Wednesday, January 8

ताजा समाचार

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

जीवनशैली, ताजा समाचार, समाज
१४ साउन, काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् । हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ । गेरुवस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या हुन्छ । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिंडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।...
जुडो खेलाडी मनिताले आज प्रतिस्पर्धा गर्दै, प्रिन्सको दोस्रो खेल पनि आजै

जुडो खेलाडी मनिताले आज प्रतिस्पर्धा गर्दै, प्रिन्सको दोस्रो खेल पनि आजै

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
१४ साउन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज पनि दुई नेपाली खेलाडीको प्रतिस्पर्धा रहेको छ । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको सामना गर्नेछिन् । यो खेल फ्रान्सको स्थानिय समय अनुसार बिहान १० बजे अर्थात नेपाली समय अनुसार दिउँसो १:४५ बजे हुनेछ । यस्तै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाले समूह चरणमा आफ्नो दोस्रो खेल आज खेल्नेछन् । मेन्स सिंगल्सको समूह पी मा रहेका प्रिन्सले आयरल्याण्डका एनहात गुएनसँग प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल फ्रान्सको स्थानिय समय अनुसार राती ९:१० बजे हुने । नेपाली समय अनुसार पौने १२ बजे प्रिन्सको खेल हुनेछ । प्रिन्स समूहको पहिलो खेलमा विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टोर एक्सेलसनसँग २-० ले पराजित भएका थिए । गुएनले भने पहिलो खेलमा इजरायलका मिसा जिरब्यानलाई २-१ ले परा...
ढाका उद्यममा प्यारीमायाको प्रेम

ढाका उद्यममा प्यारीमायाको प्रेम

जीवनशैली, ताजा समाचार, विजनेस, समाज
१४ साउन, भद्रपुर (झापा) । पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ । विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यावसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको छ । प्यारीमाया लिम्बू झपाको बुद्धशान्ति-४ मन्दिरचोकमा ढाकाको उद्यम गर्नुहुन्छ । एपिएस ढाका ट्रेनिङ सेन्टरका नाममा घरेलु तथा साना उद्योग चन्द्रगढी झापामा उद्योग दर्ता गराएर उनले व्यवसायसँगै ढाकाको क्षेत्रमा काम गर्ने नयाँ व्यक्तिलाई तालिम प्रदान गर्दै आएकी छन् । हालसम्ममा उनले आफ्नो उद्योग र स्थानीय तह, घरेलुलगायत विभिन्न सङ्घसंस्थामार्फत तीन सयभन्दा बढी मानिसलाई ढाकासम्बन्धी तालिम दिइसकेकी छन् । उनी भन्छिन्, ‘तालिम लिएका अधिकांश व्यक्ति सानोतिनो जस्तो भए पनि उद्यम गरिरहेका छन्, कसैले पनि खाली हात बस्नुपरेको छैन ।’ बजारको माग धेरै रहेकाले...
प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

ताजा समाचार, राजनीति
१४ साउन, काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे र्निाय गर्न संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । उनीमाथिको सुनुवाइ सकिइसकेकाले आज अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय हुने छ । समितिको बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ । २ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् । त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग पनि यस विषयमा छलफल गरेको थियो । ९ साउनमा प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित गरिएको थियो । यसबीचमा प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदहरुले आफ्नो शीर्ष नेतासँग छलफल गरेका छन् । अब आजको बैठकले उनको अनुमोदन गर्ने कि नगर्ने भनेर निर्णय गर्ने सम्भावना रह...
संविधान संशोधन गरेर स्थायी सरकार दिने वातावरण बनाउनुपर्छ : कोइराला

संविधान संशोधन गरेर स्थायी सरकार दिने वातावरण बनाउनुपर्छ : कोइराला

ताजा समाचार, राजनीति
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधन गरेर मुलुकलाई स्थायी सरकार दिने वातावरण बनाउनुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस, एमाले लगायत दल मिलेर संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको कोइरालाले बताए । ६/६ महिनामा भइरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनाएको उनको भनाइ छ । कोइरालाले भने, ‘केवल सत्ता टिकाउन सधैं २/४ सिट भएका दललाई बोकेर हिंड्दा नेपालले प्रगति गर्न सकेन भन्ने लागेर मैले केही समयदेखि संसदमा रहेको पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ ।’ कांग्रेस–एमाले ग...
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद सजाय

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद सजाय

ताजा समाचार
१३ साउन, काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । यसअघि विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । यही मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तले सफाइ पाएका सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।...
पोखराका यातायात व्यवसायीको दादागिरी

पोखराका यातायात व्यवसायीको दादागिरी

ताजा समाचार
१३ साउन, पोखरा । रातो नम्बर प्लेटलाई पनि यात्रु ओसार्न दिने गरी सरकारले कार्यविधि ल्याउन लागेको भन्दै गाडी थन्क्याएर सार्वजनिक यातायात ठप्प पारेका व्यवसायी तथा मजदुरले पोखरामा अराजकता प्रदर्शन गरेका छन् । आन्दोलनरत व्यवसायी तथा मजदुरले मोटरसाइकल तथा स्कुटरमा हिँड्नेलाई दुर्व्यवहार गर्नेदेखि हातपातमै उत्रिएका छन् । अपशब्द बोल्दै साधारण यात्रीहरुलाईसमेत दुर्व्यवहार गर्ने, गाडी रोक्ने गरेका उनीहरुले समाचार संकलनका लागि पुगेका पत्रकारलाईसमेत हातपात गरी अभद्र व्यवहार गरेका छन् । साधाररण मोटरसाइकल चालकलाई समेत कुटपिट गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–९ शान्तिवनमा ट्याक्सी ४१ वर्षीय चालक सूर्यबहादुर नेपाली, मजदुर ३३ वर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा–१६ का १६ वर्षीय प्रशान गुरुङ, पोखरा जिरो किलोमिटर बस्ने २८ वर्षीय सन्तोष बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ । नेपाल ...
महावै पाटनमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

महावै पाटनमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

ताजा समाचार
१३ साउन, मान्म (कालीकोट) । कालीकोट र दैलेखको सीमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिक रुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो । पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रका रुपमा रहेको कालीकोट महावै गाउँपालिका–४ ओदानकुका रजबहादुर शाहीले बताए । कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जोड दिन थालेका छन् । महावै पाटनका नामबाट दैलेखमा महाबु र कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ । पाटनका बीचमा रहेको डुङ्गामाथि शिवको मन्दिर छ । हरेक वर्ष जनैपूर्णिमामा यहाँ मेला लाग्ने गर्दछ । मेलमका अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । शिव मन्दिरलाई यहाँका स्थानीयले महाबु जगन्नाथ भन...
२०८४ मा एक्लै चुनाव लड्ने तयारी गर्दैछौं : प्रचण्ड

२०८४ मा एक्लै चुनाव लड्ने तयारी गर्दैछौं : प्रचण्ड

ताजा समाचार, राजनीति
१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने उद्देश्यका साथ पार्टीमा छलफल भइरहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले पदाधिकारी बैठकमा ०८४ को चुनाव एक्लै जित्ने योजनाबारे छलफल भइरहेको बताएका हुन् । उनले अगाडि भने, ‘यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।’ १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा काम गरेको उनले दाबी गरे । सरकार छाड्दा आफूहरु विजेता जस्तो र सरकारमा जानेहरु हारेकाहरु जस्तो देखिएको भन्दै उनले भने, ‘भ्रष्टहरू मिलेर सरकार बनाएको जनतालाई पनि बुझाउन जरूरी छ ।’...
गिरीबन्धुबारे अनुसन्धान गर्न विश्वप्रकाशको आग्रह

गिरीबन्धुबारे अनुसन्धान गर्न विश्वप्रकाशको आग्रह

ताजा समाचार, राजनीति
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु टी–इस्टेटको जग्गाबारे अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले कांग्रेस र एमालेको गठबन्धन अनुसन्धानका फाइल दबाउनका लागि बनाइएको भन्ने भाष्य स्थापित गर्ने प्रयास भएको बताए । यो भाष्यलाई गलत सावित गर्न गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकारले अनुसन्धान अगाडि बढाउनुपर्ने उनले बताएका हुन् । ‘गिरीबन्धुको ७० बिघा बेचेर खाएको भनेर कांग्रेसमाथि गम्भीर आरोप लागेको थियो । प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु कांग्रेसका ती को हुन् ? तिनले छुट पाउनुहुन्न । यो आरोपको छानबिन गरियोस्,’ शर्माले भने । नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुल्दा माओवादी र कांग्रेसको सरकार रहेको उनले स्मरण गरे । एमालेले पनि सरकारमा पुगेसँगै य...