फुलकोर्टको निर्णय विरुद्ध सर्वोच्चमै मुद्दा
७ मंसीर, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले गरेको निर्णयको वैधतालाई नै चुनौती दिई संवैधानिक इजलासमा रिट निवेदन दर्ता भएको छ । पाँच जना वरिष्ठ कानुनविद्हरूले सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयलाई चुनौती दिएका हुन् ।
उनीहरूले सर्वोच्चको पूर्ण बैठक (फुल कोर्ट) बाट पारित भएको मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ का कतिपय प्रावधान खारेज हुनुपर्ने माग गरेका छन् । अब प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका पाँच वरिष्ठ न्यायाधीशहरूले आफैं संलग्न भई पूर्ण बैठकबाट गरेको निर्णयको संवैधानिक र न्यायिक परीक्षण गर्नुपर्नेछ ।
विवाद के हो ?
मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ अनुसार, कतिपय मुद्दाका कसुरदारहरू माथिल्लो अदालतमा पुनरावेदन गर्दा कैदमै बस्नुपर्छ । जन्मकैदको सजाय पाएको, १० वर्षभन्दा बढी कैद सजाय पाएको, अनुसूची–१ र २ का मुद्दामा तीन वर्षभन्दा बढी कैद सजाय पाएको व्यक्तिले कैदमै ब...