Saturday, December 28

समाज

बडिगाड पहिरोमा थप एक जनाको शव भेटियो, दुई जना बेपत्ता

बडिगाड पहिरोमा थप एक जनाको शव भेटियो, दुई जना बेपत्ता

ताजा समाचार, समाज, स्वास्थ्य
२४ साउन, काठमाडौं । गत मङ्गलबार यहाँको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव बिहीबार बिहान फेला परेको हो । १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । पहिरोले घर पुरिँदा बेपत्ता भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको उनको भनाइ छ । पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मंगलबार नै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकार...
बडीगाड पहिरोमा अझै ३ जना बालबालिका बेपत्ता

बडीगाड पहिरोमा अझै ३ जना बालबालिका बेपत्ता

ताजा समाचार, समाज
२४ साउन, बलेवा (बागलुङ) । बडीगाड गाउँपालिका-१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ । पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ । पहिरवमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परेको थियो । अरु तीन जना बालबालिकाको अवस्था भने अज्ञात रहेको बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् । पहिरोमा परी अन्य १० जना घाइते भएका छन् । तीमध्ये गम्भीर घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उप...
बडिगाड पहिरोमा ३ बालबालिका अझै बेपत्ता

बडिगाड पहिरोमा ३ बालबालिका अझै बेपत्ता

जीवनशैली, ताजा समाचार, मौसम, समाज
बागलुङ — बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिका अझै बेपत्ता छन् । पहिरोमा परेर ७ वर्षकी मधु बुढा, १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापा अझै हराइरहेको एसपी ऋषिराम कँडेलले बताए । उनीहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । पहिरोले घर पुरिँदा आरुपाटाका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षका यमलाल विक, ११ वर्षीया सीता पुन, ८ वर्षीय अमल बुढा, सोही घरमा आश्रय लिन पुगेकी छिमेकी सञ्जु विककी ६ महिने छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको मृत्यु भएको थियो । चार जना बेपत्ता रहेकामा ३ वर्षका आरुस थापाको शव बुधबार भेटिएको छ । घाइते भएका १० जनामध्ये गम्भीर रहेका १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढालाई उपचारका लागि काठमाडौं पठाइएको छ । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको गाउँप...
बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन कांग्रेसको अपिल

बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन कांग्रेसको अपिल

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति, समाज
काठमाडौँ — नेपाली कांग्रेसले बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन तदारुकता राख्न सरकारसँग अपिल गरेको छ। बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन कांग्रेसको अपिल बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमका विषयमा समीक्षा गर्दै त्यहाँका नागरिकको भावनाबमोजिम शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रक्रिया सुचारु ढंगले अघि बढ्नेमा विश्वास व्यक्त गरेको छ । बैठकले त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन सरकारले थप तदारुकता राख्ने विश्वास समेत व्यक्त गरेको छ । बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत् भनेका छन्, 'बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा नेपाली कांग्रेसले बंगलादेशी नागरिकको भावना बमोजिम चाडै नै ...
हेलिकप्टर दुर्घटनाका मृतकप्रति राष्ट्रपति पौडेलद्वारा श्रद्धाञ्जली व्यक्त

हेलिकप्टर दुर्घटनाका मृतकप्रति राष्ट्रपति पौडेलद्वारा श्रद्धाञ्जली व्यक्त

ताजा समाचार, राजनीति, समाज
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । हेलिकप्टर दुर्घटनाका मृतकप्रति राष्ट्रपति पौडेलद्वारा श्रद्धाञ्जली व्यक्त दुर्घटनामा परी मृत्यु हुने पाँच जनाको निधन भएकोमा आफू स्तब्ध भएको बताउँदै राष्ट्रपति पौडेलले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । बुधबार दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको सशस्त्र प्रहरी बलले जनाएको छ । हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार रहेको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले ...
मधेश सरकारको जम्बो मन्त्रीमण्डलविरूद्ध जनकपुरमा कुर्सी जुलुस

मधेश सरकारको जम्बो मन्त्रीमण्डलविरूद्ध जनकपुरमा कुर्सी जुलुस

ताजा समाचार, राजनीति, समाज
२३ साउन, जनकपुरधाम। मधेश सरकारले २० सदस्य मन्त्रीमण्डल बनाएको विरोधमा जनकपुरमा केर्सी जुलुस प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले कुर्सी जुलुस प्रदर्शन गरेका हुन् । जनकपुरको रामानन्दचोकबाट कुर्सी जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको छ । उनीहरु मुख्यमन्त्रीको राजिनामा समेत मागेका छन् । मुख्यमन्त्री सतिश कुमार सिंह मंगलबार पाँच राज्यमन्त्री थप गर्दै अहिलेसम्मकै ठूलो २० सदस्यीय मन्त्री मण्डल बनाएका थिए । जसको चौतर्फी आलोचना भइरहेको छ ।...
रेसुङ्गामा साउन अन्तिममा सप्ताह लगाइने

रेसुङ्गामा साउन अन्तिममा सप्ताह लगाइने

ताजा समाचार, समाज
२३ साउन, गुल्मी । गुल्मीको रेसुंगामा साउन २६ देखि ३२ गतेसम्म सप्ताह लगाइने भएको छ । आयोजक रेसुङ्गा संरक्षण समितिका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको महिमा विस्तार गर्न सप्ताह आयोजना गरिएको हो । रेसुङ्गा क्षेत्रमा एक हप्तासम्म चल्ने महायज्ञमा भारतका योगी शम्भुनाथलगायतका योगीले कथा वाचन गर्नेछन् । रेसुङ्गा र भारतको अयोध्याबीच रहेको पौराणिक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै भारतीय धार्मिक व्यक्तित्व तथा पर्यटकलाई रेसुङ्गामा ल्याउने उद्देश्यले सप्ताह महायज्ञ आयोजना गरिएको भुसालले बताए । समितिले गत वर्ष भारतका चार सय साधुसन्त ल्याई सन्त सम्मेलन गरेको थियो । प्रत्येक वर्ष रेसुंगामा साउनभर एक महिने मेला लाग्ने गर्छ । रेसुङ्गामा पोखरीमा गई स्नान गर्नाले अञ्जानमा गरेका पापहरु नष्ट हुने धार्मिक विश्वास रहँदै आएको छ ।...
बागलुङ बडिगाड पहिरो : ३ जना घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

बागलुङ बडिगाड पहिरो : ३ जना घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

ताजा समाचार, समाज
२३ साउन, पोखरा । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा मंगलबार खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । प्रतिकुल मौसमका कारण मंगलबारै घाइतेलाई उपचारका लागि लैजान सक्ने अवस्था नभएपछि बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत गम्भीर घाइते ३ जनालाई शिक्षण अस्पताल पुर्‍याइएको हो । बडीगाड–१० आरुपाटामा सुरक्षित ठानेर आश्रय लिएकै घरमा पहिरो खस्दा ६ जनाले ज्यान गुमाएका थिए भने ४ जना अझै बेपत्ता छन् र ९ जना घइते छन् । गम्भीर घाइते बनेका घरधनी जोगबहादुर बुढाको समयमै अस्पताल पुर्‍याउन नसक्दा साँझ मृत्यु भएको थियो । सेनाको हेलिकप्टर मंगलबारै पुगेको भए पनि प्रतिकुल मौसमका कारण घाइतेलाई बडीगाड पुगेर काठमाडौं लैजाने अवस्था नबनेपछि बागलुङ सदरमुकामकै राखिएको थियो । अहिले हेलिकप्टरमार्फत ३१ वर्षीया सीता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्...
बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने

बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने

ताजा समाचार, मौसम, समाज
२२ साउन, काठमाडौं । सरकारले प्राकृतिक विपद्मा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबारको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । यसअघि भूकम्पबाट घर गुमाएकाहरुलाई मात्र अस्थायी आवासका लागि राहत रकम दिने निर्णय सरकारले गरेको थियो । तर, सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीबाट घर गुमाएकाहरुलाई पनि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने कार्यविधि स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । विपद व्यवस्थापन कार्यकारी समितिको २१ वैशाख २०८१ मा बसेको २२ औं कार्यकारी समितिको बैठकले विपद्बाट प्रभावित घर परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८१ अर्थ मन्...
गुल्मी पहिरो अपडेट : ४ जनाको मृत्यु, २ घाइते

गुल्मी पहिरो अपडेट : ४ जनाको मृत्यु, २ घाइते

जीवनशैली, ताजा समाचार, मौसम, समाज, स्वास्थ्य
२२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् । मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ ।...