१ सय ४१ जनाको प्...
यस्तो छ गौरा पर्वको धार्मिक महत्त्व

यस्तो छ गौरा पर्वको धार्मिक महत्त्व

ताजा समाचार, समाज
काठमाडौँ । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्। यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ। भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ। पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ। कन्या राशिमा सूर्य गएपछि अर्थात असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिल...
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

ताजा समाचार, समाज
काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखा...
विद्यार्थी भेलाले तोक्यो ने.बि.संघ अर्घाखाँची- रुपन्देही सम्पर्क समिति संयोजक

विद्यार्थी भेलाले तोक्यो ने.बि.संघ अर्घाखाँची- रुपन्देही सम्पर्क समिति संयोजक

ताजा समाचार, राजनीति, समाज
बुटवल । नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरुको भेलाले नेपाल बिद्यार्थी संघ अर्घाखाँची- रुपन्देही सम्पर्क समितिको संयोजकमा रमेश पाण्डे लाइ तोकेको छ । आज बसेको विद्यार्थीहरुको भेलाले समितिको संयोजक तोकेको पुर्व विद्यार्थी नेता अर्जुन खनालले जानकारी दिएका छन । उनका अनुसार मिति २०८१ असोज १२ सनिवार अधिवेशन गर्नेगरी सम्पर्क समितिका अध्यक्ष रमेश पाण्डे (वरिष्ठ) लाई संयोजक, नारायण घिमिरे (भावुक), उमेश पछाइ, राकेश पाण्डे, हरि घिमिरे, किशोर खनाल र संदिप पुन मगर लाई सदस्य तोक्दै अधिवेशन समिती गठन भएको थियो । नेपाल बिद्यार्थी संघ अर्घाखाँची-रुपन्देही सम्पर्क समितीका अध्यक्ष ठाकुर घिमिरेको अध्यक्षतामा सुरु भएको भेलामा ने.बि.संघ पुर्व केन्द्रिय सदस्य टंक पाण्डे, ने.बि.संघ केन्द्रिय सदस्य प्रदिप घर्ती मगर, ने.बि.संघ केन्द्रिय सदस्य बिकास पाण्डे, ने.बि.संघ अर्घाखाँची जिल्ला अध्यक्ष कृष्ण भुषाल, ने...
आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न भारतबाट राज्यमन्त्री आउँदै

आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न भारतबाट राज्यमन्त्री आउँदै

ताजा समाचार, समाज
८ भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका शव लिन भारतकी एक राज्यमन्त्री नेपाल आउने भएकी छन् । घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिनका लागि भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस नेपाल आउन लागेकी हुन् । शुक्रबार आँबुखैरेनीको ऐना पहरा नजिकै भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्ययु भएको थियो भने १६ जना घाइते भएका थिए । मृतकको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण गरिंदैछ । आज दिउँसो १२ बजेसम्म परीक्षण सकेर सम्बन्धित पक्षलाई बुझाउने तयारी छ । घाइते भएका दुर्घटनामा १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका हुन् ।...
रास्वापाले आजदेखि आत्मनिर्भर नेपाल अभियान सुरु गर्दै

रास्वापाले आजदेखि आत्मनिर्भर नेपाल अभियान सुरु गर्दै

राजनीति, समाज
८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दैछ । अभियानको आज दिउँसो १ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच आरम्भ हुनेछ । पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य विभाग, उत्पादन प्रवद्र्धन विभाग, कृषि विभाग र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा रास्वपाले ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्दै अभियान सुरु गर्न लागेको हो । यो अभियानका क्रममा नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्दै स्टल प्रदर्शनीसहित विभिन्न विषयमा नीति मन्थन गर्ने रास्वपाले जनाएको छ । अभियानका क्रममा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रका उत्पान देखि नेपालमा बनेका सामाग्रि, जुत्ता, कपडा, हस्तकलाका उत्पादन सम्म प्रदर्शनीमा राखिने भएका छन् । प्रदर्शनमा ३० थरी उत्पादन राखेनेछ । पार्टीले प्रदे...