Tuesday, January 7

ताजा समाचार

उद्धारको काम सकिएपछि खुल्यो त्रिभुवन विमानस्थल

उद्धारको काम सकिएपछि खुल्यो त्रिभुवन विमानस्थल

ताजा समाचार
९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । केहीबेर आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । क्याप्टेन घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।...
सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट घाइते

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट घाइते

ताजा समाचार
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ । ९ एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । विमानमा क्याप्टेन मनिष शाक्य थिए । शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।...
वैदेशिक रोजगारीमा धेरै जाने जिल्लामा धनुषा पहिलो, झापा दोस्रो

वैदेशिक रोजगारीमा धेरै जाने जिल्लामा धनुषा पहिलो, झापा दोस्रो

अन्तरास्ट्रिय, ताजा समाचार, समाज
९ साउन, काठमाडौं । बितेको एक वर्षमा तराईका जिल्लाहरुबाट सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका छन् । हिमाली जिल्लाबाट भने सबैभन्दा कम गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जानेमा धनुषा पहिलो छ भने झापा दोस्रो जिल्ला रहेको छ । आर्थिक वर्ष ०८०/८१ मा धनुषाबाट ३९ हजार १०७ जना र झापाबाट ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै धनुषा र झापापछि वैदेशिक रोजगारीमा धेरै जाने जिल्लमा मोरङ, सिराह, महोत्तरी, सुनसरी, रुपन्देही, सर्लाही र सप्त्तरी रहेका छन् । विभागका अनुसार मोरङमा ३१ हजार ९७, सिराहमा ३० हजार ९३०, महोत्तरीमा २७ हजार ३५०, सुनसरीमा २३ हजार ९४९, रुपेन्देहीमा २३ हजार ६०६, सर्लाहीमा २१ हजार २४३, सप्तहरीमा २० हजार ४६० जना वैदेशिक रोजगारीमा गएका छन् । यो नयाँ र पुरानो श्रम स्विकृति लिने दुवैको संख्या हो । यी जिल्लाहरुबाट रोजगारीका लागि सबैभन्...
बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने

बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने

ताजा समाचार, समाज
९ साउन, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाइएको हो । साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन आग्रह गरिएको छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा सवारी साधन संचालनमा छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको कार्य भइरहेको छ । सडक अत्यन्तै जोखिमपूर्ण रहेक...
कांग्रेसले टुंगो लगायो लुम्बिनीका मन्त्री, रोज राणा दोहोरिए

कांग्रेसले टुंगो लगायो लुम्बिनीका मन्त्री, रोज राणा दोहोरिए

ताजा समाचार, राजनीति
९ साउन, बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले आफ्नो भागमा परेका ५ मन्त्रालयका लागि संस्थापन पक्षका ४ र इतर पक्षका १ जनाको नाम छनोट गरेको हो । तर, यसप्रति संस्थापन इतर पक्षले तीव्र असन्तुष्टि जनाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस र एमालेका मन्त्रीहरुको बुधबार बिहान बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण कार्यक्रम राखिएको छ । शपथ ग्रहणमा सहभागी हुन नेता कार्यकर्ताहरु बुटवलमा भेला भएका छन् । कांग्रेसबाट कोको बन्दैछन् मन्त्री ? लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लगायतका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटेर मन्त्रीहरुको नामावली टुंगो लगाएका थिए । स्रोतका अनुसार कांग्रेस प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठ...
दिमागलाई कमजोर पार्नसक्ने ६ गल्ती

दिमागलाई कमजोर पार्नसक्ने ६ गल्ती

What's Hot, जीवनशैली, ताजा समाचार, स्वास्थ्य
तन र मनलाई नियन्त्रण गर्ने केन्द्र हो मस्तिष्क । शरीरको कार्य सञ्चालन र भावनामा मस्तिष्क अर्थात् दिमागको भूमिका हुन्छ । हामी के सोच्छौं, के महसुस गछौं, दैनिक घटिरहेको समयलाई कति याद गर्छौं ? कसरी हिंड्ने र बोल्ने ? यी सबै दिमागमै नियन्त्रणमा हुन्छ । दिमागले राम्रोसँग काम गर्न यसको स्वस्थतामा पनि ध्यान पुर्‍याउनुपर्छ । दमागमा कुनै चोटपटक लागेर मात्रै अस्वस्थ हुँदैन । कहिलेकाहीं अञ्जानमा आफ्नै सानातिना व्यवहार र आनाबानीले पनि दिमागलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा हानि पुर्‍याइरहेको हुन्छ । मस्तिष्कलाई हानि गर्ने केही बानी अनिद्रा निद्राको कमी दिमागको लागि हानिकारक हुनसक्छ । जब दैनिकजसो हामी पर्याप्त निद्रा लिन सक्दैनौं, तब हाम्रो दिमागले सही ढंगले काम गर्न सक्दैन । फलस्वरुप, कुनै कुरामा ध्यान केन्द्रित गर्न, स्मरण गर्नेदेखि बौद्धिक क्षमतामा कमी आउन सक्छ । लामो समयसम्म निद्राको क...
सुनुवाइ समिति सदस्यमा कांग्रेसका श्यामकुमार घिमिरे

सुनुवाइ समिति सदस्यमा कांग्रेसका श्यामकुमार घिमिरे

ताजा समाचार, राजनीति
८ साउन, काठमाडौं । संसदीय सुनुवाइ समितिका सदस्यहरुमा हेरफेर भएको छ । नेपाली कांगेसका सांसद रमेश लेखक सुनुवाइ समिति सदस्य थिए । उनी गृहमन्त्री भएपछि उनको ठाउँमा कांग्रेसले श्यामकुमार घिमिरेलेलाई समितिमा लगेको छ । घिमिरे प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेकको जिम्मेवारीमा छन् ।
सुनुवाइ समितिमा रास्वपाबाट स्वर्णिम वाग्लेको सट्टा डीपी अर्याल

सुनुवाइ समितिमा रास्वपाबाट स्वर्णिम वाग्लेको सट्टा डीपी अर्याल

ताजा समाचार, राजनीति
८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय सुनुवाइ समितिमा पार्टीको तर्फबाट सदस्य हेरफेर गरेको छ । यसअघि समितिमा रहेका स्वर्णिम वाग्लेलाई हटाएर रास्वपाले डोलप्रसाद अर्याल (डीपी अर्याल) लाई लगिएको हो । रास्वपाको आग्रह अनुसार समिति सदस्यको हेरफेर सम्बन्धी प्रस्ताव मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ । सुनुवाइ समितिमा रहेका रमेश लेखक गृहमन्त्री भएपछि कांग्रेसले पनि रिक्त रहेको स्थानमा श्याम कुमार घिमिरेलाई पठाएको छ । घिमिरे कांग्रेसको प्रमुख सचेतकको जिम्मेवारीमा छन् ।...
कांग्रेस सांसदले बोल्दा माओवादी र रास्वपा सांसदले टेबुल ठोके

कांग्रेस सांसदले बोल्दा माओवादी र रास्वपा सांसदले टेबुल ठोके

ताजा समाचार, राजनीति
८ साउन, काठमाडौं । संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले एकले अर्कोको अभिव्यक्तिमा समर्थन जनाउने बिरलै घटना देखिन्छन् । तर, नेपालको संसदमा बेलाबखत यस्त दृश्य देखिन्छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले पुरुषहरु निर्णय गर्ने ठाउँमा हावी हुँदा महिलाहरुले कार्यकारी भूमिका पाउन नसकेको बताइन् । मनुस्मृतिमा जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता हुन्छन् भनिएकामा नेपालमा भनु जहाँ पुरुषको सम्मान हुन्छ त्यहाँ देवता हुन्छन् भनेजस्तो भएको सांसद थिङले बताइन् । ‘यो किन मैले भनिरहेको छु भने जुनसुकै मन्त्रिमण्डलमा पनि संविधानलाई कुल्चिएर ३३ प्रतिशत महिला मन्त्रिपरिषदमा कहिले पनि देख्न नपाउने भयौं । सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस भएनन्’, उनले भनिन् । आफूले कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेको त...
निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ भोलि

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ भोलि

ताजा समाचार
८ साउन, काठमाडौं । निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ भोलि बुधबार हुने भएको छ । संसदीय सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा राखिएको छ । गत असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसको पत्र परिषदले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो । प्रस्तावित आयुक्तविरुद्ध संसदीय सुनुवाइ समितिले असार ७ गते उजुरी आह्वान गरेको थियो । सोही दिन समितिले असार २० र २१ गते प्रधानको संसदीय सुनुवाइ गर्ने सहितको कार्ययोजना तय गरेको थियो । तर, असार २१ गते हुने भनिएको सुनुवाइ रोकिएको थियो । रोकिएको सुनुवाइ भोलि बुधबार हुन लागेको हो । प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा स...