Friday, December 27

समाज

बाढी आउनेबित्तिकै डुब्छ ललितपुरको आधारभूत स्वास्थ्य केन्द्र

बाढी आउनेबित्तिकै डुब्छ ललितपुरको आधारभूत स्वास्थ्य केन्द्र

जीवनशैली, ताजा समाचार, समाज
२२ साउन, काठमाडौं । बागमती नदीमा आएको बाढीले मंगलबार पनि ललितपुर महानगरपालिका-१ को आधारभूत स्वास्थ्य केन्द्र डुबानमा परेको छ । केन्द्रको परिसरमा घुँडा घुँडासम्म पानी जमेको छ । यो भवनको भुइँतलामा आधारभूत स्वास्थ्य केन्द्र छ भने माथिल्लो तलामा वडा कार्यालय छ । केन्द्रका इन्चार्ज मधुकरमणि आचार्यका अनुसार अहिले पानी परिरहेका कारण भित्र गएर सफा गर्ने अवस्था छैन । ‘अफिस भित्र राखिएको टेबुलसम्म पानी जमेको छ । अब बाहिर भएको पानीलाई हटाउने काम गर्छौं’, आचार्यले अनलाइनखबरसँग भने, ‘आजमात्रै होइन, यसवर्ष तीन पटकभन्दा बढी पानी पसिसकेको छ ।’ भित्र गएर नहेरका कारण अहिले नै कति क्षति भयो भन्ने यकिन नभएको उनले बताए । ललितपुर-१ की ६५ वर्षीया एक वृद्धा टाउको दुखेपछि मंगलबार आधारभूत स्वास्थ्य केन्द्रमा परीक्षण गर्न आएकी छन् । केन्द्र आफैं डुवानमा परेकाले सेवा दिन सक्ने अवस्था छैन । ‘७ दिन अग...
एक हप्ताभित्रै दुई पटक बाढी, खोला किनारमा सधैं डर

एक हप्ताभित्रै दुई पटक बाढी, खोला किनारमा सधैं डर

ताजा समाचार, मौसम, समाज
२२ साउन, काठमाडौं । पछिल्लो एक महिनामा तीन पटक ठूलो बाढी आएपछि उपत्यकाको खोला किनारका बस्तीहरु नराम्ररी प्रभावित भएका छन् । २२ असार, १६ साउन र मंगलबार २ साउनमा गरी तीन पटक आएको ठूलो बाढीले खोला किनारमा रहेका कार्यालय, गोदाम, व्यापार–व्यवसाय र घर तथा बसोबासस्थल तहसनहस पारेको छ । मनोहरा र बागमतीमा आएको बाढीले ललितपुरको च्यासल, कुपण्डोल, सानेपा र काठमाडौंको थापाथली, टेकु, बल्खुलगायतका क्षेत्रलाई बढी प्रभावित पारेको छ । बल्खुको तरकारी बजार, खोला किनारमा रहेका मोटरसाइकल ग्यारेज, सानाठूला खाजा पसल, उपभोग्य सामग्रीको गोदाम, नदी किनारमा ललितपुर र काठमाडौं महानगरपालिकाले बनाएका पार्कलगायतका संरचना, ललितपुर महानगरको वडा नं १ को कार्यालय र स्वास्थ्य संस्था, नेकपा एमालेको कार्यालय, च्यासल खेल मैदान आदि बाढीले प्रभावित पार्ने मुख्य स्थल हुन् । यी ठाउँमा सयौं सर्वसाधारणको बसोबासस्थल पनि बाढीले ...
नारायणगढ नजिकै बाघको आक्रमणबाट एक जना घाइते

नारायणगढ नजिकै बाघको आक्रमणबाट एक जना घाइते

ताजा समाचार, समाज
२० साउन, चितवन । चितवनको मुख्य बजार क्षेत्र नारायणगढ नजिकै आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा भरतपुर-२ बेलटाँडी बस्ने ६० पशुपती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब साढे ५ बजेको समयमा भरतपुर महानगरपालिका १ नारायणी नदी किनारमा हिँडिरहेका बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको मुख र हातमा चोट लागेको छ । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाघ खोजी तथा नियन्त्रणमाको लागि जिल्ला वन कार्यालय भरतपुरको टोली र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । नजिकैको नरकटको घारीमा बाघ लुकेको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती ल्याएर बाघलाई नियन्त्रणमा लिने तयारी गरिएको छ । निकुञ्ज र राष्ट्रिय प्र...
आज भोटो देखाउने जात्रा, काठमाडौं उपत्यकामा बिदा

आज भोटो देखाउने जात्रा, काठमाडौं उपत्यकामा बिदा

ताजा समाचार, समाज
२० साउन, काठमाडौं । आज भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाउने गरिन्छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीलेजानकारी दिए । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूप...
कञ्चनपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

कञ्चनपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

ताजा समाचार, समाज
१७ साउन, धनगढी । कञ्चनपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका-२, कमलसा टोलमा बाघको आक्रमणबाट २३ वर्षीय हिरा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता डीएसपी उमेश जोशीले जानकारी दिए । खेतमा धान गोडिरहेको अवस्थामा बाघले एक्कासी आक्रमण गरे उनलाई घिसार्दै लगेको प्रहरीको भनाइ छ । स्थानीयले खबर गर्ना साथ प्रहरी टोली खोजतलासका लागि जाँदा नजिकै रहेको उखुबारीमा मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि दोधाराचाँदीनस्थित अस्पतालमा राखिएको छ ।...
भोजपुर इर्खुवा खोला बाढी : ८ वटा पुल र जलविद्युत आयोजनामा क्षति

भोजपुर इर्खुवा खोला बाढी : ८ वटा पुल र जलविद्युत आयोजनामा क्षति

ताजा समाचार, समाज
१६ साउन, काठमाडौं । भोजपुरको थुम्लुङ खोलाबाट सुरु भएको इर्खुवा खोला बाढीले ठूलो क्षति पुर्‍याएको छ । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाको अध्यक्ष दौलथ राईका अनुसार बाढीले ८ वटा पुल र एउटा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ । अध्यक्ष राईका अनुसार बाढीले स्थानीय बागवालुङ झोलुंगे पुल, दोभाने झोलुंगे पुल, नागदह झोलुंगे पुल, गोथेबजार झोलुंगे पुल, टावुटार झोलुंगे पुल, निर्माणाधीन नागदह पक्की पुल, निर्माणकार्य सम्पन्न हुन लागेको तावुटार पक्की पुल र गौडेनी पक्की पुलमा क्षति पुर्‍याएको छ । त्यस्तै इर्खुवा खोलाको बाढीले त्यहाँ बनिरहेको इर्खुवा हाइड्रोपावर पूर्ण रुपमा क्षति पुर्‍याएको अध्यक्ष राईले जानकारी दिएका छन् । बाढीले अन्य ३ हाइड्रोपावरमा पनि क्षति पुगेको उनले जनाए । ‘खोला किनारको वस्तिहरु प्रभावित भएको छ’, उनले भनेका छन् । बाढीले बगाउँदा इर्खुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ ज...
मिस माल्टाको टोली र पर्यटन मन्त्री पाण्डे बीच भेटवार्ता

मिस माल्टाको टोली र पर्यटन मन्त्री पाण्डे बीच भेटवार्ता

अन्तरास्ट्रिय, जीवनशैली, ताजा समाचार, समाज
काठमाडौं । मिस माल्टाको टोली सोमबार बिहान नेपाल आइपुगेको छ । मिस माल्टा चेरिस स्पिटेरी सहितको पाँच सदस्यीय टोली साता लामो भ्रमणका लागि नेपाल आएको हो । टर्किस एयरलाइन्सको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको टोलीलाई पर्यटन बोर्डका सदस्य र कर्मचारी त्यसैगरी गैरआवासीय नेपाली संघ NRN माल्टाका अध्यक्ष रेम्स खनाल, गैरआवासीय नेपाली संघ माल्टाका उपाध्यक्ष सत्यनारायण झा, पर्यटन दुत प्रकाश भण्डारी, पर्यटन दुत सोम सापकोटा लगायतले ढाकाटोपी र पञ्चैबाजाले स्वागत गरेका थिए । मंगलबार बिहान ११ बजे उक्त टोली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे बिच शिष्टाचार भेटवार्ता सम्मपन्न भएको छ । मिस माल्टाको यो भ्रमणले दुवै देशको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विस्वास गरिएको छ । पछिल्लो समय युरोपको टापु मुलुक माल्टामा नेपाली कामदारको संख्या बढेसँ...
गोरखाको पहिरोमा बेपत्ता ३ जनाको शव भेटियो, २ जना अझै बेपत्ता

गोरखाको पहिरोमा बेपत्ता ३ जनाको शव भेटियो, २ जना अझै बेपत्ता

ताजा समाचार, समाज
१४ साउन, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए । शनिबार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा एक महिलाको शव फेला परेको र उक्त शव त्यही पहिरोले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको थियो । उक्त शव कान्छीमायाको भएको प्रहरीले पुष्टि गरेको छ । आइतबार बिहान करिव तीन बजे गएको पहिरोमा पुरिएर सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र सोही फर्ममा ट्याक्टर चालकको रुपमा काम गर्ने २४ बर्षीय रमेश परियार बेपत्ता भएका छन् । उनीहरुको भने खोजी भइरहेको प्रहरीको भनाइ छ ।...
धार्चे पहिरो : बेपत्ता ५ जनाको खोजी जारी

धार्चे पहिरो : बेपत्ता ५ जनाको खोजी जारी

ताजा समाचार, समाज
१४ साउन, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । पहिरोमा परेर बेपत्ता भएका ५ जनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको जानकारी दिए । ‘पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ’, उनले भने, ‘हिजो दिनभर खोजी गर्दा केही पत्ता लागेन, आज फेरि बिहानैबाट खोजीकार्य थालेका छौं ।’ आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उहाँसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय र...
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

जीवनशैली, ताजा समाचार, समाज
१४ साउन, काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् । हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ । गेरुवस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या हुन्छ । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिंडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।...