Tuesday, January 7

ताजा समाचार

प्रहरी हत्यामा जेल बसेका समेत समातिए, पक्राउको संख्या ६ पुग्यो

प्रहरी हत्यामा जेल बसेका समेत समातिए, पक्राउको संख्या ६ पुग्यो

Uncategorized, What's Hot, ताजा समाचार
१ साउन, काठमाडौं। ललितपुरको गोदावरी नगरपालिका–९ छेडामा व्यवसायी मनोज बाँनियामाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । आज मंगलबार थप एक जनालाई पक्राउ गरिएसँगै पक्राउको संख्या ६ पुगेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । मंगलबार चाबहिलबाट धराने भनिने विभाग गुरुङलाई प्रहरीले पक्राउ गरको छ । अहिलेसम्म पक्राउ पर्नेहरुमा धरानेसँगै ललितपुरको भैसेपाटीका बाबा भनेर चिनिने राजेश केसी, आलिंकन लामिछाने, आयुमान अधिकारी, सुरेन्द्र महर्जन र दीपक वान्तवा राई छन् । खुकुरी प्रहारमा संलग्न भनिएका तीन जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार हुनेहरुमा प्रवीण महत, सुजन श्रेष्ठ र सोप्निल भण्डारी छन् । बाबा भनिने राजेश केसीको समूहले छेडामा कटेज बनाउँदै गरेका बाँनियामाथि ७ असारमा खुकुरी प्रहार गरेका थिए । बाँनिया र बाबाबीच जग्गा सम...
ध्वनि प्रदूषणले मुटुमा कस्तो असर पार्छ ?

ध्वनि प्रदूषणले मुटुमा कस्तो असर पार्छ ?

ताजा समाचार, समाज
ध्वनि प्रदूषण यस्तो समस्या हो जसले स्वास्थ्यमा विस्तारै हानि पुर्‍याउँछ । ध्वनि प्रदूषणका कारण हरेक वर्ष हजारौं मानिसले श्रवण क्षमता गुमाउने गरेका छन् । कानले आवाजको निश्चित तीव्रता मात्र सुन्न सक्छ । चर्को आवाजले कानलाई हानि पुर्‍याउँछ । ट्राफिक कोलाहल र हृदयघातबीचको सम्बन्ध छ । ट्राफिक कोलाहलले स्ट्रोक, मधुमेह र मुटुसँग सम्बन्धित धेरै रोगको जोखिम बढाउँछ । चर्को आवाजलाई मुटुरोगको जोखिम कारक पनि मानिएको छ । अत्यधिक कोलाहलका कारण मानिसलाई राति निद्रा लाग्दैन र यसले गर्दा तनाव र बेचैनीको समस्या पनि हुन्छ । पछिल्ला केही वर्षयता मुटुरोगीको संख्या तीव्र रुपमा बढेको छ । विशेषगरी युवाहरू हृदयघातको सिकार भइरहेका छन् र ध्वनि प्रदूषण पनि यसको प्रमुख कारण हो । भर्खरै जर्नल सर्कुलेसन रिसर्चमा प्रकाशित एक अध्ययनले ट्राफिक कोलाहल र हृदयघातबीचको सम्बन्ध पत्ता लगाएको छ । अन्तर्राष्ट्रिय अन्वेषकहर...
मलद्वारमा लुकाएर ल्याएको १ किलो सुनका योजनाकार १ वर्षपछि पक्राउ

मलद्वारमा लुकाएर ल्याएको १ किलो सुनका योजनाकार १ वर्षपछि पक्राउ

अन्तरास्ट्रिय, ताजा समाचार
१ साउन, काठमाडौं। दुबईबाट मलद्वारमा लुकाएर ल्याएको ९६० ग्रााम सुनका मुख्य योजनाकार पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाबुलाल दोङ र काभ्रेको महाभारत गाउँपालिका–२ घर भएका विकास योन्जन छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार स्मार्ट पार्टी प्यालेस चाबहिलबाट पक्राउ गरेको हो । २५ भदौ २०८० मा दुबईबाट हिमालयन एअरलाइन्सछारा काठमाडौं आएका बाबुलाल दोङ भन्ने व्यक्तिले मलद्वारमा लुकाएर ल्याएको ९६० ग्राम सुन प्रहरीले बरामद गरेको थियो । बयानका क्रममा उक्त सुन योन्जनको रहेको बाबुलालले खुलाएका थिए । सुनसहित बाबुलाल पक्राउ परेपछि योन्जन भने फरार थिए । योन्जनलाई पक्राउ गरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थस्थित भन्सार कार्यालय पठाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।...
सहकारी सञ्चालकहरुसँग छलफल गर्ने संसदीय विशेष समितिको निर्णय

सहकारी सञ्चालकहरुसँग छलफल गर्ने संसदीय विशेष समितिको निर्णय

ताजा समाचार, विजनेस
१ साउन, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी सञ्चालकहरुसँग छलफल गर्ने निर्णय गरेको छ । समिति सभापति सूर्यबहादुर थापाका अनुसार देशभरि राम्रो सञ्चालन भइरहेका सहकारीहरूसँग प्रतिनिधिमुलक छलफल गर्न लागिएको हो । ‘राम्रा सहकारीहरु पनि छन् । उनीहरुसँग प्रतिनिधिमुलक रुपमा छलफल गर्न लागिएको छ’ सभापति थापाले भने । उनका अनुसार देशभरीबाट राम्रो सहकारी संचालन गरिरहेकाहरुलाई बोलाउने तय भएको छ । यसका लागि समिति सचिवालयले गृहकार्य अगाडि बढाएको छ । मंगलबार बसेको समितिको बैठकले आवश्यक कागजात मागिएका निकायहरूसँग सम्पर्क व्यक्तिसहित फलोअप गर्ने निर्णय पनि गरेको छ । समितिले विभिन्न व्यक्तिहरूसँग गरिने सोधपुछको प्राविधिक तयारी र व्यवस्थापन गर्ने तयारी गरेको छ । विभिन्न निकायहरूसँग क्रस डिस्कसन मिटिङ र सहकारी संसथाहरूका लेखापरीक्षकहरूको अनुभवमा...
संस्थागत सुधारको पहल गरे, रविको निर्णयमा चुके

संस्थागत सुधारको पहल गरे, रविको निर्णयमा चुके

ताजा समाचार
१ साउन, काठमाडौं । करिब १९ महिना जिम्मेवारी सम्हालेर महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पदबाट राजीनामा दिएका छन् । नयाँ प्रधानमन्त्री नियुक्त भएपछि अघिल्लो प्रधानमन्त्रीले नियुक्त गरेका महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिलाई राजीनामा बुझाउने अभ्यास छ । सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने संवैधानिक जिम्मेवारी बोकेको महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो । डेढ वर्षको अवधिमा महान्यायाधिवक्ता कार्यालयले दुई वटा विवादास्पद काम गर्‍यो । ती बाहेक पोखरेलले महान्यायाधिवक्ता कार्यालयको संस्थागत विकास र सरकारी वकिल समूहको वृत्तिविकासको काम गरे । काठमाडौं प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोग गरेको विषयमा अनुसन्धान गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले त्यसमा मुद्दा नचल्ने निर्णय गरिदिय...
सिमलतालबाट हराएका बस खोज्न ३०१ सशस्त्र प्रहरी परिचालन

सिमलतालबाट हराएका बस खोज्न ३०१ सशस्त्र प्रहरी परिचालन

ताजा समाचार, मौसम, समाज
१ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता दुई बस र यात्रु खोज्न सशस्त्र प्रहरी बलका तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । मंगलबार १ साउनदेखि सशस्त्र प्रहरी बलले गण्डक ब्यारेजसम्म ३०१ जना सुरक्षाकर्मी पठाएर खोजी सुरु गरेको हो । गण्डक ब्यारेज दुर्घटनास्थलबाट १३२ किलोमिटर टाढा छ । दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा टोलीले २ वटा मोटर बोट र ७ वटा र्‍याफ्ट बोटसहित खोजी गरिरहेका छन् । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा १ सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि...
बागमतीमा कांग्रेस–एमालेले मन्त्रालय घटाउलान् ?

बागमतीमा कांग्रेस–एमालेले मन्त्रालय घटाउलान् ?

ताजा समाचार
१ साउन, हेटौंडा । कुनैबेला ‘झ्याल–झ्यालमा मन्त्रालय’ भनेर आलोचना भएको बागमती प्रदेशमा अहिले पनि १३ वटा मन्त्रालय छन् । राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका बेला १४ वटासम्म पुगेको मन्त्रालय संख्या वर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ११ वटामा झारेका थिए, फेरि उनैले बढाएर १३ वटा पुर्‍याए । सत्ता साझेदार दलहरुलाई भाग पुर्‍याउन मन्त्रालय थपेपछि जम्कट्टेलको आलोचना भएको थियो । तर अहिले सत्ता गठबन्धन फेरिएर कांग्रेस र एमाले दुई दलबीच सहकार्य भएपछि सरकार बनाउन धेरै दलको सहयोग लिनुपर्ने अवस्था छैन । तर कांग्रेस र एमालेले यो विषयमा छलफल गरेका छैनन् । अनौपचारिक कुराकानीमा दुबै दल पार्टीभित्र आकांक्षी धेरै देखिएकाले मन्त्रालय संख्या घटाउने अवस्था नरहेको बताउँछन् । कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा मन्त्रालयको संख्या घटाउन गाह्रो हुने बताउँछन् । ‘पहिल्यै मन्त्रालयको संख्या बढाइ...
संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

ताजा समाचार
१ साउन, सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए । पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।...
बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते

बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते

ताजा समाचार
१ साउन, काठमाडौं । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस आज बिहान ११ बजेतिर बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । घाइतेहरुको वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक र सहचालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए ।...
सिमलताल दुर्घटना : भारतीय सीमावर्ती जिल्लामा समन्वय

सिमलताल दुर्घटना : भारतीय सीमावर्ती जिल्लामा समन्वय

अन्तरास्ट्रिय, ताजा समाचार, मौसम, समाज
चितवन । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका डिएमसँग समन्वय गरिएको हो । यादवले आफूले पश्चिम चम्पारण र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारीले महाराजगञ्जका डिएमसँग समन्वय गरिरहेको बताए । नदीमा शव भेटिएमा जानकारी दिन दुवै डिएमलाई आग्रह गरिएको यादवले जानकारी दिए । उनका अनुसार हालसम्म शव भेटिएको कुनै जानकारी आएको छैन । गण्डक ब्यारेजसम्म शव पुगेपछि त्यहाँबाट पारिसमेत जान सक्ने भएकाले समन्वय गरिएको उनले बताए । सी...