Monday, December 23

कृषि

विकास परियोजनाले कालीगण्डकी नदी संकटमा पर्ने चिन्ता

विकास परियोजनाले कालीगण्डकी नदी संकटमा पर्ने चिन्ता

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, पोखरा । अप्राकृतिक दोहनको चपेटामा परेका कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले नदीको अस्तित्व नै संकटमा पर्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर संकट निम्तिने खतरा बढेको ‘कालीगण्डकी बचाऔँ अभियान’ले एक विज्ञप्तिमार्फत् जनाएको छ । उक्त अभियानले विज्ञप्तिमार्फत सरकारले प्रस्तावित गरेका कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाजस्ता परियोजना अघि बढाउँदा तटीय क्षेत्रको जनजीवन र सांस्कृतिक धरोहरमा असर पुग्ने जनाएको छ । कालीगण्डकी नदीको पानी पथान्तरण (डाइभर्सन) गरी तिनाउमा खसालेर रुपन्देहीसहितका क्षेत्रमा खानेपानी, सिँचाइ सुविधा र जलविद्युत् आयोजना निर्माण गर्ने सरकारको लक्ष्य छ । यस्तै बागलुङ र पर्वत जिल्ला समेटिने गरी कालीगण्डक...
कांग्रेसले भन्यो– चीनसँग अब ऋण लिनु हुँदैन, अनुदानकै प्रतिवद्धता कार्यान्वयन गर्नुपर्छ

कांग्रेसले भन्यो– चीनसँग अब ऋण लिनु हुँदैन, अनुदानकै प्रतिवद्धता कार्यान्वयन गर्नुपर्छ

What's Hot, कृषि, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म बीआरआईको नाममा नयाँ ऋण लिन नहुने निर्णय गरेको छ । नेपाली कांग्रेसले गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपाय’बारे आज अर्थविद र परराष्ट्र मामिलाका जानकारसँग छलफल गरेपछि बीआरआईका नाममा नयाँ ऋण लिन नहुने ठहर गरेको हो । छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले भने यसअघिका चिनियाँ प्रतिवद्धता पूरा गर्नुपर्ने बताए । ‘बीआरआईका विषयमा कांग्रेसले दोधारे भएको होइन, अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो’, उनले भने, ‘अबचाहिँ कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरि हामी के चाहन्छौं भने कनेक्टिभिटीको कुरा आउँदा सुरुमा सडकमा अनुदान सहयोग लिनुपर्‍यो, अनुदानमै धेरै प्रतिबद्धता चिनियाँ सरकारले गरेको कैयौं कार्यान्वयन भएको छैन । त्यसलाई कार्यान्वयन गर्नुपर्‍यो ।’ डा. म...
२० वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

२० वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

What's Hot, कृषि, ताजा समाचार, भिडियो, समाज
कैलाली । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बसे । सरकारले गरिबलाई जग्गा वितरण गरिरहेको छ भन्ने लागेर उनी टीकापुर झरेका थिए । टीकापुर पुग्दा बुदेले सोचे जस्तो भएन । अछाममा हुँदा पनि अरुको काम गरेर दैनिकी गुजारा गर्ने बुदे टीकापुर झरेपछि अछाम फर्किएनन् । “अछाममा पनि केही थिएन, यता पनि केही छैन । जता बसे पनि सुकुम्वासी”, उनले भने, “१९ वर्षदेखि सरकारले व्यवस्थापन गर्छ कि भन्ने आशामा छौँ । आशा गर्दागर्दै मर्ने बेला भइसक्यो ।” अछामकै तडिगैराबाट ५० वर्षको उमेरमा टीकापुर पुगेका नन्दे लुहारलाई बुढ्यौलीले छोइसकेको छ । जग्गा पाइएला भन्ने आशामा बस्दा बस्दै लुहार सामाजिक सुरक्षा भत्ता पाउने उमेरको भइसके । उनले भने, “अब त म...
आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

कृषि, विजनेस
चितवन । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले बजार पाउन थालेको छ । यसअघि आयात खुला हुँदा यहाँ उत्पादित महले बजार नपाउँदा थन्किएर बसेको थियो । नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्मा पौडेलका अनुसार अहिले एक हजार दुई सय मेट्रिकटन मह बिक्री हुन बाँकी छ । सोमध्ये तीन सय मेट्रिकटन चितवनमा छ । यसअघि आयात खुला हुँदा तीन हजार एक सय ४५ मेट्रिकटन मह भण्डारणमा थियो । बाहिरबाट आयत गर्न सरकारले रोक लगाएसँगै यहाँ भण्डारण गरिएको मह बिक्री भएको हो । पूर्वअध्यक्ष शर्माले भने, “पुरानै मह भण्डारमा थन्किएको छ । आयात नखोल्दिने हो भने यो मह सकिन समय लाग्दैन ।” आयात खोले पनि भन्सार दर ६० प्रतिशतले वृद्धि गर्न आवश्यक रहेको उनले बताएका छन् । नेपालमा अहिले एक लाख ६० हजार घार मेलीफेरा र एक लाख ७० हजार घार सेरेना मौरी रहेको पूर्वअध्यक्ष शर्माले जानकारी दिए ...
नेपालगञ्जमा उत्पादित गड्यौलाको मल जुम्लामा पुर्‍याउन समस्या

नेपालगञ्जमा उत्पादित गड्यौलाको मल जुम्लामा पुर्‍याउन समस्या

कृषि, ताजा समाचार
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१८ निवासी तेजनगरका वीरबहादुर हमाललाई गड्यौलाको मल जुम्लामा पुर्‍याउन समस्या भएको छ । जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गड्यौलाको मलको माग गरेपछि मल ढुवानीमा समस्या भएको हो । “हाम्रो उत्पादन क्षमता भन्दाबढी वर्षमा चार सय टन मलको माग भएको थियो, त्यसलाई पूरा गर्न सकेका छैनौँ । हामीसँग उत्पादन भएकोलाई बजारीकरण गरिरहेका छौँ”, हमालले भने । दश वर्षअघि नेपालगञ्ज–१ स्थित नन्दनी टोलमा ‘एभरेष्ट अर्गानिक एग्रोफार्म’ स्थापना गरी गड्यौलाको मल उत्पादन सुरु गरेको उनले बताए । हमालले जमिन उर्वर बनाउन र विद्यमान मलको अभावलाई हटाउन गड्यौलाको मल सहयोगी हुने विश्वास व्यक्त गरे । “कृषि कर्म गर्दा स्वस्थ उत्पादनमा जोड दिनुपर्छ । अनावश्यक रूपमा रसायनिक मलको प्रयोग गर्दा माहो र जलमा नकारात्मक असर गर्न सक्छ”, उनले भने । अन्य किसानले उत्पादन गरेका गोलभेँडा, काउल...
प्याजका बिरुवा बेचेर एक सिजनमा डेढ लाख कमाउँछन् पाल्पाका गोविन्दप्रसाद

प्याजका बिरुवा बेचेर एक सिजनमा डेढ लाख कमाउँछन् पाल्पाका गोविन्दप्रसाद

कृषि, ताजा समाचार, विजनेस
३० कात्तिक, रामपुर। पाल्पाका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक लाख ५० हजार बढी आम्दानी गर्छन् । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आएका उनी गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिन्छन् । रामपुर नगरपालिका-३ गण्डकीढिकस्थित कालीगण्डकी करिडोरको सडक छेउमा दुवाडीको घर छ । करिब एक रोपनी जग्गा प्याजका बिरुवा उत्पादन गर्न छुट्याएको उनले बताए। लामो समयदेखि निरन्तर रूपमा नर्सरी तयार गरी प्याजका बिरुवा उत्पादन तथा बिक्री गर्दै आएको उनको भनाइ छ। उनका अनुसार बिरुवा बिक्री गरेर एक सिजनमा रु एक लाख ५० हजारबढी आम्दानी हुन्छ । ‘बिरुवा उत्पादन गर्न धेरै समय नलाग्ने, कम लगानीमा मनग्ये आम्दानी लिन सकिन्छ’, दुवाडीले भने, ‘स्थानीय तथा बाहिरबाट आउने व्यापारीले यहाँबाट बिरुवा खरिद गरी लैजानुहुन्छ।’ प्याज खरिद गर्न आउने ग्राहकले बन्दा, काउली, ब्रोकाउली, ग...
‘गुणे’ धानमा आकर्षित हुँदै दैलेखका किसान

‘गुणे’ धानमा आकर्षित हुँदै दैलेखका किसान

कृषि, ताजा समाचार
३० कात्तिक, दैलेख । कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् । नारायण नगरपालिका–७ बिजौराका किसान रोहित खत्रीले आफ्नो नौ रोपनी खेतमध्ये पाँच रोपनीमा गुणे धान फलाएको बताए । सोही नगरपालिका–११ बिन्ध्यवासिनीकी पदमा विकले पनि ९ रोपनीमा गुणे धान फलाएका छन् । केही दिनपछि यो धान भित्र्याउने तयारीमा उनीहरु छन् । अन्य धानको तुलनामा गुणेको मूल्य बढी पाइने भएकाले आफूहरूले यो जातको धान लगाएको भैरवी गाउँपालिका–४ डाँडीमाडीका राजकुमारी आचार्यले बताइन् । दैलेखका नौमुले, डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुकालगायत स्थानका खेतमा हाल गुणे र कालोगुणे झुलिरहेका छन् । जिल्लाको कुल खेतीयोग्य ४१ हजार १३१ हेक्टरमध्ये झण्डै आठ हजार हेक्टरमा...
पोखरामा मुस्ताङ स्याउको माग धान्न धौधौ

पोखरामा मुस्ताङ स्याउको माग धान्न धौधौ

कृषि, ताजा समाचार
२९ कात्तिक, गण्डकी । मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा यहाँको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपत हुने गरेको छ । पछिल्लो समयमा मुस्ताङमा बढ्दो पर्यटकको आगमनले त्यहाँबाट कोसेलीका रुपमा स्याउ बिक्रीसमेत हुने भएकाले यसको बजारका लागि भने कुनै समस्या नरहेको विगत लामो समययता स्याउको व्यावसायिक खेती गरिरहेका ‘टुकुचे स्याउ नर्सरी’का सञ्चालक राजन शेर्पाले बताए । पोखराका साथै यहाँको स्याउ काठमाडौँसहित देशका अन्य बजारमा पनि खपत हुने गरेको छ । ‘उत्पादन गर्न सके स्याउ बिक्री गर्न बजारको समस्या छैन’, शेर्पाले भने, ‘यहाँ उत्पादन भएको स्याउ थोक मूल्यमा ठेकेदारले नै खरिद गरेर लैजाने गरेका छन् ।’ विगतमा परम्परागतरुपमा स्याउखेती गरिँदै आएकामा पछिल्लो समय नवीनतम प्रविधिमा आधारित हाइडेन्सिटी स्याउ बगैँचा कार्यक्रमका कारण उत्पादन बढेक...
सुन्तलाको पकेट क्षेत्रमा औंसा कीराको प्रकोप

सुन्तलाको पकेट क्षेत्रमा औंसा कीराको प्रकोप

कृषि, ताजा समाचार
२९ कात्तिक, पर्वत । सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुर, फलेवास नगरपालिका–१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका–३ त्रिवेणीमा एक सातादेखि औँसा कीराको प्रकोप फैलिएको छ । पाक्ने बेलाको सुन्तलामा औंसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । देउपुरका किसान भूमिराज शर्माले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने बेलामा कीराको प्रकोपले क्षति पुगेको बताए । देउपुरमा मात्रै तीन सय बढी किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । यो गाउँबाट गत वर्ष ५ करोड रुपैयाँको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाईले जानकारी दिए । उनका अनुसार यसवर्ष ५० प्रतिशत बढी बोटमा प्रकोप फैलिइसकेको छ । गत वर्ष पनि यस्तै समस्या भएपछि कृषि ज...
लोप हुँदै मिठेफापर, संरक्षणमा छैन कसैको चासो

लोप हुँदै मिठेफापर, संरक्षणमा छैन कसैको चासो

कृषि, ताजा समाचार
२५ कात्तिक, मुगु । पछिल्लो समय मुगुका किसानले परम्परागत मिठे(गुलियो) फापरखेतीमा कम महत्व दिँदा मुगुबाट गुलियो फापर लोप हुने अवस्थामा पुगेको छ । पहिलेको तुलनामा फापरखेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट आएको छ। मुगुको उच्च भू–भागमा उत्पादन गरिँदै आएको प्रचलित फापरखेती अहिले क्रमशः घट्दै गएको हो । गुलियो फापर पोषणयुक्त अन्नबालीको रूपमा चिनिन्छ र मुगुका किसानले यसलाई परम्परागत रूपमा लगाउँदै आएका थिए । तर आधुनिक कृषि प्रणाली र नयाँ प्रविधिको विकाससँगै किसान अब अन्य नगदे बालीतर्फ आकर्षित भएका छन् । गाउँका युवा जनशक्तिले विदेश जाने प्रचलन बढेको, बजारमा प्रतिस्पर्धा र फापरको तुलनामा अन्य बालीबाट छिटो आम्दानी हुने हुँदा किसानले फापरखेती गर्न छोडेका हुन । किसानका अनुसार, फापरखेतीबाट राम्रो उत्पादन हुँदाहुँदै पनि यसको उचित मूल्य पाउन नसक्दा उनीहरूमा निराशा बढ्दै गएको छ । ‘फापर लगाएर महिनौँ कु...