Wednesday, December 25

अन्तरास्ट्रिय

माल्टाका राष्ट्रपतिसँग एनआरएनएको टोलीको भेट

माल्टाका राष्ट्रपतिसँग एनआरएनएको टोलीको भेट

अन्तरास्ट्रिय, ताजा समाचार
काठमाडौँ । माल्टाका राष्ट्रपति मरियम स्पिटेरी डेबोनोसँग त्यहाँस्थित गैरआवासीय नेपाली संघ(एनआरएनए) का पदाधिकारीले भेटवार्ता गरेका छन् । एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनाल नेतृत्वको टोलीले राष्ट्रपतिसँग भेट गर्दै विविध विषयमा छलफल गरेको हो । भेटवार्ता नेपाल र माल्टाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण रहेको अध्यक्ष खनालले बताए । ‘छलफलका क्रममा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने, नेपाली समुदायको कल्याण र माल्टा तथा गोजमा बस्ने नेपालीहरूको मुद्दामा गहन छलफल भयो’, खनालले भने, ‘साथै, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा सहकार्य गर्नका लागि नयाँ सम्भावनाहरूको खोजी गर्ने प्रतिबद्धता व्यक्त गरियो।’ सो अवसरमा माल्टाका राष्ट्रपतिले नेपाली समुदायको योगदानको सराहना गरेको खनालले बताए । यस्तै उनले भविष्यमा अझ सशक्त सहकार्यको अपेक्षा गरेकी थिइन् । भेटबारे राष्ट्रपति कार्यालयले...
आफूमाथि घातक हमला भएकै ठाउँमा ट्रम्पले निकाले र्‍याली

आफूमाथि घातक हमला भएकै ठाउँमा ट्रम्पले निकाले र्‍याली

अन्तरास्ट्रिय
वाशिङ्टन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले पेन्सिलभेनियाको बटलरमा र्‍यालीको आयोजना गरेका छन् । यो यही स्थान हो जहाँ उनीमाथि करिब तीन महिनाअघि घातक हमला भएको थियो । मञ्चलाई दुःखद घटना भएको स्थानको रूपमा वर्णन गर्दै ट्रम्पले आफ्ना समर्थकहरूलाई नोभेम्बर ५ मा हुने राष्ट्रपति चुनावमा आफूले जित्ने वाचा गरेका थिए । सोही स्थानमा जुलाई १३ मा एक युवकले ट्रम्पमाथि गोली प्रहार गरेका थिए । गोली ट्रम्पको दाहिने कानमा थोरै छोएर गएको थियो । स्पेशल फोर्सले तत्कालै आक्रमणकारीलाई गोली हानेर मारेका थिए । यस घटनामा एक जनाको मृत्यु भएको थियो भने अरु दुई जना घाइते भएका थिए । ‘१५ सेकेन्डको लागि समय रोकिएको थियो... तर त्यो खलनायक आफ्नो उद्देश्यमा सफल हुन सकेन ।’ ट्रम्पले भनेका थिए । शनिबार भएको ‍र्‍यालीमा सुरक्षा व्यवस्था कड...
अमेरिकामा हेलेन आँधीबाट ज्यान गुमाउने २०० नाघे

अमेरिकामा हेलेन आँधीबाट ज्यान गुमाउने २०० नाघे

अन्तरास्ट्रिय, ताजा समाचार
१८ असोज, काठमाडौं । अमेरिकाको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने नर्थ क्यारोलिनामा आएको आँधीले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ । बीबीसीका अनुसार ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । आँधीमा परेका थप नागरिकहरूको अमेरिकी उद्धारकर्मीहरूले खोजी गरिरहेका छन्। आँधीका कारण ज्यान गुमाउने धेरै नागरिक नर्थ क्यारोलिनाका रहेका छन् । सन् २००५ मा आएको क्याट्रिना नामको तुफानपछि हेलेन अत्यधिक घातक आँधी साबित भएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् । क्याट्रिना आँधीका कारण १८ सयभन्दा बढीको मृत्यु भएको थियो । हेलेन आँधीले आएको एक हप्ता बितिसक्दा पनि सयौं मानिस अझै बेपत्ता छन् र करिब ८ लाख घरहरूमा अझै पनि बिजुली अवरुद्ध छ । नर्थ क्यारिलोनामा दशौं हजार मानिस पानीको सुविधाबाट पनि बञ्चित भएका छन् । समाचार संस्था एपीका अनुसार सयौं सडकहरू बन्द छन् जसले गर्दा सहायता सामग्री ...
इरान र इजरायलबिच बढ्दो तनावले बढ्दै छ तेलको भाउ

इरान र इजरायलबिच बढ्दो तनावले बढ्दै छ तेलको भाउ

अन्तरास्ट्रिय, ताजा समाचार
न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । इजरायल र इरानबिच जारी तनावबिच शुक्रबार कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्कको भाउ मूल्य ५ प्रतिशतले बढेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रतिक्रिया पछि तेलको भाउ बढेको हो । गएको सोमबार इजरायलले इरानमाथि मिसाइल आक्रमण गरेयता ब्रेन्ट क्रुडको भाउ १० प्रतिशतले बढिसकेको छ । आफ्नो बयानमा उनले इजरायलले इरानको तेल अड्डामा आक्रमण गर्ने सम्भावनाबारे छलफल गरिरहेको बताएका थिए । त्यसपछि पत्रकारहरूले उनलाई कच्चा तेलको मूल्य बढेको विषयमा इजरायललाई इरानको तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्न आग्रह गरिरहनुभएको हो भनेर सोधेका थिए । ‘मलाई थाहा छ यो सार्वजनिक रूपमा छलफल गर्नु हुँदैन ।’ जवाफमा बाइडेनले भनेका थिए । यस्तो हमलाले तेलको मूल्य बढाउन सक्छ कि भनेर सोध्दा उनले ‘आँधीका तुफानका कारण पनि मूल्य बढ्न सक्छ’ भनेर भनेका थिए । बाइडेन दक्षिण–पश्चिम...
जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित

जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित

अन्तरास्ट्रिय, ताजा समाचार
टोकियो । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो । एलडीपीको नेतृत्वमा सत्तारुढ गठबन्धनले दुवै सदनलाई नियन्त्रण गर्ने भएकाले ६७ वर्षीय इसिबाले प्रतिनिधिसभामा ४६१ मतमध्ये २९१ र हाउस अफ काउन्सिलरमा २४२ मतमध्ये १४३ मत प्राप्त गरे । आफ्नो मन्त्रिपरिषद्मा १३ जना पहिलो पटक नियुक्ति, दुई जना पुनः नियुक्ति र अघिल्लो क्याबिनेट अनुभव भएका चार जना मन्त्रीहरु रहने बताएका छन् । @एजेन्सी...
राष्ट्रसंघका महासचिवमाथि इजरायलले लगायो देश प्रवेशमा प्रतिबन्ध

राष्ट्रसंघका महासचिवमाथि इजरायलले लगायो देश प्रवेशमा प्रतिबन्ध

अन्तरास्ट्रिय, ताजा समाचार
तेल अभिभ । इजरायलले राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । इजरायलका विदेशमन्त्री इजरायल काट्जले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । ‘इजरायलमा इरानको जघन्य आक्रमणको स्पष्ट रूपमा निन्दा गर्न नसक्ने जो कोहीलाई इजरायली भूमिमा पाइला राख्ने अधिकार छैन,’ उनले भनेका छन् । काट्जले गुटेरेसलाई अहिलेसम्म अक्टोबर ७ मा हमासद्वारा गरिएको नरसंहार र यौन दुर्व्यवहारको निन्दा नगरेका महासचिव भनेर भनेका छन् । उनले हमासलाई आतंकवादी संगठन घोषणा गर्ने कुनै प्रयास नगरेको पनि भनिएको छ । काट्जले इरानलाई विश्वव्यापी आतंकको जननी बताएका छन् । ‘एन्टोनियो गुटेरेसको साथ वा बिना नै इजरायल आफ्ना नागरिकहरूको सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्न जारी राख्नेछ,’ उनले निष्कर्षमा भनेका छन् । @एजेन्सी...
भारतको पूणेमा हेलिकप्टर दुघर्टना, ३ को मृत्यु

भारतको पूणेमा हेलिकप्टर दुघर्टना, ३ को मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार
नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा बुधबार हेलिकप्टर दुर्घटना भएको छ । जिल्लाको बावधनमा भएको सो दुघर्टनामा परेर विमानमा सवार दुई पाइलट र एक इन्जिनियरको मृत्यु छ । घटना बिहान ६ः४५ बजे बावधनस्थित केके कन्स्ट्रक्सन हिल नजिक भएको हो । हेलिकप्टर अक्सफोर्ड गल्फ कोर्सको हेलिप्याडबाट मुम्बईको जुहुका लागि उडेको थियो । उडेको करिब केही मिनेटपछि हेलिकप्टर १ दशमलव ५ किलोमिटर टाढा पुगेर दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ। दुर्घटना पहाडी क्षेत्रमा भएको बताइएको हो । बिहानै त्यहाँ बाक्लो कुहिरो थियो । दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै दुई एम्बुलेन्स र चार दमकल उद्धारका लागि घटनास्थलमा पुगेका थिए । हेलिकप्टरका सबै पार्ट्स चकनाचुर भएर आगो बलिरहेको थियो । हेलिकप्टर हेरिटेज एभिएसन नामक निजी कम्पनीको थियो । पाइलट र इन्जिनियर दुवैको पहिचान खुल्न नस...
इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा ९ जनाको मृत्यु

इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा ९ जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार
गाजा । इजरायलले गाजामा गरेको ताजा आक्रमणमा परेर ९ जनाको मृत्यु भएको छ । अरु २० जना घाइते भएका छन् । इजरायली वायुसेनाले गाजामा हमासको कमाण्ड र कन्ट्रोल कम्प्लेक्समा आक्रमण गरेको थियो भन्दै इजरायली सेनाले माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा लेखेको छ । यो कम्प्लेक्सलाई विगतमा उच्च विद्यालयको रूपमा प्रयोग गरिन्थ्यो । हमासले इजरायलमाथि आक्रमण गर्न विगतमा अल–बुरेइज प्रिपरेटरी स्कूल रहेको सोही भवनलाई प्रयोग गर्ने गरेको पोष्टमा भनिएको छ । आक्रमणमा सर्वसाधारणलाई कुनै क्षति नहोस् भन्ने सुनिश्चित गर्न कदम चालिएको इजरायली सेनाले बताएको छ । यसमा परिशुद्ध युद्ध सामाग्री, हवाई निगरानी र अतिरिक्त गुप्तचर जानकारीको प्रयोग समावेश भएको बताइएको छ । प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि इजरायलले गाजाका विस्थापित मानिसहरू बस्दै आएका एउटा विद्यालयमा हवाई आक्रमण गरेको बताएको छ । सामाजिक सञ्जालको पोस्...
तस्बिरमा हेर्नुहोस् इजरायलमा इरानको मिसाइल वर्षा कति भयो क्षति ?

तस्बिरमा हेर्नुहोस् इजरायलमा इरानको मिसाइल वर्षा कति भयो क्षति ?

अन्तरास्ट्रिय, ताजा समाचार
तेल अभिभ । इरानले मंगलबार राति इजरायलतर्फ सयौँ मिसाइल प्रहार गरेको छ । यी मध्ये केही मिसाइलहरू इजरायली क्षेत्रहरूमा खसेका छन्। यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो। अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो । इजरायली सेनाका अधिकारीहरूले इरानका यी आक्रमणहरू अब रोकिएको र अहिले कुनै खतरा नरहेको बताएका छन्। तर यस आक्रमणबाट के कति क्षति भयो भन्ने अझै खुल्न सकेको छैन । इजरायलको विदेश मन्त्रालयले मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको ट्वीट गरेको छ । इजरायलले यसको एक भिडियो पनि पोस्ट गरेको छ, जसमा एक व्यक्ति सडकमा हिँडिरहेको बेला उनी आक्रमणको चपेटामा परेको देखिन्छ। यो भिडियो इजरायलले कब्जा गरेको वेस्ट बैंकको रहेको बताइएको छ । इजरायलले इरानको शासन विश्व शान्तिका लागि खतरा भएको बताएको छ । इरान...
१४२ वर्षपछि बेलायतले पुरै बन्द गर्‍यो कोइला ऊर्जा

१४२ वर्षपछि बेलायतले पुरै बन्द गर्‍यो कोइला ऊर्जा

अन्तरास्ट्रिय, ताजा समाचार
लन्डन । बेलायतले कोइलाबाट बिजुलीको उत्पादन पुरै बन्द गरेको छ । १४२ वर्षदेखि ऊर्जाको लागि कोइलामाथिको निर्भरता बेलायतले अन्त्य गरेको हो । रेडक्लिफ–अन–स्टारमा रहेको देशको अन्तिम कोइला ऊर्जा केन्द्र सोमबारदेखि सञ्चालनमा आउन छाडेको छ । यो ऊर्जा केन्द्र सन् १९६७ यता चल्दै आएको थियो । आफ्नो कारण हुन सक्ने जलवायु परिवर्तन घटाउने दिशामा यो बेलायतको ठुलै सफलता हो । बेलायत कोइलाबाट बिजुली निकाल्ने पहिलो देश थियो । तर सोमबारदेखि यो कोइला त्याग्ने पहिलो मुख्य अर्थतन्त्र बनेको छ । विश्वमा कोइलामा आधारित पहिलो ऊर्जा उत्पादन केन्द्र सन् १८८२ मा लन्डनमा खुलेको थियो । त्यतिबेलादेखि २०औं शताब्दीको पहिलो आधा अवधिमा बेलायतको बिजुलीको अधिकांश आवश्यकता कोइलाले नै पुरा गरिदिएको थियो । सन् १९९० को दशकको सुरुदेखि बिजुलीको लागि कोइलाको खपत घट्न थालेको भएपनि अर्को २ दशकसम्म कोइला बेलायती बिजुलीको महत्त्वपूर्ण...