Saturday, January 4

विवेकशील साझा युवा सङ्गठनको राष्ट्रिय संयोजकमा राजभण्डारी

काठमाडौँ । विवेकशील साझा पार्टीको आङ्गिक युवा संगठन पुनर्गठन भएको छ। शनिबार सम्पन्न विवेकशील साझा युवा संगठनको बैठकले विवेकशील साझा युवा सङ्गठनको संयोजकमा भक्तपुरका युजन राजभण्डारीलाई चयन गरेको हो।

युवा नेतृत्व विकासमा सक्रिय राजभण्डारी हाल काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थी हुन्।

पुनर्गठित युवा सङ्गठनमा १४ सदस्यीय केन्द्रीय समिति पनि गठन गरिएको संगठनका निवर्तमान अध्यक्ष सरोज गौतमले बताए। नयाँ सदस्यहरूमा सुमन भट्टराई, रामबाबु यादव, अहसन अन्सारी, ऋतु खड्का, प्रियंका कार्की, पूजा महतो, रोहन दंगाल, उपार्जुन चामलिङ, नविन बिष्ट,रविन भट्ट, आदित्य कर्ण , सागर बेलबासे लगायतका छन्।

सङ्गठनका संयोजक राजभण्डारीले संगठनलाई सशक्त बनाउन पोलिटिकल डिस्कोर्स, युथ बुट क्याम्प, र सिर्जनशील राजनीतिक अभियानहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। साथै, अन्य प्रदेशस्तरीय भेलाहरूको आयोजना गरेर संगठनलाई विस्तार गर्ने लक्ष्य रहेको राजभण्डारीले बताए।

विवेकशील साझा युवा सङ्गठनले देशभरका युवालाई समेट्दै वैकल्पिक राजनीतिमार्फत कल्याणकारी राज्य स्थापना र सुसंस्कृत राजनीतिलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *