धितोपत्रमार्फत एनआरएनको लगानी भित्र्याउन निर्देशिका संशोधन, के छ व्यवस्था ?
७ मंसिर, काठमाडौं । धितोपत्रमार्फत गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डले नीतिगत व्यवस्था गरेको छ । इन्भेष्टमेन्ट कम्पनीमार्फत गैरआवासीय नेपालीको लगानी भित्र्याउनका लागि धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन भएको हो ।
सरकार र एनआरएनको संयुक्त लगानीमा इन्भेस्टमेन्ट कम्पनी खुल्नेछन् । तिनै इन्भेस्टमेन्ट कम्पनीले धितोपत्र बोर्डबाट अनुमति लिएर एनआरएनका लागि नै सेयर जारी गर्न पाउने व्यवस्था निर्देशिकामा समेटिएको हो ।
सरकार र एनआरएनको संयुक्त लगानीका इन्भेस्टमेन्ट कम्पनीले ४९ प्रतिशतभन्दा बढी र १० प्रतिशतभन्दा घटी नहुनेगरी अरु गैरआवासीय नेपालीका लागि सेयर जारी गर्न सक्छन् ।
‘गैरआवासीय नेपालीकै सेयर लगानीमा इन्भेष्टमेन्ट कम्पनी खुल्छन् र ती कम्पनीले नेपालका विभिन्न पूर्वाधार तथा आयोजनामा लगानी गर्छन्’ बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले भने...