Thursday, January 9

ताजा समाचार

एक किलो कोकिनसहित २ विदेशी पक्राउ

एक किलो कोकिनसहित २ विदेशी पक्राउ

अन्तरास्ट्रिय, ताजा समाचार
३ साउन, काठमाडौं । एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठमेल र पिंगलास्थानबाट १ साउनमा पक्राउ गरेको हो । इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौं आएका भारतीय नाकगरिक अन्सारीलाई ठमेलको एक होटलबाट कोकिनसहित ब्युरोले पक्राउ गरेको थियो । उक्त कोकिन नाइजेरियन नागरिक ओबोडोइफुलाबाट रिसिभ गरेको बताएपछि पिंगलास्थानबाट उनलाई पनि पक्राउ गरिएको ब्यूरोका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए । उनी कतार एअरलाइन्सबाट १ साउनमै काठमाडौं आएका थिए । उनले ज्याकेटमा फल्स बटम बनाएर कतारदेखि उक्त लागुऔषध ल्याएको खुलेको छ । ज्याकेटबाट निकालेर जुसको बट्टामा रालेको अवस्थामा...
द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

ताजा समाचार
३ साउन, काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । उपचारको क्रममा उनको ९१ वर्षको उमेरमा बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको निधन भएको हो । निमोनियाबाट पीडित श्रेष्ठ २ महिनायता उपचाररत थिइन् । भाेलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएकाे छ । ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । उनका दुई छाेरी छन् ।...

आरक्षणको विरोधमा बंगलादेश बन्द

अन्तरास्ट्रिय, ताजा समाचार
३ साउन, काठमाडौं । सरकारी जागिरमा आरक्षणको विरोध गर्दै बंगलादेशमा सुरु भएको आन्दोलन अझै रोकिएको छैन । आन्दोलनकारीले आज बंगलादेश बन्द आह्वान गरेका छन् । प्रदर्शनकारीले अस्पताल, एम्बुलेन्स लगायत अत्यावश्यक सेवालाई मात्र सन्चालन हुन दिएका छन् । विरोध प्रदर्शनको क्रममा ६ जनाको मृत्यु भइसकेको छ । चार सय भन्दा धेरै घाइते भएका छन् । बुधबार बेलुकी पनि राधानी ढाकामा प्रदर्शन भएको थियो । प्रदर्शन नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेको बंगलादेशको अखबार ढाका ट्रिब्युनले जनाएको छ । स्थिति नाजुक बन्दै गएपछि राजधानी ढाकासहित विभिन्न शहरहरुमा अनिश्चितकालका लागि शिक्षण संस्था बन्द गरिएको छ । सन् १९७१ को मुक्ति युद्धमा लडेका सैनिकका सन्तानलाई सरकारी नोकरीमा आरक्षण दिइएको विरोधमा प्रदर्शन हुँदै आएको छ । एक हप्ता अगाडि सर्वोच्च अदालतले सरकारी नोकरीमा आरक्षणको व्यवस्थामा रोक लगाइदिएको थियो । त...
चारकोसे झाडीमा कसले छाड्यो जामुनलाललाई ?

चारकोसे झाडीमा कसले छाड्यो जामुनलाललाई ?

ताजा समाचार, समाज
३ साउन, विराटनगर । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गको बेलबारीदेखि करिब पाँच किलोमिटर उत्तर चारकोसी झाडीमा भेटिएका वृद्ध जामुनलाल ऋषिदेव हाल कोशी अस्पताल विराटनगरमा उपचाररत छन् । वन गस्तीमा गएको टोलीले बेलबारी नगरपालिका–१ र ४ को सिमाना बेलबारी–चिसाङ साझेदारी वनभित्र कमिला र किराले टोकेर हातखुट्टामा घाउ नै घाउ भएको अवस्थामा वृद्धलाई भेटेको थियो । जंगलबाट बोराको स्टेचर बनाएर वृद्धलाई गाडी चल्ने ठाउँसम्म ल्याएको टोलीले प्रहरीलाई खबर गरेर अस्पताल पठायो । बेलबारी, सुन्दरहैचाको नगर अस्पताल हुँदै वृद्धलाई अहिले कोशी अस्पताल विराटनगर ल्याइएको छ । जमुनलालको घर खोज्दै जाँदा उनका छोरा जल्वा घरमै बिरामी अवस्थामा भेटिए । वर्षाैंदेखिको हाइड्रोसिलको उपचार नगरेका कारण उनी सहज रुपमा हिँड्डुल गर्न सक्दैनन् । ‘बाउ–छोराको वर्षाैंपछि अस्पतालमा भेट भयो, छोराले छाड्यो भन्ने मिस इन्फरमेसन भयो’, सामाजिक ...
भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएर महिलामाथि चरम यौन शोषण

भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएर महिलामाथि चरम यौन शोषण

अन्तरास्ट्रिय, ताजा समाचार
काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-३ का ५७ वर्षीय झयन्द्रकुमार अधिकारी रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरो काठमाडौंको टोलीले बुधबार ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो। ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाएका थिए। उनले त्यहाँ रहेका अर्का व्यक्तिसँग मिलेमतो गरी मासिक ४० हजार तलब हुने भन्दै महिलाको अन्तर्वार्तासमेत लिएका थिए। लागत खर्च भनी अधिकारीले महिलाबाट दुई लाख नगद लिएका थिए। अधिकारीले सुरूमा भिजिट भिसामा महिलालाई २०७९ जेठ १६ गते दुबई पुर्‍याएका थिए। दुबईमा पुगेपछि अर्का व्यक्तिको जिम्मा लगाए। मिश्रका अनुसार ती व्यक्तिले आफू बस्ने फ्ल्याटमा महिलालाई पुर्‍याए। उनले ती महिलालाई घरेलु काममा लगाएर चरम यौनशो...
बिचौलियाका कारण अन्डाको मूल्य आकाशियो

बिचौलियाका कारण अन्डाको मूल्य आकाशियो

ताजा समाचार
काठमाडौँ । विचौलियाका कारण अन्डाको मुल्य अकाशिएको छ । एउटा अन्डामा पाँच रुपियाँसम्म नाफा लिने गरेपछि किसान र उपभोक्ता मारमा परेका हुन् । यसरी जथाभावि रुपमा मुल्य असुलेपनि विचौतियासँग मिलोमतो गरी नियामक निकाय भने मौन बसेको उपभोत्ताको आरोप छ । अन्डाको लागत मूल्य नपाएपछि किसान विस्थापित हुन थालेका छन् । यो बिचमा अन्डाको मूल्यवृद्धि भएको छ तैपनि किसानको लागत उठ्न सकेको छैन । केही महिनाअघि अन्डाको लागत मूल्य प्रतिगोटा १६ रुपियाँ ५६ पैसा निकालेको थियो । फार्म मूल्य ठुलो प्रतिगोटा १६ रुपियाँ ३३ पैसा र मध्यम अन्डाको मूल्य १६ कायम गरेको छ । यो मूल्य लागत मूल्यको नजिक हो तर फाइदा नभएको पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए । दिनदिनै व्यवसाय घाटामा गएपछि किसान विस्थापित हुँदै गएको उनले बताए । करिब ७५ प्रतिशत किसान यो व्यवसायबाट विस्थापित भएका छन् । कोही ऋण लिएर व्यवसाय चलाइरहे...
पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका वृद्धको मृत्यु

पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका वृद्धको मृत्यु

ताजा समाचार, स्वास्थ्य
३ असार, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका-२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् । मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए । प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो ।...
नयाँबानेश्वरमा गुडिरहेको बसमा धुवैंधुवाँ

नयाँबानेश्वरमा गुडिरहेको बसमा धुवैंधुवाँ

ताजा समाचार
३ साउन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई ओरालिएको छ । भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा धुँवैधुवाँ भएको थियो । ‘इन्जिनबाट धुँवाको मुस्लो निस्किन थालेपछि बसलाई रोकेर यात्रुहरु ओरालिएको र मेकानिक्स बोलाएर मर्मतको काम भइरहेको छ,’ नयाँबानेश्वर प्रहरीका डिएसपी शिवराज बुढाथोकीले भने । अहिले अवस्था सामान्य छ । सडकमा अन्य सवारी साधनहरु सामान्य रुपमा सन्चालन भइरहेका छन् ।...
चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट एक बिरामीले हाम फाले

चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट एक बिरामीले हाम फाले

ताजा समाचार, स्वास्थ्य
३ साउन, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् । कलेज स्रोतका अनुसार ती बिरामी केही दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए । क्यान्सरको उपचार गराइरहेका ती बिरामीको ७० वर्ष माथि भएको कलेज स्रोतको भनाइ छ । भवनबाट हाम फालेर घाइते भएका उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।...
चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार, स्वास्थ्य
३ साउन, काठमाडौं । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी भएको थियो । सरकारी समाचार एजेन्सीका अनुसार घटनास्थलमा रातभर आगो निभाउने र उद्धार गर्ने काम जारी थियो । त्यहाँबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको थियो । आगलागीको कारण खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानमा भवनमा जारी निर्माण कार्य भइरहेका बेला त्यहीँबाट आगो सल्किएको अनुमान छ । आगो लागेको बेला भवन भित्र र त्यस वरपरको क्षेत्रमा कालो धुँवाको मुस्लो उडेको थियो । चीनमा धेरैजसो बिजुली सर्ट भएर वा ग्याँस लिक भएर आगलागीका घटना हुने गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार गत मई महिनासम्मको अवधिमा आगलागीका घटना गत वर्षको तुलनामा १९ प्रतिशत बढी भएको छ । होटल र रेष्टुरेन्टमा मात्रै ४० प्रतिशतले आगलागीका घटना बढेका छन् ।...