Friday, December 27

अन्तरास्ट्रिय

अन्तरिम सरकारको नेतृत्व गर्न मुहम्मद युनुस तयार – बंगलादेश

अन्तरिम सरकारको नेतृत्व गर्न मुहम्मद युनुस तयार – बंगलादेश

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
२३ साउन, काठमाडौं । नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए । सोमबार नै साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरुसँग छलफल गरेका थिए, जसमा उनले अन्तरिम सरकार गठन गर्ने, नयाँ निर्वाचन घोषणा हुने र कर्फ्यु अन्त्यको घोषणा गरे । उनले विपक्षी नेता खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरुलाई रिहा गर्न समेत आदेश दिएका छन् । आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै विद्यार्थी नेताहरुले अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका छन् । उनीहर...
बंगलादेशको आरक्षण विरोधी आन्दोलन सरकारविरुद्ध मोडियो

बंगलादेशको आरक्षण विरोधी आन्दोलन सरकारविरुद्ध मोडियो

अन्तरास्ट्रिय, ताजा समाचार
२१ साउन, काठमाडौं । बंगलादेशमा आरक्षण विरुद्ध जारी प्रदर्शनका क्रममा आइतबार भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको छ । विद्यार्थीहरूले आह्वान गरेको ‘पूर्ण असहयोग आन्दोलन’का क्रममा ढाकासहित देशका धेरै ठाउँमा हिंसा फैलियो । सिराजगञ्जमा अत्यधिक मानवीय क्षति भएको छ जहाँ १३ जना प्रहरीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । आरक्षण विरोधी आन्दोलनको रूपमा सुरु भएका प्रदर्शन अब सरकार विरोधी आन्दोलनमा बदलिएको छ । विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै अवज्ञा आन्दोलनको घोषणा गरेका छन् । आन्दोलनरत विद्यार्थीहरूको समूहले नागरिकलाई कर वा अन्य बिल नतिर्न अपिल गरेको छ । उनीहरूले सबै कलकारखाना र सार्वजनिक यातायात बन्द गर्न पनि आह्वान गरेका छन् । बदलिएको आन्दोलनको माग आन्दोलनकारीहरूले अहिले सरकार परिवर्तनको माग गरिरहेका छन् ...
विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालका चन्द्रलाई रजत

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालका चन्द्रलाई रजत

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
२० साउन, काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् । पुरुष ५०-५५ केजी तौलको प्रतिस्पर्धामा फाइनलमा चन्द्र थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भएका हुन् । प्रतियोगितामा आइतबार नेपालकी मेग्मा गुरुङले पनि फाइनल खेल्दैछिन् भने राजेन्द्र तामाङ र ईमा थापाको सेमिफाइनल खेल छ । अगस्त १ देखि थाइल्याण्डको नन्थावुरी स्टेडियममा सुरु भएको च्याम्पियनसिप अगष्ट ४ मा सकिनेछ । प्रतियोगितामा नेपालबाट कुल ६ खेलाडी सहभागी छन् ।...
काभा वुमन्स नेसन्स लिगमा नेपालले आज इरानसँग खेल्दै

काभा वुमन्स नेसन्स लिगमा नेपालले आज इरानसँग खेल्दै

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
‍२० साउन, काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आझ आफ्नो तेस्रो खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । शनिबार भारतमाथि ऐतिहासिक जित निकालेको नेपालको उच्च मनोबलमा छ र इरानसँग खेल्दा नेपालको नजर लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्ने हुनेछ । इरानलाई पराजित गरेमा नेपाल शीर्ष स्थानमा रहने लगभग पक्का हुनेछ । किनभने नेपालले श्रीलंका र भारतलाई पराजित गरिसकेकोछ भने अन्तिम खेल तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्ससँग हुनेछ । दुई खेलबाट ५ अंकसहित नेपाल हाल दोस्रो स्थानमा छ । तीन खेल खेलिसकेको भारत दुई जित र एक हारबाट ७ अंकसहित शीर्ष स्थानमा छ भारतले अब श्रीलंकासँग मात्र खेल्न बाँकी छ । नेपालले इरानलाई सोझो सेट वा ३-१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । आजै हु...
तत्काल लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिका र बेलायतको आग्रह

तत्काल लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिका र बेलायतको आग्रह

अन्तरास्ट्रिय, ताजा समाचार
२० साउन, काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो। बीबीसीका अनुसार यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छान्न भनेका थिए । उनले यस क्षेत्रको अवस्था तीव्र गतिमा बिग्रन सक्ने बताएका चेतावनी दिएका थिए । यता जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन्। तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएसँगै मध्यपूर्वमा तनाव बढ्ने सम्भावना बढेको हो । इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि हानियाको मृत्युको आएको थियो । बीबीसीका अनुसार यही...
हमास र हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने चिन्ता

हमास र हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने चिन्ता

अन्तरास्ट्रिय, ताजा समाचार
१७ साउन, काठमाडौं । इजरायलले हमास र हिजबुल्लाहका शीर्ष कमाण्डर माथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव झन् बढ्न सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । इजरायल र हमासबीच युद्धविरामको प्रयास भइरहेका बेला इरानमा हमासका शीर्ष कमाण्डर स्माइल हानिया र लेबनानमा हिज्बुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्रमाथि हमला भएको थियो । मिडिया रिपोर्टका अनुसार ती दुबै शीर्ष कमाण्डहरुको मृत्यु भइसकेको छ । हमास, हिजबुल्लाह र उनीहरुलाई साथ दिँदै आएको इरानले यो आक्रमणको जवाफ दिने घोषणा गरिसकेका छन् । त्यसैले मध्यपूर्वमा तनाव बढ्ने भन्दै चिन्ता व्यक्त भएको हो । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफान दुजेरिकले बुधबार न्यूयोर्क मुख्यालयमा नियमित पत्रकार सम्मेलनमा मध्यपूर्वमा तनावको अवस्था खतरनाक हुन सक्ने बताएका छन् । गाजा क्षेत्रमा युद्धविराम गर्ने, इजरायली बन्धकहरुलाई रिहा गराउने, गाजा क्षेत्रम...
केरलामा बाढीपहिरो : मृतकको संख्या १२३ पुग्यो

केरलामा बाढीपहिरो : मृतकको संख्या १२३ पुग्यो

अन्तरास्ट्रिय, ताजा समाचार
भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार जारी छ । यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए । तर बीबीसी हिन्दीले मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीलाई उद्धृत गर्दै मृतकको संख्या १२३ पुगेको लेखेको छ । केरलाकी स्वास्थ्यमन्त्री विना जोर्जका अनुसार मंगलबार बिहान २-३ बजेतिर यो घटना भएको हो । पहिरोमा परी कयौं घर, पसल र गाडीहरु पुरिएका थिए । कतिपय मानिसहरु वायनाड क्षेत्र भएर बग्ने चलियार नदीमा बगेका थिए । अधिकारीहरुका अनुसार वायनाडका गाउँ बाढीपहिरोबाट तहसनहस भएका छन् । मुण्डाक्कई क्षेत्रलाई आसपासका अरु क्षेत्रसँग जोड्ने एकमात्र पुल भत्किएपछि उद्धार कार्यमा समस्या परेको छ । सो क्षेत्रमा अस्थायी पुल निर्माणका लागि सहयोग गर्न मुख्यमन्त्रीले पि...
पेरिस ओलम्पिक पदक तालिकामा जापान शीर्ष स्थानमा , चीन र अष्ट्रेलिया पछ्याउँदै

पेरिस ओलम्पिक पदक तालिकामा जापान शीर्ष स्थानमा , चीन र अष्ट्रेलिया पछ्याउँदै

अन्तरास्ट्रिय, खेलकुद
१६ साउन, काठमाडौं । पेरिस ओलम्पिकमा मंगलबारसम्मको खेल सकिंदा एसियाली राष्ट्र पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक जितेको छ । जापानलाई एसियाकै चीन अनि अष्ट्रेलियाले पछ्याइरहेको छ । चीनले ६ स्वर्ण, ६ रजत र २ कांस्य गरी १४ पदक जितेको छ । अष्ट्रेलियाले ६ स्वर्ण, चार रजत र एक कांस्यसहित ११ पदक जितेको छ । आयोजक फ्रान्सले पनि ५ स्वर्ण जित्दा ४ रजत र एक कांस्य गरी ११ पदक जितेको छ । पाँचौ स्थानमा रहेको दक्षिण कोरियाले ५ स्वर्ण, ५ रजत र ३ कांस्य गरी ११ पदक जितेको छ । ओलम्पिकको सबैभन्दा सफल राष्ट्र अमेरिका भने छैटौं स्थानमा छ । अमेरिकाले ४ स्वर्ण, ११ रजत र १ कांस्यसहित २६ पदक जितेको छ । यस्तै बेलायत ४ स्वर्ण ५ रजत र ३ कांस्यसहित १२ पदक जोडेर सातौं स्थानमा छ । इटली ३ स्वर्ण जितेर आठौं...
मिस माल्टाको टोली र पर्यटन मन्त्री पाण्डे बीच भेटवार्ता

मिस माल्टाको टोली र पर्यटन मन्त्री पाण्डे बीच भेटवार्ता

अन्तरास्ट्रिय, जीवनशैली, ताजा समाचार, समाज
काठमाडौं । मिस माल्टाको टोली सोमबार बिहान नेपाल आइपुगेको छ । मिस माल्टा चेरिस स्पिटेरी सहितको पाँच सदस्यीय टोली साता लामो भ्रमणका लागि नेपाल आएको हो । टर्किस एयरलाइन्सको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको टोलीलाई पर्यटन बोर्डका सदस्य र कर्मचारी त्यसैगरी गैरआवासीय नेपाली संघ NRN माल्टाका अध्यक्ष रेम्स खनाल, गैरआवासीय नेपाली संघ माल्टाका उपाध्यक्ष सत्यनारायण झा, पर्यटन दुत प्रकाश भण्डारी, पर्यटन दुत सोम सापकोटा लगायतले ढाकाटोपी र पञ्चैबाजाले स्वागत गरेका थिए । मंगलबार बिहान ११ बजे उक्त टोली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे बिच शिष्टाचार भेटवार्ता सम्मपन्न भएको छ । मिस माल्टाको यो भ्रमणले दुवै देशको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विस्वास गरिएको छ । पछिल्लो समय युरोपको टापु मुलुक माल्टामा नेपाली कामदारको संख्या बढेसँ...
विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँः परराष्ट्रमन्त्री राणा

विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँः परराष्ट्रमन्त्री राणा

अन्तरास्ट्रिय, ताजा समाचार
१४ साउन, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छिन् । जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरुलाई मन्त्री डा. राणाले सो जानकारी दिएकी हुन् । विपीन जोशीका बुबासहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा राणालाई उनको कार्यकक्षमा भेटेर विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए । उक्त भेटमा मन्त्री डा राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन् । इजरायलमा भएको आक्रमणपछि विपिन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा राणाले दिइन् । मन्त्री डा राणाले भनिन्, ‘उहाँको अवस्थाका बारेमा हाल...