Monday, December 23

Uncategorized

जाजरकोटमा नक्कली नोटसहित महिला पक्राउ

जाजरकोटमा नक्कली नोटसहित महिला पक्राउ

Uncategorized, समाज
जाजरकोट, वैशाख २६ गते । जाजरकोटमा एक जना महिलालाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । छेडागाड नगरपालिका ५ थलहबजारबाट नेपाली एक हजारका १८ थान नक्कली नोटसहित छेडागाड नगरपालिका १० काप्लाकी ३२ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको हो । महिलासँग नक्कली नोट छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बडावनबाट खटिएको प्रहरी टोलीले महिलालाई नोट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी माधव विश्वकर्माले बताउनुभयो । नक्कली नोटसहित पक्राउ परेकी महिलालाई प्रहरीले नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो ।...
कैलालीमा सुधारगृहमा युवकको मृत्यु, निष्पक्ष अनुसन्धान गर्न अभिभावकको माग

कैलालीमा सुधारगृहमा युवकको मृत्यु, निष्पक्ष अनुसन्धान गर्न अभिभावकको माग

Uncategorized, ताजा समाचार, समाज
२६ वैशाख, धनगढी । कैलालीमा सुधारगृहमा राखिएका एक युवकको मृत्यु भएको छ । उनका अभिभावकले मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुनर्स्थापना केन्द्र (सुधारगृह)मा २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्रकुमार पालले सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनको छतबाट बुधबार राति हाम फालेको बताए । त्यसबाट घाइते भएका शाहीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी पालको भनाइ छ । शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको देखिएको छ । डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उद्देश्यले भवनको छतबाट हामफालेको बुझिएको बताउँदै घटनाबारे अनुसन्धान जारी रहेको बताए । तर, मृतकका पर...
उद्यमी माग्दै छन् उद्योग विकास बैंक

उद्यमी माग्दै छन् उद्योग विकास बैंक

Uncategorized, विजनेस
काठमाडौँ — सरकारले कृषि क्षेत्रको विकासका लागि डेडिकेटेड रूपमा कृषि विकास बैंक स्थापना गरेर यस क्षेत्रमा काम गरे जसरी उद्योग क्षेत्रको विकासका लागि पनि सोही किसिमको उद्योग विकास बैंक स्थापना गरेर अघि बढ्नुपर्नेमा उद्यमीले जोड दिएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) ले तीन वर्षदेखि ‘मेक इन नेपाल : स्वदेशी’ अभियान सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत मंगलबार काठमाडौं सम्पन्न ‘मेक इन नेपाल स्वदेशी समिट २०२४’ मा औद्योगिक विकास रणनीति, कानुनमा सुधार समृद्धिको आधार, बजेट कार्यान्वयनको प्रभावकारिता आदि विषयमा विभिन्न विषयविज्ञले छलफल एवं विचारविमर्श गरे । ‘समिटको निष्कर्षका रूपमा ३५बुँदे घोषणापत्र सार्वजनिक मात्र गरिएन, त्यसलाई कार्यान्वयनका लागि अर्थमन्त्री वर्षमान पुनलाई सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले हस्तान्तरणसमेत गरे । सबल एवम् आत्मनिर्भर अर्थतन्त्रतर्फ लम्किनका लागि घोषण...
चुच्चे नक्सासहित नयाँ नोट निकाल्ने नेपालको निर्णयबारे भारतको असन्तुष्टि

चुच्चे नक्सासहित नयाँ नोट निकाल्ने नेपालको निर्णयबारे भारतको असन्तुष्टि

Uncategorized, अन्तरास्ट्रिय
काठमाडौँ — नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेकोमा भारतले असन्तुष्टि व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको एकपक्षीय निर्णयले अवस्था नबदलिने बताएका छन् । शनिबार ओडिशाको भुवनेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री जयशंकरले स्थापित संयन्त्र हुँदाहुँदै पनि नेपालले एकतर्फी निर्णय गरेको बताएका हुन् । 'नेपालले नयाँ नक्सासहितको नोट निकाल्न थालेको कुरामा भारतको धारणा के हो ?' भन्ने प्रश्नमा विदेशमन्त्री जयशंकरले भने, 'मैले पनि त्यो रिपोर्ट देखेँ । मैले विस्तृतमा भने हेरेको छैन । तर यसमा हाम्रो धारणा प्रस्ट छ । नेपालसँग सीमा मुद्दाबारे स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएका छौँ । त्यहीबीचमा एकपक्षीय ढंगबाट उनीहरूले निर्णय गरे । एकपक्षीय निर्णयले हामीबीचको अवस्था र जमिनी यथार्थ परिवर्तन हुँदैन ।' अर्थ मन्त्रालयको प्रस्तावमा गत वैशाख २० गते बसेको मन्...