Tuesday, December 24

अन्तरास्ट्रिय

अमेरिकी राष्ट्रपति निर्वाचन : आप्रवासी नेपालीको मत निर्णायक हुनसक्छ ?

अमेरिकी राष्ट्रपति निर्वाचन : आप्रवासी नेपालीको मत निर्णायक हुनसक्छ ?

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
२० कात्तिक वासिङ्टन डिसी (अमेरिका) । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्...
डीभी भर्ने समय दुई दिन थप

डीभी भर्ने समय दुई दिन थप

अन्तरास्ट्रिय, ताजा समाचार
१९ कात्तिक, काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ । अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा आवेदन खुलला गरिएको थियो । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् ।...
कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन

अन्तरास्ट्रिय, आध्यात्मा, जीवनशैली, ताजा समाचार, समाज
१५ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो । त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको छ । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्ने...
कुकुर तिहार किन मनाइन्छ ?

कुकुर तिहार किन मनाइन्छ ?

अन्तरास्ट्रिय, आध्यात्मा, ताजा समाचार
यमपञ्चकको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशी । यो दिन कुकुरको पुजाआजा गर्दै कुकुर तिहार मनाईन्छ । प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा किन गरिन्छ? हिन्दू धर्ममा कुकुरलाई आज्ञापालकको रुपमा किन मानिन्छ? के छ धार्मिक बिशेसता ? आउनुहोस परापुर्बक कालदेखि मान्दै आएको धार्मिक बिशेशता तथा कुकुर तिहारको बारेमा केही जानौ । यमपञ्चकको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ । यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा गरिन्छ । हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ । हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ । मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्...
अमेरिकासँग हजार वटा अट्याक ड्रोन किन्दैछ ताइवान

अमेरिकासँग हजार वटा अट्याक ड्रोन किन्दैछ ताइवान

अन्तरास्ट्रिय, ताजा समाचार
ताइपेई । चीनको धम्कीबाट दिक्क बनेको ताइवानले आफूलाई बलियो बनाउन सुरु गरेको छ । ताइवानले अमेरिकासँग १ हजार थान अट्याक ड्रोन किन्ने भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा छापिएका समाचारका अनुसार ताइवानले एरोविरोनमेन्ट इंक र एन्डुरिल इन्डष्ट्रिज इंकबाट हजार थान ड्रोन किन्ने छ । तर अहिलेसम्म यो सम्झौताको मूल्य, डेलिभरी मिति र खरिद सम्झौतालाई औपचारिक रुप दिन बाँकी रहेको बताइएको छ । अमेरिकी सरकारले दिइसक्यो सम्झौतालाई मञ्जुरी अमेरिकी सरकारले जुन महिनामै करिब ३६ करोड डलरमा यो सम्झौताको प्रस्ताव स्वीकृत दिएको थियो । ताइवानको विधायिका युआनले पनि अगस्त ३० मा यस सम्झौताका लागि रकम छुट्याएको थियो । रिपोर्टका अनुसार ताइवानलाई यी ड्रोनको डेलिभरी सन् २०२४ र २०२६ को बीचमा हुन सक्नेछ । यी ड्रोनबाहेक ताइवानी सेनाले अमेरिकासँग ६८५ स्विचब्लेड ३०० mोइटरिंग म्युनिशन र २९१ अल्टियस ६०० एम–भी ...
इजरायलले इरानमा गर्‍यो आक्रमण

इजरायलले इरानमा गर्‍यो आक्रमण

अन्तरास्ट्रिय
१० कात्तिक, काठमाडौं । इजरायलले इरानमा समेत आक्रमण गरेको छ । गाजामा प्यालेस्टाइन, लेबनानमा हिजबुल्लाह र यमनमा हुथी लक्षित आक्रमण गर्दै आएको इजरायलले शनिबार इरानको राजधानी तेहरानमा समेत आक्रमण गरेको हो । इजरायली सेना (आईडीएफ)का प्रवक्ता डेनियल हगारीले आफ्ना लडाकु विमान इरानका सैन्य क्याम्पमा हमला गरी सुरक्षित रुपमा फर्किएको बताएका छन् । ‘इरानका कैयौं इलाकामा सटिक हमला पूरा भएको छ,’ प्रवक्ता हगारीले भनेका छन्, ‘हाम्रो रक्षात्मक र आक्रामक क्षमता पूर्णरुपमा सक्रिय छन् । हामी इजरायल राष्ट्र र जनताको रक्षाका लागि जे आवश्यक पर्छ त्यो गर्छौं ।’ अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार इजरायलले शनिबार बिहान पाँच बजेसम्म इरानमा आक्रमण जारी राखेको थियो । इरानका सरकारी मिडियाहरुले राजधानी तेहरानमा धेरैपटक विष्फोटका आवाज सुनिएको जनाएका छन् । समाचार एजेन्सी रोयटर्सले भने तेहरानमा विष्फोटका आवाज...
बेलायतको लेबर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप

बेलायतको लेबर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप

अन्तरास्ट्रिय, ताजा समाचार
वासिङ्टन डिसी । अमेरिकाका पूर्व राष्ट्रपति एवम् आगामी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनाव प्रचार प्रसार अभियानले बेलायतको लेबर पार्टीविरुद्ध संघीय निर्वाचन आयोग (एफईसी)मा उजुरी दिएको छ । ऊजुरीका अनुसार ह्यारिसको चुनावी प्रचारका लागि लेबर पार्टीसँग सम्बद्ध व्यक्तिहरू अमेरिका आएका छन् । ह्यारिस–वाल्जको चुनावी अभियानलाई सहयोग पुर्याउन अमेरिकी चुनावमा ‘स्पष्ट विदेशी हस्तक्षेप’ भइरहेको आरोप उनले लगाएका छन् । लेबर पार्टी र कमला ह्यारिसको चुनावी अभियान बीच सम्पर्कबारे सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूलाई उद्धृत गर्दै यो अवैध ‘योगदान’ जस्तो भएको तर्क उजुरीमा दिइएको छ । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति हुन् । आगामी निर्वाचनमा उनी डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार पनि हुन् । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रचारप्रसार ग...
दिल्लीमा झन् खराब बन्यो वायु प्रदूषण

दिल्लीमा झन् खराब बन्यो वायु प्रदूषण

अन्तरास्ट्रिय, मौसम
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर लगातार खस्किँदै गएको छ । मंगलबार बिहान पनि दिल्लीका धेरैजसो स्थानहरूमा वायुको गुणस्तर ‘धेरै खराब’ रेकर्ड भयो । मंगलबार, दिल्लीको एक्यूआई ३१८ थियो । यो भनेको निकै खराबको श्रेणीमा पर्दछ । राजधानीका अन्य कयौँ स्थानमा पनि एक्यूआई २७८ देखि ३८७ सम्म मापन भएको थियो । विगत केही वर्षदेखि, जाडो मौसममा दिल्लीको वायुको गुणस्तर लगातार खतरनाक स्तरमा पुगिरहेको छ । यसैबिच, हावाको कम गतिका कारण दिल्लीमा मात्र नभई पूरै देशमा प्रदूषण स्तर बढिरहेको दिल्लीका वातावरणमन्त्री गोपाल राईले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा बताएका थिए । @रातोपाटी...
इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने– मेरो हत्या प्रयास भयो

इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने– मेरो हत्या प्रयास भयो

अन्तरास्ट्रिय
४ कात्तिक, काठमाडौं । लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ ड्रोन हमला भएको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले आफ्नो हत्या गर्ने कोसिसमा हेजबुल्लाहले ड्रोन प्रहार गरेको भन्दै यसको महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । बीबीसीका अनुसार नेतन्याहुको एउटा घर समुद्र किनारमा रहेको सिजेरिया शहरमा छ । अर्को घर राजधानी जेरुसेलममा छ । जेरुसेलमकै बेत अघियोन भन्ने स्थानमा प्रधानमन्त्रीको सरकारी निवास छ । हाल यसको प्रबलीकरणको काम भइरहेको छ । लेबनानको तर्फबाट शनिबार भएको ड्रोन प्रहार नेतन्याहु घर भएको सिजेरिया शहरमा हो । इजरायली सेनाका अनुसार लेबनानको तर्फबाट ५५ वटा ड्रोन प्रहार भएका थिए । तीमध्ये तीनवटा मानवरहित ड्रोन इजरायली भूमिमा प्रवेश गरेका थिए । ती तीनमध्ये एउटा ड्रोन सिजेरिया शहरको एक भवनमा ठोक्किएको थियो । त्यो समयमा नेतन्याहु सिजेरियाको...
टर्कीमा बस दुर्घटना, ७ जनाको मृत्यु

टर्कीमा बस दुर्घटना, ७ जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार
मध्य अक्सराय प्रान्त टर्किएमा शुक्रवार यात्रुबाहक बस पल्टिँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर छ । अधिकारीहरूले अझै ज्यान गुमाउनेहरूको पहिचान गर्ने काम भइरहेको बताएका छन् । अक्सरे प्रान्तीय गभर्नर मेहमेट अली कुम्बुजोग्लुले पर्यटक बस अक्सरे शहरबाट २५ किलोमिटर टाढा पल्टिएको थियो । घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ भने दुर्घटनाको अनुसन्धान सुरु गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । @एजेन्सी...