Monday, January 6

ताजा समाचार

काभा यु-२० महिला भलिबल : नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्दै

काभा यु-२० महिला भलिबल : नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्दै

खेलकुद, ताजा समाचार
७ साउन, काठमाडौं । माल्दिभ्समा जारी काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्दैछ । लिग चरणमा दोस्रो भएको कीर्गिस्तान र तेस्रो भएको नेपालबीचको खेल आज राति नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ । यो खेलको विजेता फाइनल पुग्नेछ । त्यसअघि लिगमा पहिल‍ो भएको श्रीलंका र चोथै भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल हुनेछ । लिग चरणमा श्रीलंकाले सबै तीन खेल जित्दै शीर्ष स्थानमा रहेको थियो । कीर्गिस्तानले दुई तथा नेपालले एक खेल जित्दा माल्दिभ्स सबै तीन खेलमा पराजित भएको थियो । लिग चरणमा नेपाल कीर्गिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । आज नेपालसामु कीर्गिस्तानविरुद्ध लिग चरणमा बेहोरेको हारको बदला लिने अवसर छ । नेपाली टोली सेमिफाइनल खेललाई लिएर उत्साहित छ । आजको खेल जसरी पनि जित्दै फाइनल पुग्ने नेपालको लक्ष्य छ ।...
लीला गिरी होइन, चेतनारायण आचार्य बन्नेछन् लुम्बिनीका मुख्यमन्त्री

लीला गिरी होइन, चेतनारायण आचार्य बन्नेछन् लुम्बिनीका मुख्यमन्त्री

ताजा समाचार, राजनीति
७ साउन, काठमाडौं । एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेको छ । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको हो । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चाैधरीले आचार्य मुख्यमन्त्री बन्ने पुष्टि गरे । ‘पार्टीले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको छ,’ उनले भने, ‘अब आचार्य नै मुख्यमन्त्री बन्नुहुन्छ ।’ अनलाइनखबरसँग कुराकानी गर्दै अब बन्ने मुख्यमन्त्री आचार्यले दलको नेता लीला गिरी भए पनि मुख्यमन्त्रीमा आफूले दाबी पेश गर्न लागेको बताए । कांग्रेस नेता डिल्ली चाैधरी आएपछि प्रदेश प्रमुखकहाँ जाने उनले सुनाए । संसदीय दलका नेता लीला गिरी पार्टी उपाध्यक्ष तथा संघीय अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् । पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै आचार्य मुख्यमन्त्री बन...
राज्यमन्त्री हत्या प्रकरण : जग्गा विवाद मिलाइदिन भन्दै राति ३ जना घरमा आएका थिए

राज्यमन्त्री हत्या प्रकरण : जग्गा विवाद मिलाइदिन भन्दै राति ३ जना घरमा आएका थिए

ताजा समाचार, राजनीति
७ साउन, काठमाडौं । सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको राति उनको घरमा तीन जना मान्छे आएको खुलेको छ । चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै घरमा हत्या भएका रायको घरमा राति साढे ९ बजेतिर तीन जनाको समूह आएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए । प्रहरी स्रोतकाअनुसार राय राति श्राद्धमा गएर राति साढे ८ बजेतिर आफ्नो घरमा आएका थिए । त्यसको करिब १ घण्टापछि तीन जनाको मान्छेको समूह उनको घरमा आएको खुलेको हो । राय र उनको घरमा अर्का एकजना काम गर्ने व्यक्ति राम उदेन राय गरी दुई जना बस्दै आएका थिए । राति साढे ९ बजेतिर आएका तीन जनाले हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै पूर्वराज्यमन्त्री रायलाई सोधेका थिए । हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भनेकाले राति आएका तीन जनाबीच जग्गा विवादको समस्या रहेको जस्तो बुझिएको अनुसन्धान अधिकृत बताउँछन् । जवाफमा ८० वर्षीय पूर्वर...
एमाले संसदीय मूल्यमान्यता विपरीत गयो – लीला गिरी

एमाले संसदीय मूल्यमान्यता विपरीत गयो – लीला गिरी

जीवनशैली, ताजा समाचार, राजनीति
७ साउन, काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेपछि दलका नेता लिला गिरीले असन्तुष्टि जनाएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले यो निर्णय संसदीय मूल्यमान्यता विपरीत भएको टिप्पणी गरे । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्नबाट अन्तिम समयमा रोकिएका एमाले संसदीय दल नेता लीला गिरीसँग अनलाइनखबरले छोटो संवाद गरेको छ । उनले पार्टी संसदीय मूल्य मान्यता विपरीत जाँदा इमान्दार कार्यकर्ता अन्यायमा परेको क्षोभ प्रकट गरे । तपाईं मुख्यमन्त्री बन्ने पक्कापक्की थियो, किन रोकिनुभयो ? अब मैले के गर्ने, पार्टीले हस्तक्षेप गर्‍यो । मैले अवसर पाइनँ । पार्टी भनेको तपाईंहरु नै होइन र ? तपाईं संसदीय दलको नेता । होइन, केन्द्रले हस्तक्षेप गर्‍यो । मैले यसबारे माथिल्लो तहमा भनिसकेको छु । केन्द्रमा कसले हस्तक्षेप गर्‍यो ? मैले अध्यक्ष कम...
प्राधिकरणले लत्यायो नियमन आयोगको निर्देशन, जोडिएन ६ उद्योगको लाइन

प्राधिकरणले लत्यायो नियमन आयोगको निर्देशन, जोडिएन ६ उद्योगको लाइन

ताजा समाचार, विजनेस
७ साउन, काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएको ६ वटा उद्योगको लाइन जोडिदिन निर्देशन दिए पनि विद्युत् प्राधिकरणले लत्याएको छ । सोमबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकमा कार्यकारी निर्देशक कुलमान घिसिङले नै आयोगले दिएको निर्देशन कार्यान्वयन गर्ने निर्णयमा असहमति जनाएको एक बोर्ड सदस्यले अनलाइनखबरलाई बताए । ‘यस विषयमा वृहत छलफल भए पनि निष्कर्ष निस्कन सकेन’ प्राधिकरणका एक बोर्ड सदस्यले भने । यस विषयमा मन्त्री तथा सञ्चालक समिति अध्यक्ष र एमडीले ठोस प्रस्ताव ल्याउने र निर्णय गर्ने गरी बैठक सकिएको उनले बताए । मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा लाइन काटेकाले नियमन आयोगको पत्रका आधारमा अहिले जोड्न नसकिने तर्क घिसिङले राखेका थिए । यो विषय नियमन आयोगको क्षेत्राधिकारमा पर्ने कि नपर्ने भन्ने प्रश्न घिसिङले गरेका थिए । डेडिकेटेड र ट्रंकलाइनको बिल भुक्तानी...
मिस माल्टा नेपाल आउँदै, के–के छन् कार्यक्रम ?

मिस माल्टा नेपाल आउँदै, के–के छन् कार्यक्रम ?

अन्तरास्ट्रिय, ताजा समाचार
काठमाडौँ । मिस माल्टा चेरिस स्पीटेरी यही साउन १४ गते नेपाल भ्रमणमा आउने तय भएको छ । उनीसहितको टोली साउन १४ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए । टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरु केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि नेपाल आउने छन् । उनीहरुको साथमा भण्डारी र सुजित बस्यालपनि नेपाल आउनेछन् । नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्नेछन् । यस्तै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना छ । यस्तै मिस माल्टाको...
देशप्रति जनताको भरोसा टुटेको देख्दा डर लाग्यो : प्रधानमन्त्री

देशप्रति जनताको भरोसा टुटेको देख्दा डर लाग्यो : प्रधानमन्त्री

ताजा समाचार, राजनीति
६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश निराशामा रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत माग्दै ओलीले ०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको बताए । अर्थतन्त्र डामाडोल अवस्थामा रहेको भन्दै उनले भने, ‘आयात र निर्यात घटेको छ । तानतुन गर्दा पनि लक्ष्यअनुसार ७६ प्रतिशत मात्र राजश्व उठेको छ । यसले देशको अर्थतन्त्रमा कति ठूलो समस्या सिर्जना भएको छ भन्ने देखाउछ ।’ बैंकहरुमा पैसा थुप्रिएको, ब्याजदर पनि न्यून रहेको अवस्थामा पनि लगानी गर्न व्यवसायीहरु तयार नभएको उनले बताए । ‘सरकार स्टन्टबाज भयो, सरकार थुन्ने अनि सुन्ने भयो भन्ने गुनासो बोेकेर धाउँदैधाउँदै काम गर्न पाएनन्’ ओलीले भने । विकास निर्माण लथालिंग भएको र भ्रष्टाचारले सीमा नाघेको भन्दै उनले भने, ‘मलाई सबभन्दा डर लागेको कुरा देशप्रति आम जनताको भरोसा टुटेको स्थिति । तिनको मनोबल नराम्...
हामी काम भइरहेको छ भन्न होइन काम सकियो भन्न आतुर छौं : प्रधानमन्त्री ओली

हामी काम भइरहेको छ भन्न होइन काम सकियो भन्न आतुर छौं : प्रधानमन्त्री ओली

ताजा समाचार, राजनीति
६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको ५ प्राथमिकता रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले थालेको काम पूरा गर्ने, काम गर्ने क्षमता अभिवृद्धि गर्ने, मूल्यांकन प्रणाली बलियो बनाउने, नीतिगत सुधार गर्ने र निर्माण व्यवसायीको भुक्तानी समयमा नै दिने आफ्नो सरकारको प्राथमिकता सुनाएका हुन् । नेपालका धेरै विकास आयोजनाहरु वर्क इन प्रोग्रेस (काम भइरहेको छ) मात्र रहेको भन्दै उनले भने, ‘यो सरकार काम भइरहेको छ भन्न होइन थालेको काम सकियो भन्ने सुनाउन आतुर छ ।’ ओलीले विकास आयोजनामा काम भइरहेको देखिने तर कहिल्यै नसकिने देखिएको भन्दै यस्ता आयोजनालाई समेत राष्ट्रिय गौरवमा राखिएको भन्दै आश्चर्य व्यक्त गरे । ‘कहिले सक्छु भन्ने टुंगो नलाग्ने तर राष्ट्रिय गौरवको आयोजना भनिने, अब हामी विकासका मामिलामा देखिएको यस्तो अनुशासनहीनताको अन्त्य गर्छौं’, उनले भ...
१६ सयलाई उछिन्दै ‘टपर’ बनेका उपसचिव पर्शुराम भन्छन्– सिकाइ, बुझाइ र लेखाइको प्रतिफल नै सफलता

१६ सयलाई उछिन्दै ‘टपर’ बनेका उपसचिव पर्शुराम भन्छन्– सिकाइ, बुझाइ र लेखाइको प्रतिफल नै सफलता

जीवनशैली, ताजा समाचार, शिक्षा
काठमाडौं । लोकसेवा आयोगले आव २०८०/८१ मा लिएको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गतको खुलातर्फको उपसचिवको परीक्षामा सहभागी भएका पर्शुराम पोखरेल प्रतिस्पर्धी १६ सयभन्दा बढीलाई उछिनेर ‘टपर’ उपसचिव बन्न सफल हुनुभएको छ । नेपाल सरकारको नीति निर्माण तहका लागि आवश्यक सूचना संकलन गर्ने, विश्लेषण गर्ने र नीति निर्माण तहमा रहनेहरूलाई मुख्य सहयोग गर्ने तथा विभिन्न कार्यालय प्रमुखको भूमिकामा समेत रहने उपसचिव पदमा पुग्न लोकसेवाको कठिन परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । यसका लागि ठूलै मिहिनेत, परिश्रम र निरन्तरको लगाव चाहिन्छ । उपसचिव पोखरेलले नियमित अध्ययन र परिश्रम तथा सेवाप्रतिको उच्च आकांक्षाले सार्थकता पाएको बताउँदै भन्नुभयो– ‘सिकाइ, बुझाइ र लेखाइको प्रतिफल नै सफलता रहेछ ।’ गुल्मी रेसुङ्गा नगरपालिका–१४ मा बुबा टोपलाल पोखरेल र आमा डिल्ली कुमारीका कोखबाट जन्मिएका पर्शुराम सामान्य ग्...
सिन्धुपाल्चोकमा भारी वर्षा, साना-ठूला सडक अवरुद्ध

सिन्धुपाल्चोकमा भारी वर्षा, साना-ठूला सडक अवरुद्ध

ताजा समाचार, मौसम
६ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षासँगै खसेको पहिरोले मुख्य र शाखा सडकहरु ठाउँ-ठाउँमा अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोले तातोपानी जोड्ने अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । बाह्रबिसे–तातोपानी सडकखण्डको डाक्लाङ भन्ने स्थानमा सडक भासिएपछि दुईतर्फी नै राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव काफ्लेले जानकारी दिए । उनका अनुसार सडक मर्मतको काम भइरहेको छ । ‘एक ठाउँमा मात्र छैन, जिल्लाका ३०-४० ठाउँमै पहिरोले सडकमा क्षति पुर्‍याएको छ,’ उनले भने । जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकका ढुङ्गे, गोबरे, गुम्थाङ, भोताङ र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । सो क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती र सहायक खोलाहरूमा बाढीले र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन विभ...