Wednesday, January 8

ताजा समाचार

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

ताजा समाचार, राजनीति
३ साउन, बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिलो चरणमै पाउनुपर्ने दाबी गरेको छ । केन्द्रमा कांग्रेस–एमालेले नयाँ गठबन्धन बनाउँदा एमालेले नेतृत्व गर्ने सहमति भएको भनिए पनि त्यो आधिकारिक र अन्तिम निर्णय नभएको प्रदेशका नेताहरुले बताएका छन् । कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले लामो समय माओवादी र एमालेले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूको मुख्यमन्त्री दाबी रहेको बताए । ‘हामीले यसपटक आफैं नेतृत्व गर्नुपर्छ भन्ने अडानमा छौं, तर अन्तिम निर्णय त शीर्ष नेताहरुले केन्द्रबाटै गर्नुहोला,’ पुनले भने, ‘तर, प्रदेशलाई बलियो बनाउन प्रदेश सरकारको निर्णय प्रदेश समितिलाई नै गर्न दिनुपर्छ भन्ने हाम्रो अडान छ ।’ कांग्रेसकै एक प्रदेश सभा सदस्यले रुपन्देहीबाट एमाले उपाध्यक्ष विष्णु पौडेल संघीय सरकारको अर्थमन्त्री भइसकेकाले प्रदेशमा भेगीय शक्ति सन्तुलन मिलाउन पहिलो चरणको मुख्...
लिंकनदेखि ट्रम्पसम्म : अमेरिकी राष्ट्रपतिहरूमाथि भएका आक्रमणको इतिहास

लिंकनदेखि ट्रम्पसम्म : अमेरिकी राष्ट्रपतिहरूमाथि भएका आक्रमणको इतिहास

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
३ साउन, काठमाडौं । गत आइतबार अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक चुनावी र्‍यालीका क्रममा गोली प्रहार भयो। उक्त घटनामा ट्रम्पको दाहिने कानलाई छोएर गोली बाहिर निस्कियो । उक्त हमलामा एक जनाको मृत्यु र अरु दुईजना घाइते भए । ट्रम्पमाथि भएको आक्रमणलाई सुरक्षामा भएको ठुलो कमजोरी मानिएको छ र अमेरिकी संयन्त्रहरु यो घटनाको अनुसन्धानमा जुटिरहेका छन् । २० वर्षीय थोमस म्याथू क्रुसले ट्रम्पमाथि गोली प्रहार गरेका र उनलाई घटनास्थलमै गोली हानी मारिएको एफबीआईले जनाएको छ । अमेरिकाको राजनीतिक इतिहासमा कुनै राजनेतामाथि गोली प्रहार भएको यो पहिलो घटना भने होइन । यसअघि पनि अमेरिकाका कैयन् राष्ट्रपतिहरुमाथि गोली प्रहारका घटना भैसकेका छन् । त्यसमा कतिपयको मृत्यु भएको थियो भने केही बाँच्न सफल भए । जसले आक्रमणमा ज्यान गुमाए  जोन एफ केनेडी केनेडी अमेरिकाका ३५औं राष्ट्रपति हुन् । सन् ...
नेपाल र गणतन्त्र किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम

नेपाल र गणतन्त्र किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम

अन्तरास्ट्रिय, ताजा समाचार
३ साउन, काठमाडौं । नेपाल र गणतन्त्री किरिबाटीबीच बुधबार कूटनीतिक सम्बन्ध कायम भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८३ पुगेको छ । नेपालका तर्फबाट प्रतिनिधि राजदूत लोकबहादुर थापा र गणतन्त्र किरिबाटीका प्रतिनिधि टेबुरो टिटोबीले दुवै राष्ट्रबीच कूटनीति सम्बन्ध कायम गर्न न्युयोर्कमा हस्ताक्षर गरे । साथै, उनीहरुले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई कूटनीतिक सम्बन्ध कायम भएकोबारे जानकारी दिन संयुक्त पत्र पठाउन पनि हस्तारक्ष गरेका छन् । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले कूटनीतिक सम्बन्ध कायम भएसँगै दुवै राष्ट्रबीच द्विपक्षीय सम्बन्ध बलियो बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा आपसी सहकार्य हुने विश्वास लिएको छ । किरिबास भनेर चिनिने किरिबाटी मध्य प्रशान्त महासागरको एक टापु देश हो । यो १२ जुलाई १९७९ मा ब्रिटिशबाट स्वतन्त्र भएक...
१८ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, अधिकांश हाइड्रोपावर

१८ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, अधिकांश हाइड्रोपावर

ताजा समाचार, विजनेस
३ साउन, काठमाडौं । सेयर बजार बढ्दै जाँदा डेढ दर्जन कम्पनीको मूल्य भने हालसम्मकै उच्च भएको छ । बुधबार उच्च मूल्य कायम भएका अधिकांश कम्पनी यसअघिको बुल चरण सकिएपछि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेकाहरू छन् । यतिबेला कुनै पनि सेक्टरका सूचकले उच्च अंकको रेकर्ड बनाएका छैनन् । तर १८ कम्पनीको भाउ अहिलेसम्मकै उच्च भएको छ । यसअघि बोनस सेयर वा हकप्रद सेयर दिएको अवस्थामा समायोजनसहित १८ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो । हालसम्मकै उच्च मूल्य भएका कम्पनीमा अधिकांश हाइड्रोपावर छन् । बुधबार इन्ट्राडे वा कारोबार बन्द हुँदा १८ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो । तीमध्ये एक होटल, एक विकास बैंक, एक फाइनान्स कम्पनी छन् भने बाँकी १५ हाइड्रोपावर कम्पनी छन् । सिटी होटल, ग्रीन डेभलपमेन्ट बैंक तथा मल्टिपर्पस फाइनान्सको मूल्य हालसम्मकै उच्च भएको छ । मूल्य अहिलेसम्मकै उच्च हुने हाइड्रोपावर कम्पनीह...
बेनिघाट-आरुघाट सडक अवरुद्ध

बेनिघाट-आरुघाट सडक अवरुद्ध

ताजा समाचार, समाज
३ साउन, गोरखा । गोरखाको बेनिघाट-आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका-७ र सहिद लखन गाउँपालिका-९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका-७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट-आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ । ‘सडक अवरुद्ध हुँदा काठमाडौंबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्, वडाधयक्ष श्रेष्ठले भने, ‘सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न...
लुम्बिनीका मुख्यमन्त्रीको प्रश्न : कांग्रेस-एमालेले मुख्यमन्त्री टुंगो नलगाउँदै किन राजीनामा दिने ?

लुम्बिनीका मुख्यमन्त्रीको प्रश्न : कांग्रेस-एमालेले मुख्यमन्त्री टुंगो नलगाउँदै किन राजीनामा दिने ?

ताजा समाचार, राजनीति
३ साउन, बुटवल । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनीमा सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा अल्पमतमा छन् । २० असारमा उनी अल्पमतमा परेपछि विपक्षी दलहरूले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । तर, मुख्यमन्त्री महराले राजीनामा दिएका छैनन् । उनले एमाले र कांग्रेसले नयाँ सरकार गठनका लागि औपचारिक प्रक्रिया नै सुरु नगरेकाले आफ्नो राजीनामा आउन ढिला भएको प्रष्टीकरण दिंदै आएका छन् । महराले एमाले र कांग्रेस नयाँ सरकार गठनको संवैधानिक प्रक्रियामा गएपछि मात्रै आफूले राजीनामा दिने वा के गर्ने भन्ने यकिन हुने बताए । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिन पाउने संवैधानिक व्यवस्था छ । यद्यपि महराले विश्वासको मत लिने प्रक्रियामा पनि गएका छैनन् । कांग्रेस कि एमालेबाट मुख्यमन्त्री बन्नेसमेत टुंगो नल...
नयाँ शिक्षामन्त्रीले सुमनाको ‘एजेण्डा’ नबोक्ने

नयाँ शिक्षामन्त्रीले सुमनाको ‘एजेण्डा’ नबोक्ने

ताजा समाचार, शिक्षा
१ साउन, काठमाडौं । सत्ता समीकरण फेरिएसँगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ मुक्त भइन्, विद्या भट्टराई नयाँ शिक्षामन्त्री भइन् । संयोग ! दुबै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य हुन् । समितिको सदस्यका रुपमा दुबैले नेपालको शिक्षाका सम्बन्धमा एकै ठाउँमा रहेर प्रश्न गरिरहेका थिए, सुधारका उपाय पनि सुझाउँथे । २१ फागुन २०८० मा एमाले–माओवादी गठबन्धन बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना शिक्षामन्त्री भइन् । एमाले सांसद भट्टराईले मन्त्रीका रुपमा सुमनाले उठाएका कतिपय मुद्दामा साथ दिइन्, कतिपयमा प्रश्न गरिन् । ‘थिति र विधि’ रहेर काम गर्नुपर्ने र संयुक्त सरकारको साझा अवधारणा मन्त्रीले कार्यान्वयन गर्ने भन्दै ‘एउटा दलको एजेण्डा बोकेर मन्त्री हिँड्न नमिल्ने’ बताउँथिन् । कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बन्यो । प्रचण्ड सरकार...
त्रिशूली र नारायणीमा १९ शव भेटिए, १४ को सनाखत

त्रिशूली र नारायणीमा १९ शव भेटिए, १४ को सनाखत

ताजा समाचार
२ साउन, चितवन । गत असार २८ गते चितवनको सिमलतालबाट त्रिशूलीमा दुईवटा बस बेपत्ता भएपछि खोजीका क्रममा प्रहरीले अहिलेसम्म १९ वटा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १४ जनाको सनाखत भएर परिवारले शव बुझेका छन् । बाँकी ५ जनाको भने सनाखत हुन बाँकी छ । सनाखत हुन बाँकी रहेका शवहरु भरतपुर अस्पतालको शव गृहमा राखिएका छन् । आज मात्रै ५ वटा शवको सनाखत भएको छ । असार ३१ गते पूर्वी नवलपरासीको विनयत्रिवेणीमा भेटिएको शव रामनगरका जितेन्द्र देवको आज सनाखत भएको छ । यस्तै, गरुडा ९ रौतहटका ९ बर्षीय बालक अशोककुमार यादव, सखुवा प्रसौनी २ पर्साका २८ बर्षियाा महिला चन्द्रप्रभा कुमारी चौधरीको शवको सनाखत भएको छ । उनीहरुको शव असार ३१ गते विनय त्रिवेणीमा भेटिएको थियो । उनीहरु दुबै जना काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्सका यात्रु हुन् । यस्तै, मंगलबार मात्रै गैंडाकोट ७ मा शव भेटिएका शिता...
मर्यादाक्रमका आधारमा कर्मचारीको तलब बढाउँदै सरकार

मर्यादाक्रमका आधारमा कर्मचारीको तलब बढाउँदै सरकार

ताजा समाचार
२ साउन, काठमाडौं । सरकारले सहसचिव, उपसचिव र शाखा अधिकृत (अधिकृत स्तर) का कर्मचारीको तलब बढाउन गृहकार्य थालेको छ । गत १० असारमा सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेपछि अर्थ मन्त्रालयले अधिकृतस्तरका कर्मचारीको तलब स्केल मिलानको गृहकार्य थालेको हो । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव उत्तरकुमार खत्री अदालतको फैसलाअनुसार सरकारी कर्मचारीको तलब बढाउन अध्ययन भइरहेको बताउँछन् । ‘तलब बढाउँदा कति आर्थिक भार थपिन्छ भन्नेबारे अध्ययन गर्दैछौं,’ खत्रीले भने,‘अदालतको आदेश सरकारले मान्नुपर्ने भएकाले छलफल गरिरहेका छौं ।’ कुन तहका कर्मचारीको तलब कति बढाउने भन्नेबारे अध्ययनपछि मन्त्रिपरिषदमा प्रस्ताव पठाइने उनले बताए । मन्त्रिपरिषद्बाट निर्णय भएअनुसार नै तलब बढ्ने उनको प्रवक्ता खत्रीको छ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२मा कर्मचारीको...
सम्झौता नगरी काम गर्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

सम्झौता नगरी काम गर्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

ताजा समाचार, राजनीति
२ साउन, काठमाडौं । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका गृहमन्त्री लेखकले व्यावसायिकतामा सम्झौता नगरी काम गर्न निर्देशन दिएका हुन् । ‘निष्पक्ष, पारदर्शी र व्यावसायिकतामा कुनै हालतले कमी हुनुभएन र यससँग सम्झौतापनि हुन सक्दैन । प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्छ । यसका लागि जेजति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सधै प्रतिवद्ध छ,’ मन्त्री लेखकले भने । गृहमन्त्री लेखकले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिएका थिए । सो क्रममा उनले कानुनी व्यवस्था कायम गर्न, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान एवम् नियन्त्रण गरी समाजलाई न्याय दिन आग्रह गरे । नेपाल प्रहरीको इतिहास गर्व गर्नलायक रहेको उल्लेख गर्दै सीमित साधन स्...