Sunday, December 29

ताजा समाचार

वैज्ञानिकको खुलासा : जलवायु परिवर्तनले बढाउँदैछ भूकम्प !

वैज्ञानिकको खुलासा : जलवायु परिवर्तनले बढाउँदैछ भूकम्प !

अन्तरास्ट्रिय, ताजा समाचार, समाज
भूकम्प एउटा यस्तो प्राकृतिक विपद् हो जसको भविष्यवाणी गर्न सकिंदैन । भूकम्पका कारण सुनामी, पहिरो तथा आगलागी लगायतका अन्य विपदहरू हुन्छन् । तर, के जलवायु परिवतर्न वा बढ्दो तापमानका कारणले पनि भूकम्पको संख्यामा वृद्धि हुन्छ त ? वास्तवमा सबैभन्दा खतरनाक भूकम्पहरु ती हुन्छन् जो टेक्टोनिक प्लेटको टकरावका कारणले गर्दा आउँछन्। यिनै प्लेटहरुले नै पृथ्वीको माथिल्लो पत्र क्रस्ट र त्यसभन्दा तल्लो पत्र म्यान्टल बनाउँछन् । धर्तीको केन्द्रबाट निस्किने तापले ती प्लेटलाई चलायमान बनाउँछ, कम्तिमा एक वर्षमा आधा इन्चसम्म यी प्लेटहरू सर्दछन् । यी प्लेटहरू एक अर्कामा ठक्कर खान्छन्, माथि चढ्दछन्, तल धस्सिन्छन्, एक अर्कामा घश्रण हुन्छन् । त्यसबाट जुन प्रेसर निस्किन्छ, त्यो रिलिज हुँदा भूकम्प आउँछ। त्यसैले भूकम्प कहिले आउँछ भनेर अड्कल काट्न मुस्किल हुन्छ । जसले भूकम्पको भयानकतालाई झनै बढाउँछ । भूकम्पको ...
समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक बस्दै

ताजा समाचार, राजनीति
१ साउन, काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् । यसअघि मोर्चामा समावेश उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।...
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

ताजा समाचार, मौसम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी र सुदूर प...
आज साउने सक्रान्ति मनाइँदै

आज साउने सक्रान्ति मनाइँदै

जीवनशैली, ताजा समाचार, समाज
बुटवल । आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । बिक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउन...
पशुपतिमा साउन महिनाभर हुने भिड व्यवस्थापनको तयारी पूरा

पशुपतिमा साउन महिनाभर हुने भिड व्यवस्थापनको तयारी पूरा

अन्तरास्ट्रिय, ताजा समाचार, समाज
१ साउन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बढी भिड लाग्ने गर्दछ । साउने सोमबारका व्रतालु र बोलबमका श्रद्धालुहरुले शिवको विशेष भक्तिपूर्वक पूजा गर्ने भएकाले पशुपति मन्दिरमा साउनमा घुइँचो लाग्दछ । यस वर्ष साउन महिनामै पशुपति क्षेत्रमा कोटी होम र शिवपुराण पाठ परायणलगायतका कार्यक्रम राखिएकाले भिडभाड अझै बढ्ने अनुमान छ । यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन् । ती चार सोमबार, चार शनिबारका साथै साउन महिनामै परेका नागपञ्चमी र गुरुपूर्णिमाको दिन पनि पशुपतिमा भक्तजनको भिड हुने गर्दछ । त्यसैले भक्तजनको सुविधा, सुरक्षा प्रबन्ध लगायतका तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । भिडलाई व...
चार न्यायाधीश रिक्त हुँदा पनि सर्वोच्चमा १५ हजार मुद्दा फैसला

चार न्यायाधीश रिक्त हुँदा पनि सर्वोच्चमा १५ हजार मुद्दा फैसला

ताजा समाचार
१ साउन, काठमाडौं । सर्वोच्च अदालतले यो वर्ष करिब साढे १५ हजार मुद्दा फैसला गर्‍यो । लामो समय एक तिहाई न्यायाधीश रिक्तता झेलेको सर्वोच्च अदालतले गरेको यो फैसलाको यो संख्या अहिलेसम्मकै उच्च हो । त्यसका बाबजुद करिब साढे २५ हजार मुद्दा सर्वोच्चमा विचाराधीन छन् । यो वर्ष सर्वोच्च अदालतमा करिव ४१ हजार मुद्दा दर्ता भए । सर्वोच्चमा सोझै दर्ता भएका रिट निवेदन, उच्च अदालतको फैसलामाथि परेका पुनरावेदन, निवेदन/प्रतिवेदनलगायतको संख्या बर्सेनि बढ्दो छ । सर्वोच्चका न्यायाधीशहरुले पछिल्लो एक दशकको अवधिमा फैसला गर्ने क्षमता झण्डै तेब्बरले बढाए पनि विचाराधीन मुद्दाको संख्या घट्न सकेको छैन । ‘यो वर्ष सर्वोच्च अदालतमा करिब ४१ हजार मुद्दा दर्ता भए, भारतजस्तो ठुलो मुलुकको सर्वोच्च अदालतमा करिब ७० हजार मुद्दामात्रै छन् । यो मुद्दा हाम्रा लागि निकै चुनौतीपूर्ण हो,’ सर्वोच्च अदालतका एक न्यायाधीशले अनलाइ...
अपडेट : रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ वेपत्ता

अपडेट : रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ वेपत्ता

Uncategorized, जीवनशैली, ताजा समाचार, मौसम, समाज
१ साउन, काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गएराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए । उनका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन् । घाइतेहरुमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना कामी छन् । उनीहरुलाई राति नै उद्धार गरी नगर अस्पताल पठाइएको थियो । रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार यो विवरण घटनास्थलमै रहेको प्रहरी टोलीले टिपाएको अद्यावधिक हो । घटनास्थलमा इ...
कानुनका ज्ञाता लेखकलाई गृहको कमान्ड

कानुनका ज्ञाता लेखकलाई गृहको कमान्ड

ताजा समाचार, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसले कानुनका ज्ञाता लेखकलाई गृह मन्त्रालयको बागडोर सम्हाल्ने मौका दिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना विश्वास पात्र लेखकलाई प्रधानमन्त्रीपछि प्रभाशाली मानिने गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन् । नेपाली राजनीतिमा शालीन र वैद्धिक नेताको छवि बनाएका लेखकलाई गृह प्रशासनमा खरो उत्रिनुपर्ने चुनौती छ । बैतडीमा २०२० सालमा जन्मेका नेता लेखकको प्रारम्भिक शिक्षा त्यहीँका विभिन्न विद्यालयहरुमा भयो । कक्षा ५ देखि १० सम्म महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयमा नेता लेखकले अध्ययन गरे । उच्च शिक्षा अर्थात् ‘प्लस टु’ मा नेता लेखकले विज्ञान पढ्ने निधो गरे । त्यति बेला विज्ञान अध्ययनका लागि महेन्द्रनगरको एक मात्रै विद्यालय थियो, सिद्धनाथ विज्ञान क्याम्पस । नेता ल...
बजेट पास गर्न नसक्दा अप्ठ्यारोमा सुदूरपश्चिम सरकार

बजेट पास गर्न नसक्दा अप्ठ्यारोमा सुदूरपश्चिम सरकार

ताजा समाचार, राजनीति
३१ असार, धनगढी । आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट पारित गर्न नसक्दा सुदूरपश्चिम प्रदेश सरकार अप्ठ्यारोमा परेको छ । सुदूरपश्चिम सरकारले प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । तर प्रदेश प्रमुख नजिर मियाँ सरकारले गरेको सिफारिस कार्यान्वयन नगरी काठमाडौं पुगेका छन् । राजनीतिक समीकरण फेरिएर नेकपा एमाले सरकारबाट बाहिरिएपछि आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेश सभाबाट पास हुन सकेको छैन । आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास हुने आज अन्तिम दिन हो । आज बजेट पास नभए वा अध्यादेशमार्फत नआए भोलिदेखि सुदूरपश्चिम प्रदेश ‘बजेट होलिड’मा जान्छ । अर्थात् भोलि, नयाँ आर्थिक वर्षको दिनदेखि सरकारले खर्च गर्ने र आम्दानी गर्ने आधार गुमाउँछ । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाको जारी बजेट अधिवेशन अन...
सरकारले नै दर्ता गर्‍यो बजेटमा संशोधन, राष्ट्रिय सभाबाट स्वीकृत

सरकारले नै दर्ता गर्‍यो बजेटमा संशोधन, राष्ट्रिय सभाबाट स्वीकृत

What's Hot, ताजा समाचार, राजनीति
३१ असार, काठमाडौं । सरकारले नै बजेटमा संशोधन दर्ता गराएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विधेयक २०८१ को दफा ३६ को उपदफा (६) मा संशोधन प्रस्तुत गरेका हुन् । कुनै कम्पनीका पुराना सेयरधनी र सेयर संख्या यथावत नै भएको अवस्थामा कसैले थप लगानी गरी साे कम्पनीमा ५० प्रतिशतभन्दा बढी स्वामित्व पुर्‍याएको अवस्थामा दफा ५७ अनुरुपको २५ प्रतिशत कर नलाग्ने प्रस्ताव आर्थिक विधेयकमा गरिएको थियो । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आयकर ऐनको दफा ५७ मा प्रस्ताव गरेको यो संशोधन कुनै कम्पनी विशेषलाई सुविधा दिन ल्याएको आरोप लागेको थियो । अर्थमन्त्री पौडेलले उक्त उपदफामा नै संशोधन प्रस्तुत गरी यस्तो सुविधा ‘स्टार्टअप, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्डले मात्रै पाउने व्यवस्था गरका छन् । यसअघि आर्थिक विधेयकमा ‘तर, साविकका सेयर...