Thursday, December 26

समाज

त्रिशूलीमा खसेको बसका थप एक यात्रुको शव भेटियो

त्रिशूलीमा खसेको बसका थप एक यात्रुको शव भेटियो

ताजा समाचार, समाज
३ साउन, चितवन । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव फेला परेको छ । भरतपुर महानगरपालिका-२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव आज भेटिएको हो । शवको सनाखत हुन बाँकी छ । शवलाई भरतपुर अस्पताल ल्याएर पोष्टमार्टम गरिँदैछ । योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ । जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन् । गत असार २८ गते विहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ मा सिमलतालमा पहिरोले दुई वटा यात्रुबाहक बस बगाएको थियो । ६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो । नदीमा अझै ४२ यात्रुको अवस्था अज्ञात छ । शशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र नेपाली सेनाका विपद् व्यवस्थापन गण रसौलीका तालिम प्राप्त सुरक्षाकर्मीले विभिन्न प्रविधिको प्रयोग गरेर बसको खोजतलास गरे...
चारकोसे झाडीमा कसले छाड्यो जामुनलाललाई ?

चारकोसे झाडीमा कसले छाड्यो जामुनलाललाई ?

ताजा समाचार, समाज
३ साउन, विराटनगर । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गको बेलबारीदेखि करिब पाँच किलोमिटर उत्तर चारकोसी झाडीमा भेटिएका वृद्ध जामुनलाल ऋषिदेव हाल कोशी अस्पताल विराटनगरमा उपचाररत छन् । वन गस्तीमा गएको टोलीले बेलबारी नगरपालिका–१ र ४ को सिमाना बेलबारी–चिसाङ साझेदारी वनभित्र कमिला र किराले टोकेर हातखुट्टामा घाउ नै घाउ भएको अवस्थामा वृद्धलाई भेटेको थियो । जंगलबाट बोराको स्टेचर बनाएर वृद्धलाई गाडी चल्ने ठाउँसम्म ल्याएको टोलीले प्रहरीलाई खबर गरेर अस्पताल पठायो । बेलबारी, सुन्दरहैचाको नगर अस्पताल हुँदै वृद्धलाई अहिले कोशी अस्पताल विराटनगर ल्याइएको छ । जमुनलालको घर खोज्दै जाँदा उनका छोरा जल्वा घरमै बिरामी अवस्थामा भेटिए । वर्षाैंदेखिको हाइड्रोसिलको उपचार नगरेका कारण उनी सहज रुपमा हिँड्डुल गर्न सक्दैनन् । ‘बाउ–छोराको वर्षाैंपछि अस्पतालमा भेट भयो, छोराले छाड्यो भन्ने मिस इन्फरमेसन भयो’, सामाजिक ...
बेनिघाट-आरुघाट सडक अवरुद्ध

बेनिघाट-आरुघाट सडक अवरुद्ध

ताजा समाचार, समाज
३ साउन, गोरखा । गोरखाको बेनिघाट-आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका-७ र सहिद लखन गाउँपालिका-९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका-७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट-आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ । ‘सडक अवरुद्ध हुँदा काठमाडौंबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्, वडाधयक्ष श्रेष्ठले भने, ‘सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न...
रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान

रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान

ताजा समाचार, समाज
भैरहवा । रुपन्देहीमा मेरो सवारी मेरो लेन अभियान अन्गर्तत ११ हजार ६ सय १२ ठूला सवारीसाधान, १९ हजार ५ सय ८३ वटा साना सवारीसाधान सचेत गराइएको छ । सवारी चालकलाई लेन अनुसान सिकाउने उद्देश्यले एक साता देखि रुपन्देहीका विभिन्न सडकहरुमा यो अभियान गरिएको थियो । अभियानमा चालकहरुलाई सुसुचित गर्ने र बढ्दो सवारी चापसँगै लेन अनुशासनका उल्घंन गर्दा हुने दुर्घटना न्युनिकरणमा टेवा पुग्ने विश्वासका साथ ६ हजार सचेतनामुलक पर्चा, ५ हजार लेन अनुसानको स्टिकर समेत सवारीसाधनमा टासिएको छ । अभियान अन्तर्गत चलकहरुलाई गति, लेन र सडक प्रयोगकर्ता चालक वा पैदलयात्रुलार्ई लेन अनुशासनबारे जानकारी गराइएको थियो । बेलहियास्थित सीमा नाकामा बसमा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्टीकर टाँसेर गृह सचिव एकनारायण अर्यालले अभियानाको थालनी गरेका थिए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अग्रसरता तथा नेपाल विमा प्राधिकरण लुम्बि...
पाल्पामा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय पुरुष पक्राउ

पाल्पामा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय पुरुष पक्राउ

ताजा समाचार, समाज
पाल्पा । ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मिस्दी गाउँपालिका-७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्त बहादुर बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सन्त बहादुरले गत असार ३१ गते बिहान उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रूक्सेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...
जाजरकोट पहिरोमा घाइते भएका चार जनाको हेलिकप्टरबाट उद्दार

जाजरकोट पहिरोमा घाइते भएका चार जनाको हेलिकप्टरबाट उद्दार

जीवनशैली, ताजा समाचार, समाज, स्वास्थ्य
२ साउन, सुर्खेत । जाजरकोटमा पहिरोमा परी घाइते भएका चार जनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । मंगलबार राति कुशे गाउँपालिका–८ को दल्लेनामा पहिरो जाँदा एकै परिवारका ४ जना घाइते भएका थिए । पहिरोमा गम्भीर घाइते भएकाहरूको उद्दार गरी थप उपचारका लागि बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार पहिरोमा परी कुशे गाउँपालिका–८ दल्लेनाका २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया थापा घाइते भएका छन् । ‘घटनास्थल एकदमै दुर्गममा रहेछ । हेलिप्याड नभएकाले उद्दारमा केही ढिलाइ भयो । अहिले घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘दुई जनाको अवस्था अलि गम्भीर छ । दुई जना सामान्य अवस्थामा छन् ।’...
चन्द्रागिरि केबलकारमा अड्किए यात्रु

चन्द्रागिरि केबलकारमा अड्किए यात्रु

जीवनशैली, ताजा समाचार, समाज
२ साउन, काठमाडौं । चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ । उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।...
त्रिशूलीमा बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव १०३ किलोमिटर टाढा भेटियो

त्रिशूलीमा बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव १०३ किलोमिटर टाढा भेटियो

ताजा समाचार, समाज
२ साउन, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन् । उनीहरु दुवैको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो । जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको मात्र सनाखत भएको छ । ८ शवको सनाखत हुन बाँकी छ । भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन् । सनाखत भएका...
जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ३ जना गम्भीर घाइते

जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ३ जना गम्भीर घाइते

ताजा समाचार, समाज
२ साउन, काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा छिन् । घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्धार नेपालगञ्ज लैजाने तयारी भइरहेको कुशे गाउँपालिका–८, वडाध्यक्ष डिल्लीबहादर सिंहले जानकारी दिए । ‘सीडीओ साबसँग कराकानी भइरहेको छ । केही मिलाउँदै हुनुहुन्छ होला !’उनले भने । वडाध्यक्ष सिंहका अनुसार घाइतेमध्ये हस्तिकाको अवस्था गम्भीर छ । उनको होश आउने जाने भइरहेको छ भने निरमाया थापाको दुवै खुट्टामा चोट लागेको छ । ‘निरमायाको पहिले पनि खुट्टा अपरेशन गरेको रैछ । अहिले अर्को खुटमा पनि चोट लागेपछि हिँड्नै नसक्ने भएकी छन्’, उनले भने । गएराति करिब १० बजेको समयमा उनीहरु बसिरहेको ठाउँमा पहिरो गएको वडाध्यक्ष सिंहले जानकारी दिए । पहिरो जाँदै ग...
सिमलताल घटना अध्ययन गर्न गठित कार्यदल चितवनमा

सिमलताल घटना अध्ययन गर्न गठित कार्यदल चितवनमा

ताजा समाचार, समाज
२ साउन, चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सिमलतालमा गत असार २८ गते बिहान आएको पहिरोमा परेर २ वटा बससहित यात्रुहरुलाई बगाएको घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवन आएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठित कार्यदलमा नेपाल प्रहरीका एसएसपी भूपेन्द्र खत्री, सशस्त्र प्रहरीका एएसएसपी, विपद् प्राधिकरणका उपसचिव, यातायात व्यवसायी महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधि सदस्य छन् । सो टोलीले घटनास्थलको प्रकृति, भूबनोट, सडकको अवस्था लगायतका विषयमा अध्ययन र अहिलेसम्म भैरहेको खोज तथा उद्धारको बारेमा जानकारी लिने छ । त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय चितवनमा अन्य सरोकारवालासँग छलफल गर्ने तयारी अध्ययन टोलीको छ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले घटनाको बारेमा अध्ययन गर्न रिजालको संयोकजत्वमा कार्यदल गठन गरेका थिए । कार्यद...