लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु भएको छ । विगत केही महिनाअघिदेखि ल्याप्रोस्कोपी मेशिन विग्रीएर अवरुद्ध भएको सेवा यही साउन १ गतेदेखि पुनः सुचारु भएको हो ।
यो सेवा सुचारु भएसँगै विगतमा पालो कुरेर बसेका र नयाँ बिरामीहरुलाई मिलाएर शल्यक्रिया सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ । सेवा सुचारुसँगै सातामा ५/६ जना बिरामीको शल्यक्रिया गर्न सकिने अस्पतालका मेडिकल सुपेरिटेन्डेन, वरिष्ठ अर्थोपेडीक सर्जन डाक्टर इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा साताको सोमबार र विहिबार गरी दुई दिन यो सेवा उपलब्ध हुँदै आएको छ । यो सेवालाई थप बिस्तार गर्नका लागि अप्रेशन थिएटर थप गर्नुपर्ने भए पनि केही प्राविधिक समस्याले बिलम्ब भइरहेको डा. ढकालले बताए ।
ढकाललाई लुम्बिनी प्रदेश सरकारले अस्पतालको मेडिकल सुपेरिटेन्डेनमा नियुक्त गरेपछि साउन महिनाभित्रै अपरेशन थिए...