Monday, December 23

शिक्षा

परीक्षा हलमै अध्यापकमाथि हातपात

परीक्षा हलमै अध्यापकमाथि हातपात

ताजा समाचार, शिक्षा
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको परीक्षा हलमा गैरपरीक्षार्थी छिरेर अध्यापकमाथि हातपात गरेपछि ठमेलस्थित सरस्वती क्याम्पसको परीक्षा केन्द्र रद्द गरिएको छ । सत्तारूढ एमालेनिकट अनेरास्ववियुका केन्द्रीय सदस्य किङ्गा शेर्पाले परीक्षा निरीक्षक रहेका अध्यापक भीम सुवेदीलाई हातपात गरेको प्रत्यक्षदर्शीहरूले बताए । घटनाको सीसीटीभी फुजेटसमेत सार्वजनिक भइसकेको छ । मानविकी संकाय स्नातकोत्तर तहको परीक्षा हलमा प्रवेश गरी शर्माले छातीमा समातेर लछारपछार गरेको एक प्राध्यापकले जनाए । ‘क्याम्पस प्रमुख पनि सँगै हुनुहुन्थ्यो । दुई तीन जना परीक्षा हलमा छिरे । हाम्रा मान्छेलाई किन सहयोग नगरेको भनेर शेर्पाले दुर्व्यवहार गरे,’ ती अध्यापकले भने, ‘सुवेदी सरको घडीसमेत फुट्यो । उहाँको हातमा रहेको कागजातसमेत खोसेर भुइँमा फालिदिए । साउन १५ को घटना भए पनि अहिलेसम्म गुपचुप राखिएको छ ।’ क्याम्पस प्रमुख गोलमान गुरु...
कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा

कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा

ताजा समाचार, शिक्षा
२९ साउन, कैलाली । कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएका छन् । यसले अब कक्षा १ देखि ३ सम्म प्रश्नपत्रबिनै निरन्तर मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन हुनेछ । कैलालीको टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि ३ मा पूर्ण रूपमा यो प्रणाली लागू गरेका छन् । टीकापुरले यसै वर्षदेखि कक्षा १ देखि ३ पूर्ण रूपमा निरन्तर मूल्यांकन लागू गरेको हो । कक्षा १ देखि ३ सम्मको आउने भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्यांकनका आधारमा मूल्यांकन गरिने शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन् । ‘अब हामीले ३ कक्षासम्म प्रश्नपत्र बनाउने, परीक्षा लिने काम गर्दैनौँ, निरन्तर मूल्याकंकनका आधारमा उहाँहरूको नतिजा आउनेछ’, अवस्थी भन्छन्, ‘साना नानीबाबुको केही समयको परीक्षाले मूल्याकंन ह...
९ कक्षा पढिरहेका नवीन भन्छन् : ६२ वर्षमा एमबीबीएस गरिएला नि !

९ कक्षा पढिरहेका नवीन भन्छन् : ६२ वर्षमा एमबीबीएस गरिएला नि !

ताजा समाचार, शिक्षा
२४ साउन, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका ५१ वर्षीय नवीन भट्टको दैनिकी अचेल केही फेरिएको छ । दुई छोरा र एक छोरीलाई हुर्काइसकेका उनी स्कुल जान थालेका छन् । पढ्ने उमेरमा घरायसी समस्याका कारण विद्यालय शिक्षा पूरा गर्न नसकेका भट्टलाई यतिबेला फेरि पढ्ने रहर जागेपछि स्कुल भर्ना भएका हुन् । पढ्ने इच्छा पूरा गर्न चालु शैक्षिक सत्रदेखि घर छोडेर गोरखा नगरपालिका–६, स्थित शक्ति माध्यमिक विद्यालयमा कक्षा ९ भर्ना भएका छन् । भट्ट स्कुलमै बसेर पढ्ने व्यवस्था मिलाएका छन् । ‘अहिले म मेरा छोराछोरीसरहका साथी र शिक्षकसँग पढिरहेको छु,’ उनले भने, ‘शिक्षक तथा साथीभाइको सहयोगले पढ्नका लागि निकै सहज भएको पनि छ ।’ बुढेसकालमा पढ्न थालेको भन्दै कतिपयले आफ्नो कुरा समेत काट्ने गरेको नवीनले बताए । ‘जसले जे–जे भने पनि मलाई पढेर चिकित्सक बनेर सबैको सेवा गर्ने ठूलो धोको छ’, नवीन भन...
एसईईको पूरक परीक्षा आजदेखि

एसईईको पूरक परीक्षा आजदेखि

ताजा समाचार, शिक्षा
२३ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पूरक परीक्षा दिन पाउने छैनन् । यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थीहरु छन् । तर सबैले पूरक परीक्षाको फारम नभरेको हुनसक्ने भएकाले त्यो संख्यामा केही फरक पर्नसक्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । पूरक परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने छ । त्यसका लागि ५५० केन्द्र तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०८० चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा १३ असारमा सार्वजनिक गरेको थियो । बोर्डले यस वर्ष लेटर ...
दरबन्दी अनुसार शिक्षक माग्दै मौलापुरकी मेयरले बुझाइन् ज्ञापनपत्र

दरबन्दी अनुसार शिक्षक माग्दै मौलापुरकी मेयरले बुझाइन् ज्ञापनपत्र

ताजा समाचार, शिक्षा
१४ साउन, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले विद्यार्थी संख्याको अनुपातमा शिक्षकको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएकी छन् । सोमबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर मेयर साहले रिक्त रहेको शिक्षक दरबन्दीमा तत्काल पदपूर्ति गर्नुपर्ने माग गरेकी हुन् । तहगत र विषयगत अपुग शिक्षक तत्काल पदपूर्ति नगरिए भदौ महिनादेखि मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्ने चेतावनी समेत मेयर साहले दिएकी छन् । उनका अनुसार मौलापुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा ८ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । शिक्षक दरबन्दी १६० हुनुपर्नेमा मौलापुरमा ५८ शिक्षक मात्रै रहेका छन् । मौलापुरमा १०२ जना शिक्षक दरबन्दी अपुग रहेको मेयर साहले बताएकी छन् । ‘शिक्षा मन्त्रालयले अपुग शिक्षकको व्यवस्था गर्नुप...
पोखरा स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै

पोखरा स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै

ताजा समाचार, शिक्षा, स्वास्थ्य
१४ साउन, पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।...
पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २९ जना घाइते

पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २९ जना घाइते

ताजा समाचार, शिक्षा, स्वास्थ्य
१४ साउन, पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।...
दिल्लीमा कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर ३ विद्यार्थीको मृत्यु

दिल्लीमा कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर ३ विद्यार्थीको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार, शिक्षा
१३ साउन, काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक कोचिङ सेन्टरको बेसमेन्टमा वर्षाको पानी भरिँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ । राजेन्द्रनगरस्थित राव आईएएस कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर दुई छात्रा र एक छात्रको मृत्यु भएको हो । गएराति एक जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो । खोजीको क्रममा बेपत्ता भएका दुबैको शव फेला परेपछि मृतकको संख्या तीन पुगेको हो । स्थानीय समय अनुसार शनिबार बेलुकी सात बजे बेसमेन्टमा सात फिटसम्म पानी भरिएको र विद्यार्थीहरु फसेको जानकारी पाएपछि भारतको राष्ट्रिय विपद व्यवस्थापन बलको टोली खोज तथा उद्धारमा खटिएको थियो । बेसमेन्टमा भरिएको पानी पम्पसेटको सहायताले बाहिर निकालिएको छ । घटनाको विरोधमा विद्यार्थीहरुले प्रदर्शनसमेत गरेका थिए । लगत्तै दिल्ली सरकारले घटनाको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न प्रहरी प्रशास...
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने

कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने

ताजा समाचार, शिक्षा
११ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’ कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन् । देशभर एक हजार ५२५ परीक्षा केन्द्र र जापानमा एक परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको थियो ।...
मधेश लोक सेवा आयोग अध्यक्षमा शिवराम यादव

मधेश लोक सेवा आयोग अध्यक्षमा शिवराम यादव

ताजा समाचार, शिक्षा
११ साउन, जनकपुरधाम । मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त हुने भएका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई मधेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका छन् । मुख्यमन्त्रीले सिफारिस पठाउन ढिलो गरेका कारण उनको नियुक्ति प्रदेश प्रमुखले शुक्रबार गर्ने तयारी छ । शुक्रबार नै उनको शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । उनले सिंघानिया युनिभर्सिटी भारतबाट पीएचडी गरेका छन् । उनी सडक विभागको हेबी इक्विपमेन्ट डिभिजन काठमाडौंमा कार्यरत थिए । उनमा संघीय लोक सेवा आयोगको रोस्टर विज्ञको रुपमा काम गरेको अनुभव पनि छ । गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोक सेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्...