Saturday, December 28

अन्तरास्ट्रिय

बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन कांग्रेसको अपिल

बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन कांग्रेसको अपिल

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति, समाज
काठमाडौँ — नेपाली कांग्रेसले बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन तदारुकता राख्न सरकारसँग अपिल गरेको छ। बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन कांग्रेसको अपिल बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमका विषयमा समीक्षा गर्दै त्यहाँका नागरिकको भावनाबमोजिम शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रक्रिया सुचारु ढंगले अघि बढ्नेमा विश्वास व्यक्त गरेको छ । बैठकले त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन सरकारले थप तदारुकता राख्ने विश्वास समेत व्यक्त गरेको छ । बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत् भनेका छन्, 'बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा नेपाली कांग्रेसले बंगलादेशी नागरिकको भावना बमोजिम चाडै नै ...
काभा वुमन्सको फाइनलमा चुक्यो नेपाल, उपाधि भारतलाई

काभा वुमन्सको फाइनलमा चुक्यो नेपाल, उपाधि भारतलाई

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
२३ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले जितेको छ । दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल पुनः भारतसँग हार्दै उपाधिबाट वञ्चित भएको हो । भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हराएको छ । भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै उपाधि हात पारेको हो । पहिलो सेटको सुरुवातमा अग्रता बनाएको नेपालले त्यो सुरुवाती अग्रता जोगाउन सकेन । ३–० को अग्रताबाट भारतले लगातार ४ अंक जोडेपछि नेपालका प्रशिक्षक जगदिश भट्टले पहिलो टाइमआउट लिए । त्यसपछि भारतले २२–१९ को अवस्थामा अग्रता बनायो । त्यसपछि नेपालले लगातार अग्रता बनाउँदै पहिलो सेट २५–२३ ले जित्यो । दोस्रो सेटको सुरुवातमा भारत ६–४ ले अग्रता बनायो । त्यसपछि १०–५ ले नेपाल पछि पर्‍यो । नेपालले दोस्रो सेटमा ३ वटा सर्भिसमा अंक सुम्पियो । प्रदर्शनको आधारमा पनि दोस्रो सेट नेपालले निकै कमजोर खेल्यो । २४–११...
बंगलादेशमा अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ भोलि

बंगलादेशमा अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ भोलि

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
२३ साउन, काठमाडौं । बंगलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले भोलि (बिहीबार) शपथ ग्रहण गर्ने भएका छन् । बंगलादेशका सेना प्रमुख जनरल वाकर जमानले नोबेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषदले भोलि शपथ लिने बताएका छन् । बुधबार अपराह्न पत्रकार सम्मेलन गर्दै उनले सम्भवतः भोलि बेलुकी ८ बजे सपथ ग्रहण हुने बताएको बंगलादेशको अखबार द डेली स्टारले लेखेको छ । उनले सल्लाहकार परिषद् सम्भवतः १५ सदस्यीय हुने भनेका छन् । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बंगलादेशको परिस्थिति सामान्य हुने पनि बताएका छन् । यो अवधिमा अपराधमा संलग्नहरुलाई नछाडिने र कारबाही हुने समेत उनले बताएका छन् । उनले आफूसँगै वायु र जल सेनाका प्रमुखले पनि काम गरिरहेको बताएका छन् । उनले प्रोफेसर युनुससँग पनि कुरा गरेको बताएका छन् । ‘उहाँसँग कुरा गरेर मलाई एकदमै खुशी लाग्यो, मलाई यस्तो लाग्यो कि उह...
उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ फाइनल यात्रा

उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ फाइनल यात्रा

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
२३ साउन, काठमाडौं । घरेलु कोर्टमा भइरहेको काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि नेपाल आज भारतसँग भिड्दैछ । फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुनेछ । त्यसअघि इरान र श्रीलंकाबीच दिउँसो २ बजे तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको फाइनल खेल हेर्न उपस्थित हुने नेपाल भलिबल संघले जनाएको छ । सेमिफाइनलमा नेपालले इरानलाई तथा भारतले श्रीलंकालाई सोझो सेटमा हराएर फाइनल भेट पक्का गरेका हुन् । यस प्रतियोगितामा नेपाल भारतबीच खेल हुन लागेको यो दोस्रो पटक हो । लिग चरणमा नेपालले पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको त्यो नै पहिलोपटक थियो । लिग चरणको प्रदर्शनलाई कायम राख्दै भारतलाई फेरि हराएर नेसन्स लिगको उपाधि घरमै राख्ने नेपालको लक्ष्...
प्रधानमन्त्री ओली भारतसँगको फाइनल खेल हेर्ने जाने

प्रधानमन्त्री ओली भारतसँगको फाइनल खेल हेर्ने जाने

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
२३ साउन, काठमाडौं । नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली जाने भएका छन् । उपाधिका लागि नेपालले आज साँझ ५ बजे भारतसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ । नेपाल इरानसँग लिगचरणको बदला लिंदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो । सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो । लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ ।...
इपिएस कोरिया : करिब नौ हजार परीक्षार्थी उत्तीर्ण

इपिएस कोरिया : करिब नौ हजार परीक्षार्थी उत्तीर्ण

अन्तरास्ट्रिय, ताजा समाचार
काठमाडौँ, साउन २३ गते । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएकोमा आठ हजार ९६५ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी गराएको हो । सो शाखाका अनुसार गत वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म ७९ हजार ९३७ जनाका लागि लिइएको दोस्रो चरणको भाषा परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएका थिए । दोस्रो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले सोमबार राति सार्वजनिक गरेको छ । सो शाखाका अनुसार यसअघि पहिलो चरणमा लिएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । पहिलो चरणमा परीक्षामा ४० हजार ५८० ज...
बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार

बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
काठमाडौँ — बंगलादेशमा नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने भएको छ । रास्ट्रपति कार्यालय बंगभवनले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने जनाएको हो । युनुस अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुनेछन् । आरक्षणविरोधी आन्दोलनका अगुवा विद्यार्थी नेताहरू र रास्ट्रपति मुहम्मद शहाबुद्दीनबीचको बैठकपछि उक्त निर्णय भएको हो । बैठकमा तीनवटै सशस्त्र सुरक्षा बलका प्रमुखहरूको समेत उपस्थिति थियो । शेख हसिनाले राजीनामा दिएर देश छाडेको भोलिपल्ट राष्ट्रपति मुहम्मद शहाबुद्दीनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका थिए । विद्यार्थी नेताहरूले संसद् भंग गर्न राष्ट्रपतिलाई मंगलबार दिउँसो ३ बजेसम्मको समयसीमासमेत तोकिदिएका थिए । राष्ट्रपति शहाबुद्दीनले तीनै सुरक्षा निकाय प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागर...
सिमलताल दुर्घटनाबारे कार्यदलको निष्कर्ष : जथाभावी सडक खन्दा आएको लेदोले दुर्घटना

सिमलताल दुर्घटनाबारे कार्यदलको निष्कर्ष : जथाभावी सडक खन्दा आएको लेदोले दुर्घटना

अन्तरास्ट्रिय, ताजा समाचार
चितवन — जथाभावी खनिएका ग्रामीण सडकका कारण आएको लेदोले दुइटा बस र यात्रु त्रिशूली नदीमा बगाएको सरकारले गठन गरेको कार्यदलले निष्कर्ष निकालेको छ । कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो ।गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । सिमलताल दुर्घटनाबारे कार्यदलको निष्कर्ष : जथाभावी सडक खन्दा आएको लेदोले दुर्घटना गत असार २८ बिहान त्रिशूलीमा दुइटा बस खसेको स्थान ।तस्बिर : रमेशकुमार/कान्तिपुर कार्यदलले दुर्घटनास्थलभन्दा माथि पहाडी क्षेत्रमा हालसालै ग्रामीण सडक (सिमलताल–बाङ्गेसाल–डुम्रे गाउँ) खनिएको, सो क्षेत्रमा कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको तथा उचित इन्जिनियरिङ डिजाइनबिना सडक खनिएको प्रतिवेदनमा उल्लेख गरेको छ । सडक बनाउँदा अत्यधिक मात्रामा निस्केको माटो छेउमा त्यसै फालेको पनि प्रतिवेदनमा उल्लेख छ । सडकमा कुनै टेवा पर्खाल निर...
भारतलाई हराएर इतिहास रच्ने अवसर

भारतलाई हराएर इतिहास रच्ने अवसर

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
२३ साउन, काठमाडौं । महिला भलिबलमा नेपालले फेरि एउटा उपाधि भिडन्त भारतसँग नै गर्नुपर्ने भएको छ । काभा वुमन्स नेसन्स लिगमा मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि आमने-सामने हुन लागेका हुन् । सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर बुधबार छ । यही प्रतियोगितामा शनिबार लिग चरणको खेलमा भारतलाई हराएकाले नेपाली टिम आत्मविश्वासी छ । प्रतियोगितामा सहभागी सबै टिमलाई हराएको हुनाले नेपाल उच्च मनोबलमा रहेको प्रशिक्षक जगदिश भट्टले बताए । ‘हामीले विपक्षी अनुसारको रणनीति बनाएर खेलाउन सक्यौं भने जित्न सक्छौं’, उनले भने । नेपालले लिग चरणमा भारत, माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने इरानसँग हार व्यहोरेको थियो । इरानसँग लिग चरण्मा भेगेको पराजयले कमजोरी सच्याउने अवसर पाएको भट्टले बता...
बंगलादेशको संसद् विघटन

बंगलादेशको संसद् विघटन

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
२२ साउन, काठमाडौं । बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन् । गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भनेका छन्, ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ औं संसद् विघटन गरिएको छ ।’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ । सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन सुरु भएको थियो । आन्दोलनकै बीच अदालतको आरक्षणको कोटा भारी कटौती गरेको छ । आन्दोलनकै कारण सोमबार प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको थियो । उनले सोमबार नै बंगलादेश छोडेकी छन् ।...