Sunday, December 29

अन्तरास्ट्रिय

तनहुँमा नागरिकता भन्दा राहदानी लिने बढी

तनहुँमा नागरिकता भन्दा राहदानी लिने बढी

अन्तरास्ट्रिय, जीवनशैली, ताजा समाचार, समाज
२४ साउन, दमौली (तनहुँ) । जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ । राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोही अवधिमा १६ हजार सात सय ४३ राहदानी सिफारिस गरिएको छ । कार्यालयले एक वर्षको अवधिमा आठ हजार नौ सय ५५ नागरिकता वितरण गरेको छ । तीमध्ये वंशजको आधारमा आठ हजार नौ सय ४६ र वैवाहिक अङ्गीकृतको आधारमा नौजनालाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमध्ये चार हजार सात सय २८ महिला र चार हजार दुई सय २६ पुरुष छन् । यसैगरी, सात हजार छ सय ६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा नौ महिला र १९...
चाडबाडलाई भारतबाट १९ हजार टन चिनी ल्याइँदै, प्रस्ताव आह्वान

चाडबाडलाई भारतबाट १९ हजार टन चिनी ल्याइँदै, प्रस्ताव आह्वान

अन्तरास्ट्रिय, विजनेस
२४ साउन, काठमाडौं । भारतले नेपालका लागि तोकेको कोटा अनुसार १९ हजार टन चिनी आयात गरिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्म/कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ । बुधबार आह्वान भएको सूचना अनुसार पाँच दिनभित्र यस्ता कम्पनीले चिनी आयातका लागि प्रस्ताव पेस गर्न सक्नेछन् । चिनी आयातका लागि अनुमति पत्र प्राप्त गर्ने फर्म तथा कम्पनीका लागि न्यूनतम कोटा २ हजार ६ सय टन तोकिएको छ । १९ हजार टनभन्दा बढी परिमाण आयात अनुमतिका लागि आवेदन परे न्यूनतम २ हजार ६ सय टन कोटा नघट्ने गरी समानुपातिक रूपमा कोटा बाँडफाँट गरिने समेत विभागले जनाएको छ । सातभन्दा बढी कम्पनीबाट आवेदन पर्‍यो भने सुरुमा आउने आवेदनलाई पहिलो प्राथमिकता दिइने भएको छ । कोटाको चिनी आयात गर्न भारतले तोकेको समयावधि आगामी ३० सेप्टेम्बरसम्म मात्र छ । आउन लागिरहेको मुख्य चाडपर्व लक्षित गरी...
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

अन्तरास्ट्रिय
२४ साउन, काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ७ मापन भएको छ । भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ । जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन । गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको तीव्रता ७.६ थियो । बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन । जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मान दिइन्छ ।...
ढाका पुगेर मुहम्मद युनुसले भने : आभारी छु

ढाका पुगेर मुहम्मद युनुसले भने : आभारी छु

अन्तरास्ट्रिय, राजनीति
२४ साउन, काठमाडौं । बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुख बन्न मुहम्मद युनुस राजधानी ढाका पुगेका छन् । फ्रान्सको पेरिसबाट उनी दुबई हुँदै ढाका पुगेका हुन् । विमानस्थलमा उनलाई स्वागत गर्न बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनका नेतृत्व गरेका विद्यार्थीहरु, अन्य सुरक्षा निकायका प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरू पुगेका थिए । विमानस्थलमा पत्रकारहरुले उनलाई ‘कस्तो महसुस भइरहेको छ’ भनेर सोधेका थिए । जवाफमा उनले ‘आफू आभारी रहेको’ बताए । स्वतन्त्रता सेनानीको परिवारका आफन्तलाई दिइएको आरक्षणविरुद्ध विद्यार्थीले दुई महिनादेखि गरेको आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाड्नु परेको थियो । यसपछि बंगलादेशी सेनाले अन्तरिम सरकार बनाउन नेतृत्व लिएको थियो । जसअनुसार, नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बन्दैछ । उनीसहित १५ सदस्यीय सल्ला...
अदालतको आदेशमा थाइल्याण्डको सबैभन्दा ठूलो दल भंग

अदालतको आदेशमा थाइल्याण्डको सबैभन्दा ठूलो दल भंग

अन्तरास्ट्रिय, ताजा समाचार
२४ साउन, काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतले प्रगतिशील ‘मुभ फरवार्ड पार्टी’लाई भंग गर्न आदेश दिएको छ । थाइल्याण्डको सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टीले संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै अदालतले पार्टीलाई भंग गर्ने आदेश दिएको हो । थाइल्याण्डको संवैधानिक अदालतले भनेको छ– मुभ फरवार्ड पार्टीले देशको राज परिवारसँग सम्बन्धित कानुनमा संशोधनको प्रस्ताव गरेर संविधान उल्लंघन गरेको छ । कानुनमा संशोधन गरेर संवैधानिक राजतन्त्रलाई फ्याँक्ने प्रयास गरेको ठहर अदालतको छ । सन् २०२३ को राष्ट्रिय चुनावमा जित हासिल गरेर मुभ फरवार्ड पार्टी सबैभन्दा ठूलो दल बनेको थियो । तर उसले सरकारको नेतृत्व गर्न भने पाएन र विपक्षमा बसेको छ । सो पार्टीलाई जिताउने श्रेय चर्चित पूर्वनेता पिटा लिमजारोनरात र हालका पार्टी प्रमुख चौथावत तुलाथनलाई दिने गरिन्छ । यी दुवै नेताहरु र प...
यूएईमा नेपालीले रक्सी खाएर झगडा गर्न थालेपछि दूतावासको ध्यानाकर्षण

यूएईमा नेपालीले रक्सी खाएर झगडा गर्न थालेपछि दूतावासको ध्यानाकर्षण

अन्तरास्ट्रिय
२३ साउन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुले मादक पदार्थ सेवन गरेर झगडा गर्ने प्रवृत्ति बढ्न थालेको भन्दै अबुधाबीस्थित नेपाली राजदूतावासले ध्यानाकर्षण गराएको छ । दू्तावासले साउन २२ गते सूचना जारी गरेर त्यहाँ रहेका नेपालीलाई आफू बसेको र काम गर्ने ठाउँमा सभ्य व्यवहार गर्न आग्रह गरेको छ । यूएईका ‘सम्बन्धित निकाय’ले नेपालीहरुले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको सूचना दूतावासलाई दिएको जनाएको छ । राजदूतावास यसअघि पनि दूतावास परिसरबाहिर मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने, अराजक व्यवहार गर्ने, दूतावासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि समेत अपशब्द प्रयोग गर्ने काम भएको बताएको छ । दूतावासका सुरक्षाकर्मीलाई अपदशब्द प्रयोग गर्ने गरेको यूएई सरकारका तर्फबाट डयुटीमा खटिएका सुरक्षाकर्मीका सूचनाका आधारमा यूएई प्रहरीले कारबाही गरेको समेत दूतावासले जारी गरेको सूचनामा उ...
अमेरिकी डलरमा दैनिक नयाँ रेकर्ड, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

अमेरिकी डलरमा दैनिक नयाँ रेकर्ड, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

अन्तरास्ट्रिय, ताजा समाचार, विजनेस
२४ साउन, काठमाडौं । तीन दिनदेखि अमेरिकी डलर भाउले निरन्तर नयाँ उचाइ लिइरहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ६४ पैसा तोकेको छ भने खरिददर मूल्य १३४ रुपैयाँ ४ पैसा छ । डलरको यो मूल्य हालसम्मकै उच्च हो । एक युरोको बिक्रीदर मूल्य १४७ रुपैयाँ ५ पैसा पुगेको छ भने बेलायती पाउण्डस्टिर्लिङको १७१ रुपैयाँ ४४ पैसा छ । एक अस्ट्रेलियन डलरको बिक्रीदर मूल्य ८८ रुपैयाँ ४९ पैसा तथा क्यानेडियन डलरको ९७ रुपैयाँ ९७ पैसा छ । बिहीबार राष्ट्र बैंकले एक साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८६ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ७० पैसा तोकेको छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ९२ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ७६ पैसा तोकिएको छ । एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६६ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ४९ पैसा तोकिएको छ । एक मलेसियन रिंगिट...
काठमाडौंमा राजदूतावास स्थापना गर्न ओमानलाई आग्रह

काठमाडौंमा राजदूतावास स्थापना गर्न ओमानलाई आग्रह

अन्तरास्ट्रिय
काठमाडौँ — नेपालले ओमान सरकारसँग काठमाडौंमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा यो आग्रह गरेकी हुन् । नेपाल-ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले २१ हजारभन्दा बढी नेपाली ओमानमा कार्यरत रहेको बताउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको बताइन् । मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल-ओमान सम्बन्धका सबै पक्षमा छलफल भएको थियो । बैठकमा दुवै पक्षले सन् १९७७ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी सहकार्य र साझेदारी हुँदै आएको चर्चा गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम, वैदेशिक रोजगारी, संस्कृति, शिक्षा, सिधा हवाई सम्पर्कलगायत सबै क्षेत्रमा सहकार्य गर्न सहमति जनाएका छन् । बैठकमा ...
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

अन्तरास्ट्रिय, ताजा समाचार
२४ साउन, काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ बजेर १० मिनेटमा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।...
शपथग्रहणअघि बंगलादेशको अन्तरिम सरकार प्रमुखले भने-अद्भूत देश बनाउनु छ, सबै शान्त हुनुस्

शपथग्रहणअघि बंगलादेशको अन्तरिम सरकार प्रमुखले भने-अद्भूत देश बनाउनु छ, सबै शान्त हुनुस्

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
२४ साउन, काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले आज शपथ ग्रहण गर्दै छन् । उनले आजै सल्लाहरकार परिषद् पनि गठन गर्ने छन् । शपथ ग्रहण समारोह राति आठ बजे हुने छ । उनले १५ सदस्यीय सल्लाहकार परिषद गठन गर्ने सम्भावना रहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । विद्यार्थीहरुले सुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर भारत गएपछि विद्यार्थीका प्रतिनिधिको सिफारिसमा र सेना समेतको पहलमा युनुस अन्तरिम सरकार प्रमुख बनेका हुन् । उपचारको सिलसिलमा फ्रान्सको राजधानी पेरिसबाट दुबई हुँदै आज दिउँसो बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशबासीलाई शान्त रहन र देश बनाउन एकजुट हुन अपिल गरेका छन् । ‘म सबैलाई शान्त रहन अपिल गर्दुछ । कृपया सबै प...