Saturday, December 28

ताजा समाचार

विपदबाट एक वर्षमा १५३७ जनाको मृत्यु, १ अर्ब २३ करोड रुपैयाँ क्षति

विपदबाट एक वर्षमा १५३७ जनाको मृत्यु, १ अर्ब २३ करोड रुपैयाँ क्षति

What's Hot, जीवनशैली, ताजा समाचार, समाज
२१ वैशाख, काठमाडौं । अघिल्लो वैशाखदेखि एक वर्षको बीचमा नेपालमा १ हजार ५४७ को मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । दुर्घटनाबाट ४ हजार १४७ जना गम्भीर घाइते भएको गृहमन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । शुक्रबार काठमाडौंमा भएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृह मन्त्रालयका सचिव अर्यालले अघिल्लो वैशाखदेखि यस अवधिमा बाढी, पहिरो र भूकम्प लगायतका विपद्बाट ६३ जना र आगलागीबाट २६ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए । यो ०८० वैशाखदेखि ०८१ वैशाख २० गतेसम्म गृह मन्त्रालयले राखेको तथ्यांक हो । यो अवधिमा विभिन्न विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँ बराबर क्षति भएको जनाएको छ । यसमा सरकारले प्राकृतिक र गैरप्राकृतिक दुवैथरि विपद्लाई समेटेको सचिव अर्यालको भनाइ छ । सचिव अर्यालले विपद्बाट १० वर्षमा ४१ अरब ६० करोड रुपैयाँको क्षति भएको पनि जानकारी दिए । उनका अनुुसार ...
झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण, गोली लागेको आशंका

झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण, गोली लागेको आशंका

What's Hot, जीवनशैली, ताजा समाचार, शिक्षा, स्वास्थ्य
२१ वैशाख, काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ । आक्रमणमा परेर १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए । उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ । अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । अधिकारीको पेटमा गोलीको छर्रा जस्ता वस्तु लागेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार उनको शरीरका दुई ठाउँमा चोट देखिएको र प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी गोली लागेको करिब निष्कर्षमा पुगेको छ । उनले भने, ‘आक्रमणकारीको पहिचान भइसकेको छ, नाका सिल गरेर खोजी जारी छ ।’ उनको अवस्था सामान्य रहेको र पेटमा डढेको, दबेको, ददारिएको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ । अधिकारीको कपडामा गोलीजस्तो देखिने वस्तु फेला पर...
६ जना सचिवको सरुवा

६ जना सचिवको सरुवा

अन्तरास्ट्रिय, ताजा समाचार, सुचना/संचार
२१ वैशाख, काठमाडौं । ६ जना सचिवको सरुवा भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई लगिएको छ । लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास सचिवका रुपमा सरुवा गरिएको छ । पशुपन्छीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिइएको छ । कृषि सचिव गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।...
लोसपाका सांसद अभिराम शर्मा निलम्बित

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

What's Hot, ताजा समाचार, राजनीति
२१ वैशाख, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मालाई निलम्बन गरेका छन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो मूनामा प्रतिदी समेत रहनु भएका प्रदेश सभा सदस्‍य अभिराम शर्मालाई अभियोग मागदावी बमोजिम तत्काल प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं‌ बमोजिमको कसूरमा सोही महलको १३(३) बमोजिम जन्मकैद ठहर भएको ले प्रदेश सभा कार्यसञ्चालन नियमालवली , २०७५ को नियम २१०को उपनियम (४) बमोजिम माननीय सभामुखज्यूले मिति २०८१/०१/१८ गते निज माननीय अभिराम शर्मालाई मधेश प्रदेश सभा सदस्‍यको पदबाट निलम्बन गर्...
लाएन क्लब अफ भृकुटी टाउन मनकामनाद्वारा श्रमिक दिवसको अवसरमा बाख्रा बितरण

लाएन क्लब अफ भृकुटी टाउन मनकामनाद्वारा श्रमिक दिवसको अवसरमा बाख्रा बितरण

What's Hot, अन्तरास्ट्रिय, ताजा समाचार, समाज
बुटवल , बैशाख १९ । लाएन क्लब अफ भृकुटी टाउन मनकामनाले मे १ अर्थात श्रमिक दिवसको अवसरमा २५ वटा बाख्रा बितरण गरेको छ । २०७३ साल देखि निरन्तर सामाजिक कार्यमा सकृय क्लबले १७५ भन्दा बढी बाख्रा संगै बितरण गरेको हो । साथै उक्त क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा सामाजिक गतिविधिलाई अग्रसरताका साथ अघि बढाउँदै आएको छ । विनयपुर गाउँपालिका नवलपरासीका महिलाहरुलाई उद्यमशिल र आर्थिक आयआर्जनमा सबल बनाइ स्वालम्बन र स्वरोजगारी बन्न सकिन्छ भन्ने हेतुले यो कार्यक्रम सुरुवात गरेको हो । बाख्रा बितरण कार्यक्रममा अध्यक्षता लायन क्लब अफ भृकुटी टाउनका अध्यक्ष लायन सीमा घिमिरेको अध्यक्षता , प्रमुख अतिथी फर्स्ट भिडिजी (VDG) एवम २०२४/२०२५ का गभर्नर एमजेएफ लाइन(MJF lion) पुरुषोत्तम भक्त प्रधानाङ्ग , विशिष्ट अतिथि पिआरओ इन चिफ ( PRO in Chief ) लायन दिपक कुमार श्रेष्ठ , अतिथिहरु जोन चियरपर्सन ल...
सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा (सूचीसहित)

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
१९ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलका १६ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट १६ डीआईजीहरुको सरुवा गरिएको हो । सरुवा सूची अनुसार कार्य विभागमा रहेका डीआईजी कमल गिरीको सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ । गणेशबहादुर ठाडा मगरको सीमा सुरक्षा विभागबाट नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका अभिकुमार खत्रीको नं. ५ बिन्ध्यावासिनी बाहिनी रुपन्देहीमा सरुवा गरिएको छ । कमलबहादुर नेम्बाङको मानव स्रोत विभागबाट नं. ४ मुक्तिनाथ बाहिनी कास्कीमा सरुवा गरिएको छ । यस्तो छ सूची @अनलाइनखबर...
ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु

What's Hot, ताजा समाचार, समाज
१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते भएका शंकर पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका थिए । ललितपुरको गोदावरी नगरपालिका– ६ आनन्द वनमा पनि डढेलो फैलिंदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।...
कतारबाट फर्केका नेपाली सिनामंगलमा बन्धक, २ जना पक्राउ

कतारबाट फर्केका नेपाली सिनामंगलमा बन्धक, २ जना पक्राउ

What's Hot, अन्तरास्ट्रिय, ताजा समाचार, समाज
१८ वैशाख, काठमाडौं । कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ । सोमबार कतारबाट काठमाडौं आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा सिनामंगलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीले सिकेन्द्रलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई पक्राउ गरेको छ । उनीहरुले सिकेन्द्रलाई ४ लाख ८० हजार रुपैयाँ माग गर्दै एउटा कोठामा बाँधेर राखेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।...
पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेश निरन्तर

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेश निरन्तर

What's Hot, अन्तरास्ट्रिय, ताजा समाचार
१८ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि काम नगर्न नगराउन यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । उच्च अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले १७ वैशाखमा यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो । १० वैशाखमा न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलाशले जारी गरेको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाएको हो । पक्ष र विपक्ष दुवैसँग छलफल गरेपछि उच्च अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । पर्यटन बोर्डमा रिक्त सीईओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयनसमेत गैरकानुनी भएको र छनोट उपसमिति पनि अवैधानिक रहेको भन्दै उच्च अदालत पाटनले यसअघि अल्पकालीन अ...
छानबिन समितिले भन्यो : दुर्गा प्रसाईंको हतियार लाइसेन्स लिएर पनि राख्न मिल्दैन

छानबिन समितिले भन्यो : दुर्गा प्रसाईंको हतियार लाइसेन्स लिएर पनि राख्न मिल्दैन

अन्तरास्ट्रिय, ताजा समाचार
१७ वैशाख, काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईको हतियारबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव राजेन्द्रदेव पाण्डेले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानूनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको छ । ५ चैतमा सर्वोच्च अदालतको गेटबाट हतियारसहित प्रसाईंका दुई बडीगार्ड रामकुमार धिमाल र दीपक खड्का पक्राउ परेका थिए । उनीहरु पक्राउ परेपछि गृह मन्त्रालयले सहसचिव पाण्डेको संयोजकत्वमा समिति बनाएर छानबिन सुरु गरेको थियो । सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानूनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत...