Monday, January 6

ताजा समाचार

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

ताजा समाचार, विजनेस
काठमाडौं । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको २ हजारले घटेर एक लाख ४७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ५ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपियाँ घटेर तोलाको १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
अनलाइनबाट बिजुलीको बिल अब बिहान ८ बजेदेखि तिर्न सकिने

अनलाइनबाट बिजुलीको बिल अब बिहान ८ बजेदेखि तिर्न सकिने

ताजा समाचार, विजनेस
काठमाडौं । अनलाइन विद्युत महसुल भुक्तानी गर्न दुई घण्टा थप भएको छ । नेपाल विद्युत प्राधिकरणले यस आर्थिक वर्षदेखि बिहान ८ बजेदेखि राति १२ बजेसम्म अनलाइन बिल भुक्तानी गर्न सकिने व्यवस्था लागु गरेको हो । प्राधिकरणका उपसचिव रविन्द्रराज श्रेष्ठका अनुसार यसअघि बिहान १० बजेदेखि १२ बजेसम्म मात्रअनलाइन भुक्तानी गर्न सकिन्थ्यो । सेवाग्राहीको सहजताका लागि अब बिहान दुई घण्टा थप गरिएको उनले बताए । श्रेष्ठका अनुसार प्राधिकरणको सिस्टम केन्द्रीकृत नभएकाले अनलाइन भुक्तानीमा समय सीमा राखिएको छ । उपभोक्ताले २४ सैं घण्टा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी प्राधिकरणले काम गरिरहेको पनि उनले बताए । “हामी अहिले यो सिस्टममा काम गरिरहेका छौं । अबको छ महिनामा सिस्टम नया तयार भएपछि उपभोक्ताले जुनसुकै समयमा भुक्तानी गर्न सक्नुहुन्छ,” उनले भने । नेपाल बिद्युत प्राधिकरणको मासिक बिल भुक्तानी बिभिन्न वालेटहरु...
विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
काठमाडौं । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्बजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् । उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्बजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ । रानाले दुताबासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराईदिन आग्रह गरेकी छन् । उपसभामुख रानाले व्यक्तिगत रुप...
न्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय

न्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय

ताजा समाचार
४ साउन, काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेका छन् । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीयल उत्रिएपछि उल्लेख्यमात्रामा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीश ...
बंगलादेशमा झन् चर्कियो आन्दोलन, मृतकको संख्या २५ पुग्यो

बंगलादेशमा झन् चर्कियो आन्दोलन, मृतकको संख्या २५ पुग्यो

अन्तरास्ट्रिय, ताजा समाचार
४ साउन, काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् । प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरुले राजधानी ढाकासहित कयौं स्थानहरुमा आगजनी र तोडफोड गरेका छन् । ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको छ । हिंसा बढ्दै गएपछि इन्टरनेट सेवासमेत बन्द गरिएको छ । स्कुल कलेजहरु अनिश्चितकालीन बन्द छन् । प्रदर्शनकारीहरुले सरकारी नोकरीमा आरक्षण हटाउन माग गर्दै आएका छन् । सन् १९७१ मा पाकिस्तानविरुद्ध मुक्तियुद्ध लडेका सैनिकका छोराछोरीहरुलाई आरक्षणको व्यवस्था खारेज गर्न माग गर्दै केही दिन अगाडि विश्वविद्यालयका विद्यार्थीहरुले विरोध सुरु गरेका थिए । त्यही विरोध बढ्दै गएर हिंसाको रुप लिएको हो । बुधबार प्रधानमन्त्री शेख हसिना...
काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

खेलकुद, ताजा समाचार
४ साउन, माले । काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ । नेपाल र कीर्गिस्तानबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ । पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाली टोली पहिलो जितको खोजीमा छ । श्रीलंकासँग नेपाल ३-१ को सेटमा पराजित भएको थियो । उता किर्गिस्तानले भने पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो । नेपालले पहिलो खेलमा रिसिभ र डिफेन्समा राम्रो प्रदर्शन गर्न नस्कदा हार व्यहोरेको थियो । पहिलो खेलमा गरेको गल्तीलाई नदोहोर्‍याई कीर्गिस्तान विरुद्ध राम्रो प्रदर्शन गर्ने नेपालका मुख्य प्रशिक्षक कुमा राईले बताए । पहिलो खेलमा स्पाईकर सलिना बुढामगर र मिना सुनारबाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकेन । पहिलो खेल भएकोले पनि खेलाडीको तालमेल र यहाँको वातावरणमा खेल्न ...
उपसभामुखको अनधिकृत पत्र : अमेरिका लग्न भनेर पैसा ठगिएको गुनासो तीन महिनादेखि रास्वपाभित्रै गुपचुप

उपसभामुखको अनधिकृत पत्र : अमेरिका लग्न भनेर पैसा ठगिएको गुनासो तीन महिनादेखि रास्वपाभित्रै गुपचुप

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
काठमाडौँ — उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन महिनाअघि नै जानकारी भएको खुलासा भएको छ । अमेरिका जान नपाएको र पैसा पनि डुबेको गुनासो प्राप्त भए पनि पछि ‘लेनदेन मिलेको’ भन्दै रास्वपाले यो विषय गुपचुप राखेको थियो । यो प्रकरण सतहमा आएपछि रास्वपाका नेताहरूले गम्भीरतापूर्वक लिनुको सट्टा सामान्य विषयलाई ठूलो बनाइएको टिप्पणी गरेका छन् । उपसभामुखको अनधिकृत पत्र : अमेरिका लग्न भनेर पैसा ठगिएको गुनासो तीन महिनादेखि रास्वपाभित्रै गुपचुप संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) २०७९ को फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा भएको थियो । यो कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग कुनै साइनो नभएका चार पुरुष र एक महिलालाई आफूसँगै ...
तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

ताजा समाचार
४ साउन, तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीका अनुसार बिहीबार बेलुकी सवा ८ बजे गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएको थियो । उनको उपचारको क्रममा बन्दिपुर अस्पतालमा मृत्यु भएको थियो ।...
गुल्मीमा घट्यो राहदानी लिनेको संख्या

गुल्मीमा घट्यो राहदानी लिनेको संख्या

ताजा समाचार
४ साउन, गुल्मी । गुल्मी जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा राहदानी (पासपोर्ट) लिनेको संख्या घटेको छ । यसले गर्दा राजस्व संकलन पनि कम भएको छ । आथिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट १२ हजार ४ सय ५० राहदानी वितरण भएको छ । जसबाट ६ करोड ४१ लाख ६७ हजार ३५० रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा १५ हजार ८६ जनाले राहदानी लिएका थिए । जसबाट कार्यालयले ७ करोड ३८ लाख ६ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको थियो । गुल्मीमा राहदानी लिनेको संख्या घटेसँगै राजश्वमा पनि कमी आएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार नागरिकता पनि कम जारी भएको छ । अघिल्लो वर्ष जिल्ला प्रशासन कार्यालय मार्फत १० हजार तीन सय ६७ वटा नागरिकता जारी भएका थिए । अहिले घटेर ९ हजार ६ सय १८ वटा जारी गरेको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षमा पाँच हजार...
मेलम्चीको पानी वर्षभरि वितरण गर्न खानेपानी मन्त्रीको निर्देशन

मेलम्चीको पानी वर्षभरि वितरण गर्न खानेपानी मन्त्रीको निर्देशन

ताजा समाचार
३ साउन, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण वर्षभरी नै व्‍यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिएका छन् । बिहीबार आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उप-आयोजना-२ को ब्रिफिङ सुनिसकेपछि उनले कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘हामीले काम मार्फत मेलम्ची खानेपानी आयोजना सम्बन्धी सृजित गलत भाष्यलाई चिर्नु पर्छ र जनतालाई मेलम्चीको पानी १२ महिना कसरी पुर्‍याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ । यसको लागि म प्रतिबद्ध छु, के गर्नु पर्छ म गर्छु ।’ उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विषयमा आएका गुनासोको जानकारी लिएर आफू गम्भीर रहेको बताउँदै कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । ‘म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो,’ उनले...