Friday, December 27

अन्तरास्ट्रिय

जुडो खेलाडी मनिताले आज प्रतिस्पर्धा गर्दै, प्रिन्सको दोस्रो खेल पनि आजै

जुडो खेलाडी मनिताले आज प्रतिस्पर्धा गर्दै, प्रिन्सको दोस्रो खेल पनि आजै

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
१४ साउन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज पनि दुई नेपाली खेलाडीको प्रतिस्पर्धा रहेको छ । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको सामना गर्नेछिन् । यो खेल फ्रान्सको स्थानिय समय अनुसार बिहान १० बजे अर्थात नेपाली समय अनुसार दिउँसो १:४५ बजे हुनेछ । यस्तै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाले समूह चरणमा आफ्नो दोस्रो खेल आज खेल्नेछन् । मेन्स सिंगल्सको समूह पी मा रहेका प्रिन्सले आयरल्याण्डका एनहात गुएनसँग प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल फ्रान्सको स्थानिय समय अनुसार राती ९:१० बजे हुने । नेपाली समय अनुसार पौने १२ बजे प्रिन्सको खेल हुनेछ । प्रिन्स समूहको पहिलो खेलमा विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टोर एक्सेलसनसँग २-० ले पराजित भएका थिए । गुएनले भने पहिलो खेलमा इजरायलका मिसा जिरब्यानलाई २-१ ले परा...
खुद बन्यो नेपाल विद्युत् निर्यातकर्ता, एक वर्षमा १७ अर्बको निर्यात

खुद बन्यो नेपाल विद्युत् निर्यातकर्ता, एक वर्षमा १७ अर्बको निर्यात

अन्तरास्ट्रिय, ताजा समाचार, विजनेस
१३ साउन, काठमाडौं । नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । यसरी आयातको तुलनामा निर्यात धेरै हुँदा नेपाल खुद् निर्यातकर्ता बन्न सफल भएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात भएको जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात...
सीमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली

सीमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली

अन्तरास्ट्रिय, ताजा समाचार
१३ साउन, काठमाडौं । सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो । लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले जानकारी दिए । शुक्रबार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो । अत्याधुनिक सोनार क्यामेरालगायतका उपकरणसहित १२ सदस्यीय टोलीले खोजी कार्य सुरु गरेको थियो । भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी राख्ने डा उप्रेतीले जानकारी दिए । ‘भारतीय टोली फर्किए पनि हाम्रो टोलीले खोजी जारी नै राख्ने छ । खोजी कार्य टुंगिएको छैन’, उनले भने, ‘अतिरिक्त प्रयास भइरहेको छ ...
गिद्ध लोप हुँदा ५ लाख मानिसको मृत्यु ! आखिर कसरी ?

गिद्ध लोप हुँदा ५ लाख मानिसको मृत्यु ! आखिर कसरी ?

अन्तरास्ट्रिय, जीवनशैली, ताजा समाचार, समाज
गाईवस्तुको सिनोको खोजीमा फोहोर थुपारिएका विशाल ठाउँहरूमा गिद्ध झुम्मिइरहेका हुन्थे । कुनैबेला विमानस्थलबाट उडान भर्ने क्रममा जहाजसँग ठोक्किएर वा जेट इन्जिनमा छिरेर पाइलटका लागि खतरा पैदा गर्दथे । तर, जब बिरामी गाईवस्तुका लागि प्रयोग गरिने केही औषधिहरूका कारण दुई दशक भन्दा केही अघिदेखि भारतमा ठुलो संख्यामा पाइने ती गिद्ध मर्न थाले । सन् १९९० को दशकको मध्यतिर आइपुग्दा ५ करोडको संख्यामा रहेका गिद्धको संख्या डाइक्लोफेनाक नामको औषधिका कारण करिब शून्यमा आयो । डाइक्लोफेनाक गाईवस्तुमा प्रयोग गरिने स्टेरोइड मुक्त दुखाइ कम गर्ने औषधि हो । यो गिद्धका लागि घातक रहेको छ । जब कुनै पंक्षीले यो औषधीको प्रयोग गरिएका पशुहरूको सिनो खान्छन्, ती पंक्षीहरुको मिर्गौला फेल हुन्छ र मर्छन् । State of India’s Birds को नयाँ रिपोर्ट अनुसार सन् २००६ मा पशुहरुको उपचारमा प्रयोग हुने डाइक्लोफेनाक औषधिमाथि भारत...
दिल्लीमा कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर ३ विद्यार्थीको मृत्यु

दिल्लीमा कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर ३ विद्यार्थीको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार, शिक्षा
१३ साउन, काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक कोचिङ सेन्टरको बेसमेन्टमा वर्षाको पानी भरिँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ । राजेन्द्रनगरस्थित राव आईएएस कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर दुई छात्रा र एक छात्रको मृत्यु भएको हो । गएराति एक जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो । खोजीको क्रममा बेपत्ता भएका दुबैको शव फेला परेपछि मृतकको संख्या तीन पुगेको हो । स्थानीय समय अनुसार शनिबार बेलुकी सात बजे बेसमेन्टमा सात फिटसम्म पानी भरिएको र विद्यार्थीहरु फसेको जानकारी पाएपछि भारतको राष्ट्रिय विपद व्यवस्थापन बलको टोली खोज तथा उद्धारमा खटिएको थियो । बेसमेन्टमा भरिएको पानी पम्पसेटको सहायताले बाहिर निकालिएको छ । घटनाको विरोधमा विद्यार्थीहरुले प्रदर्शनसमेत गरेका थिए । लगत्तै दिल्ली सरकारले घटनाको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न प्रहरी प्रशास...
वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिइने

वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिइने

अन्तरास्ट्रिय, ताजा समाचार
११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक् वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार राष्ट्र बैंकले सो व्यवस्था गरेको जानकारी दिए ।...
आइतबार इतिहासकै गर्मी दिन, टुट्यो ८४ वर्ष पुरानो रेकर्ड

आइतबार इतिहासकै गर्मी दिन, टुट्यो ८४ वर्ष पुरानो रेकर्ड

अन्तरास्ट्रिय, ताजा समाचार, मौसम
काठमाडौं । गत आइतबार अर्थात् जुलाई २१, २०२४ पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी दिनको रुपमा रह्यो । कपर्निकल क्लाइमेट चेन्ज (c3s) सर्भिसका अनुसार आइतबार विश्वको औसत तापमान १७.०९ डिग्री सेल्सियस मापन भएको थियो । यसले सन् १९४० देखि अहिलेसम्मका सबै रेकर्ड तोडिदिएको छ । यसबीच संयुक्त राष्ट्रसंघका महासचिवले भने पृथ्वी जोगाउन कम्मर कस्न सबैलाई आह्वान गरेका छन् । भयानक गर्मीका कारण युरो तथा अमेरिकामा तातो लहर अर्थात् हिटवेभ चल्नुका साथै डढेलो फैलिएको छ । स्मरण रहोस् गत वर्ष जुलाई ६ का दिन विश्वको औसत तापमान १७.०८ मापन भएको थियो, जसलाई यो वर्षको तापमानले उछिनेको छ । हुनत गत वर्षको अधिकतम औसत तापमान भन्दा यो वर्ष केवल ०.०१ डिग्री सेल्सियस मात्रै धेरै हो । तर यसका कारणले जुन विपदहरु आइरहेका छन् र आउने छन्, ती भयानक हुनेछन् । सी थ्री एसका निर्देशक कार्लो बुआटेम्पोका अनुसार यो विश्वव्यापी औसत...
खतराको सूचीमा पर्नबाट जोगियो लुम्बिनी

खतराको सूचीमा पर्नबाट जोगियो लुम्बिनी

अन्तरास्ट्रिय, ताजा समाचार
लुम्बिनी — विश्व सम्पदा स्थल लुम्बिनी युनेस्कोको खतराको सूचीमा पर्नबाट तत्काललाई जोगिएको छ । नयाँदिल्लीमा आयोजित युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६ औं सेसनमा भारतले लुम्बिनीका विषयमा भएका कमी–कमजोरी सुधार गर्न समय दिनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेपछि लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव हालका लागि टरेको हो । युनेस्को वर्ल्ड हेरिटेज कमिटीको सेसनमा लुम्बिनीलाई खतराको सूचीमा राख्ने वा नराख्ने भन्ने विषयमा बुधबार र बिहीबार छलफल भएको थियो । ‘लुम्बिनीका विषयमा ६३ मिनेट छलफल भयो,’ बैठकमा सहभागी लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले भने, ‘कार्यकारिणी २१ मुलुकका प्रतिनिधिले लुम्बिनीका विषयमा आ–आफ्नो मत राखे ।’ लुम्बिनीका विषयमा कार्यकारिणी सदस्य २१ मध्ये १९ मुलुकले बिहीबार भारतको संशोधन प्रस्तावको समर्थन गरेका थिए । लेबनान र बेल्जियम भने भारतको संशोधन प्रस्तावको विपक्ष...
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको उपाध्यक्षमा नेपाल निर्वाचित

राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको उपाध्यक्षमा नेपाल निर्वाचित

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
११ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष पदमा नेपाल निर्वाचित भएको छ । इकोसकको अध्यक्षमा क्यानडा निर्वाचित हुँदा नेपाल उपाध्यक्ष निर्वाचित भएको संयुक्त राष्ट्रसंघीय सूचना केन्द्रले जनाएको छ । इकोसक राष्ट्रसंघका प्रमुख ६ अंग मध्येको एक निकाय हो । आगामी वर्ष नेपाल एसिया–प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ । ५४ सदस्यीय इकोसमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नेछन् । राजदूत थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा परिषद्को कार्यादेशअनुसार सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इकोसकमा नेपालसँगै पोल्याण्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन् । पूर्वी युरोपेली देशबाट पोल्याण्ड र ल्याटिन अमेरिका एवं क्यारेबियन...
वैदेशिक रोजगारीमा धेरै जाने जिल्लामा धनुषा पहिलो, झापा दोस्रो

वैदेशिक रोजगारीमा धेरै जाने जिल्लामा धनुषा पहिलो, झापा दोस्रो

अन्तरास्ट्रिय, ताजा समाचार, समाज
९ साउन, काठमाडौं । बितेको एक वर्षमा तराईका जिल्लाहरुबाट सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका छन् । हिमाली जिल्लाबाट भने सबैभन्दा कम गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जानेमा धनुषा पहिलो छ भने झापा दोस्रो जिल्ला रहेको छ । आर्थिक वर्ष ०८०/८१ मा धनुषाबाट ३९ हजार १०७ जना र झापाबाट ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै धनुषा र झापापछि वैदेशिक रोजगारीमा धेरै जाने जिल्लमा मोरङ, सिराह, महोत्तरी, सुनसरी, रुपन्देही, सर्लाही र सप्त्तरी रहेका छन् । विभागका अनुसार मोरङमा ३१ हजार ९७, सिराहमा ३० हजार ९३०, महोत्तरीमा २७ हजार ३५०, सुनसरीमा २३ हजार ९४९, रुपेन्देहीमा २३ हजार ६०६, सर्लाहीमा २१ हजार २४३, सप्तहरीमा २० हजार ४६० जना वैदेशिक रोजगारीमा गएका छन् । यो नयाँ र पुरानो श्रम स्विकृति लिने दुवैको संख्या हो । यी जिल्लाहरुबाट रोजगारीका लागि सबैभन्...