Tuesday, January 7

ताजा समाचार

गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

Uncategorized, ताजा समाचार
६ साउन, काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् । व्यास जयन्ती आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउ...
कांग्रेस–एमालेको ७ बुँदे सहमति प्रधानमन्त्रीले भोलि संसदबाट सार्वजनिक गर्नुपर्छ : गगन थापा

कांग्रेस–एमालेको ७ बुँदे सहमति प्रधानमन्त्रीले भोलि संसदबाट सार्वजनिक गर्नुपर्छ : गगन थापा

ताजा समाचार, राजनीति
५ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेबीच भएको सहमति प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदबाट सार्वजनिक गर्नुपर्ने बताएका छन् । ४२ औं बीपी स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा उनले आफैं हस्ताक्षरकर्ता नै भएकाले ओलीले उक्त सहमति सार्वजनिक गर्नु उनको जिम्मेवारी भएको बताए । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । ‘भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा, संसदमा आफ्नो विचारहरु राख्दै गर्दाखेरि… नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदाका बीचमा सहझदारी भयो भनिएको छ । ७ बुँदा के हो भन्ने कुरा त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्छु’, थापाले भने । कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति आफूहरुले पढेको र कांग्रेसले त्यसै अनुसार कार्यसम्पादन समिति र संसदीय दलबाट निर्णय गरेको थापाले बताए । ...
लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने

ताजा समाचार, राजनीति
५ साउन, बुटवल । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची पनि थप्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार कमल रायमाझीले जानकारी दिए । प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार मुख्यमन्त्री महराले भोलिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल भई उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट मौजुदा मन्त्रिपरिषदमा कार्यविभाजन गरी पुनर्गठन गरिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ । केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सत्ता साझेदार दलले समर्थन फिर्ता लि...
बंगलादेशको आरक्षण विरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, देशभर कर्फ्यु

बंगलादेशको आरक्षण विरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, देशभर कर्फ्यु

अन्तरास्ट्रिय, ताजा समाचार
५ साउन, काठमाडौं । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन् । आन्दोलनलाई थप हिंसात्मक हुन नदिने सरकारले ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । तर, कर्फ्यकाबीच पनि ठाउँठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आन्दोलन नियन्त्रण गरी शान्ति सुुव्यवस्था कायम गर्न सरकारले सेना खटाउने तयारी गरेको छ । बंगला देशमा नेपाली विद्यार्थी पनि रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै विद्यार्थी सुरक्षित छन् । थप स...
आगामी तीन दिन यी नदीमा बढ्नेछ जलसतह

आगामी तीन दिन यी नदीमा बढ्नेछ जलसतह

ताजा समाचार, मौसम
काठमाडौँ । देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले नदी तथा खोलानालामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो हुने महाशाखाको पूर्वानुमान छ । यता मौसम पूर्वानुमान महाशाखाले पनि कोशी, बागमती, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।...
५ एसपीको काज सरुवा

५ एसपीको काज सरुवा

ताजा समाचार
५ साउन, काठमाडौं । पाँच जना प्रहरी उपरीक्षक (एसपी)को काजमा सरुवा भएको छ । उनीहरूलाई आवश्यकता अनुसार काज खटाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ । जिप्रका तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत, प्रधान कार्यालयको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखाका वीरेन्द्रबहादुर शाही तनहुँ, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका रामप्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार खटिएका छन् । यस्तै, उदयपुरका एसपी अन्वेषण, योजना तथा विकास निर्देशनालय नक्साल र बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका हरिहरनाथ योगीलाई उदयपुर खटाइएको छ ।...
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

ताजा समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । गत आर्थिक वर्षमा एक लाख ७६ हजार तीन सय १६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । आव २०७९–८० मा दुई लाख पाँच हजार ६ सय पाँच आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए । गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ तथा आव २०७९–८० मा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए । अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० यहाँ घुम्न आएका थिए भने आव २०७९–८० मा ५५ हजार आठ सय ७२ जनाले निकुञ्जको अ...
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो

त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो

ताजा समाचार
५ साउन, काठमाडौं । पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ । नारायणगढ-मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् । बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । भारतबाट खटिएको उद्धार टोली शुक्रबार राति नै हिंडेको छ । १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने छ । सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २३ जना यात्रुको शव भेटिएको छ । दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्कन सफल भएका थिए भने बाँकी बेपत्ता भएका थिए । नदीमा डुबेका ६२ यात्रुमध्ये शुक्रबार अपराह्नसम्म २३ जनाको शव भेटिएको छ । ३९ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । घटनास्थलबाट झण्डै १०३ किलोमिटर तल गण्डक ब्यारेज वरपर अधिक...
मनसुनको एक महिना : बाढीपहिरो र चट्याङबाट मानवीय क्षति धेरै

मनसुनको एक महिना : बाढीपहिरो र चट्याङबाट मानवीय क्षति धेरै

ताजा समाचार
५ साउन, काठमाडौं । नेपालमा मनसुन सुरु भएको एक महिनामा मनसुनजन्य विपद् (मुख्यगरी बाढीपहिरो र चट्याङ)का घटना तथा मानवीय क्षति धेरै भएको भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसुनको ३० दिनको अवस्था प्रतिवेदनअनुसार गत वर्षभन्दा यस वर्षको मनसुनको ३० दिनमा दुई सयभन्दा बढीले बाढी, पहिरो, चट्याङ तथा भारी वर्षका घटना वृद्धि भएको हो । मानवीय क्षति पनि उल्लेख्य वृद्धि भएको पाइएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले यसपालि नेपालले बाढी, पहिरो, चट्याङबाट जनधनको बढी क्षति बेहोरेको बताए । प्रतिवेदन अनुसार गत वर्ष यो अवधिमा ती विपद्का ४५१ वटा घटना भएको थियो । यसपालि भने ६९१ वटा घटना भएको पाइएको छ । जसमा गत वर्ष ४२ जनाको मृत्यु भएकामा यसपालि सो अवधिमा ६९ जनाले ज्यान गुमाएका छन् । गत वर्ष बेपत्ता २५ जना रह...
आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना

आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना

ताजा समाचार, मौसम
५ साउन, काठमाडौं । आज पनि देशभर आंशिक बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो पनि यी भेगका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आगामी २४ मेघ गर्जन/चट्याङसिहत हल्कादेखि मध्यम तथा केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अपिलसमेत गरेको छ ।...