‘माओवादीको माहोल र मतदाता बढेको छ’
दोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि १६ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लो निर्वाचनको मतपरिणाम हेर्दा १६ मंसिरमा हुने उपनिर्वाचनमा प्रमुख तीन दलबीच, त्यसमा पनि एमाले–माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
२०७९ सालको निर्वाचनमा गौरीशंकरमा पहिलो दल बन्दै अध्यक्षसहित पाँच वडामा माओवादी केन्द्रले जितेको थियो । गौरीशंकरको नेतृत्व सम्हालिरहेको माओवादीले उपाध्यक्षमा निमलेकी शेर्पालाई उम्मेदवार बनाएको छ । २०६८ सालदेखि माओवादीमा क्रियाशील शेर्पा हाल गौरीशंकर पालिकाको कोषाध्यक्ष छन् । माओवादी उम्मेदवार शेर्पासँग चुनावी अवस्थाका बारेमा गरिएको संवादः
तपाईंलाई माओवादी केन्द्रले उपाध्यक्षको उम्मेदवार बनाएको छ । मतदाताबीच के एजेन्डा लिएर गइरहनुभएको छ ?
चुनावी चहलपहल बढेको छ । जितेपछि मैले गर्ने कामहरू लिएर जनतामा पुगिरहेकी छु । म गाउँमै बसेर हिजो पनि जनताको सेव...