Monday, December 23

समाज

जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ

जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा सवारी धनी पक्षले पीडितपक्षलाई दिने क्षतिपूर्ति तथा क्रिया खर्चबाट लिएको २० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको आयोगले जनाएको छ ।...
बयान सकेर पूर्वडीआईजी जोशीलाई पोखरा फिर्ता गरिँदै, रविलाई ल्याउने तयारी

बयान सकेर पूर्वडीआईजी जोशीलाई पोखरा फिर्ता गरिँदै, रविलाई ल्याउने तयारी

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबार र बिहीबार बयान लिइएको थियो । जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयमा दुई दिन बयान लिइएको थियो । बयान सकिएपछि जोशीलाई आजै पोखरा फिर्ता गर्न लागिएको छ । पोखरा फिर्ता गराउनका लागि जोशीलाई प्रहरीले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ लगेको छ । जोशीलाई पोखरा पुर्‍याएपछि भोलि शनिबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ । रविलाई शनिबार साँझ काठमाडौं ल्याएर आइतबारबाट बयान लिने तयारी रहेको परिसर स्रोतले जानकारी दियो । यसअघि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमै पक्राउ पुर्जी जारी भएपछि पोखराबाट कुमार रम्तेललाई ...
अनिश्चितकालका लागि नयाँ राहदानी वितरणको काम ठप्प

अनिश्चितकालका लागि नयाँ राहदानी वितरणको काम ठप्प

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर काठमाडौं । राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प भएको छ । दुई दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउने काम ठप्प भएको छ । राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको हो । यसले गर्दा तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित भएका छन् । हिजो बिहीबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प भएको छ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल आइतबारसम्म त्रिपरेश्वरस्थित विभागको मुख्यालयबाट सेवा थाल्ने गरी समस्या समाधानको प्रयास भइरहेको बताउँछन् । ‘प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर बन्द गरको छौं,’ उनले भने,’तथ्यांकको सुरक्षा लगायतका दृष्टिबाट सबै समस्या समाधान भएपछि सेवा सुरु हुन्छ ।’ विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पर...
घुमेर आऊँ भनेर चीन जान लागेको होइन : ओली

घुमेर आऊँ भनेर चीन जान लागेको होइन : ओली

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने बताएका छन् । काठमाडौंको दरबारमार्गमा शुक्रबार आयोजित जागरणसभालाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेको भन्दै भ्रमण अत्यन्तै सफल हुने बताए । उनले भने, ‘चीन भ्रमण अत्यन्त सफल रहनेछ । यो कुरा फर्केर आएपछि थाहा पाउनुहुनेछ ।’ १७ मंसिरदेखि हुने चीन भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने उनले स्पष्ट पारे । उनले अगाडि भने, ‘त्यतिकै यसो घुमेर आऊँ भनेर चीन जान लागेको होइन । देशको हित र भलाइका लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसैगरी हाम्रा भ्रमणहरूलाई सफलता पूर्वक उल्लेख्य ढंगले प्रस्तुत गर्ने गरेका छौं । र, उदाहरणीय पनि हुनेछ यो कुरा ढुक्कले म भन्न चाहन्छु ।’...
बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि

बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चीन भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ परियोजना बीआरआईमा हस्ताक्षर गर्न नहुने बताएका छन् । बीआरआई सही हो कि होइन भनेर प्रतिनिधि सभामा छलफल हुनुपर्ने पनि उनले बताए । जनकपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै नेता निधिले भने, ‘प्रधानमन्त्रीज्यूले अहिलेयित्तिकै अवस्थामा बीआरआईमा हस्ताक्षर गर्नुहुन्न।’ यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री ओलीलाई भनिसकेको उनको भनाइ छ । उनले भने, ‘अमेरिकी परियोजना एमसीसीमा पनि बृहत् छलफल भएको थियो । बीआरआईमा पनि छलफल आवश्यक छ ।’ बीआरआईमार्फत ऋण नभई अनुदान मात्र लिनुपर्ने कांग्रेसको स्पष्ट अडान रहेको उनले बताए । बीआरआईलाई लिएर अहिलेको सरकारलाई कुनै असर नपर्ने उनले बताए ।...
रास्वपा लक्षित प्रधानमन्त्रीको प्रश्न- सहकारी ठगी गरेर अरुलाई गाली गर्ने?

रास्वपा लक्षित प्रधानमन्त्रीको प्रश्न- सहकारी ठगी गरेर अरुलाई गाली गर्ने?

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताए। प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ ।’ साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर लक्षित गर्दै भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?’ उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि उल्लेख गरे । ‘विश्वस्तरमा पनि हामी परस्परमा एकताको भावनामा छौं,’ प्रधानमन्त्री ओ...
०८४ को चुनावसम्म अहिलेकै समीकरण रहन्छ : प्रधानमन्त्री

०८४ को चुनावसम्म अहिलेकै समीकरण रहन्छ : प्रधानमन्त्री

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गरेका छन्। काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन्। ‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस्।’ प्रधानमन्त्री ओलीले ओलीले सरकार ढल्ने भ्रममा नपर्नु आग्रह गर्दै आफू प्रधानमन्त्री रहने अवधि उल्लेख गरेका छन् । ‘२०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनु हुन्छ’, ओलीले भने । तर यो सरकार बन्दै बन्दैन भन्नेहरू अहिले पनि फरवरीको भाका राख्दै गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘फरवरीको भाका राख्दैछन् । तर हाम्रो सत्ता समीकरण ०८४ सम्म जान्छ’, प्रधानमन्त्री ओलीले भने । भ्रम छर्नेहरूले भाका सार्...
शंकर पोखरेलले भने : एमाले नेतृत्वसँग जोडिने काण्डहरुको छानबिन गरौं

शंकर पोखरेलले भने : एमाले नेतृत्वसँग जोडिने काण्डहरुको छानबिन गरौं

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वसँग जोडेर चर्चामा आएका काण्डहरुको छानबिन गर्न तयार रहेको बताएका छन् । दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्दै पोखरेलले छानबिन गर्दा फरक नपर्ने बताएका हुन् । एमालेसँग जोडिएर गरिने प्रचार भ्रम मात्र भएकाले छानबिन गर्न तयार रहेको उनले बताए । ‘छानबिन गरौं न, के फरक पर्छ !’, उनले भने । महासचिव पोखरेलले यति, ओम्नी, गिरीबन्धु लगायत प्रकरण एमालेविरुद्ध भ्रम फैलाउने प्रयास मात्र भएको उनले दाबी गरे । अहिले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी रहेको हल्ला पनि भ्रम भएको पोखरेलले बताए । ‘त्यहाँ लगानी प्रमाणित गरे यसैलाई थपेर दिने सार्वजनिक रुपमा भनिसक्नु भएको छ’, पोखरेलले भने ।...
लोडसेडिङ अन्त्य ओलीले गर्नुभयो, जस अरूले लिइरहेका छन् : महासचिव पोखरेल

लोडसेडिङ अन्त्य ओलीले गर्नुभयो, जस अरूले लिइरहेका छन् : महासचिव पोखरेल

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य गर्ने कामको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबी गरेका छन् । पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै महासचिव पोखरेलले लोडसेडिङ अन्त्यको जस अरूले लिएको गुनासो गरे । ‘दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो, केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो,’ उनले भने । महासचिव पोखरेलले भारतबाट विद्युत् आयात गरेर नेपालबाट लोडसेडिङको युग अन्त्य गरेको तर्क गरे । ‘अध्यक्ष ओलीको त्यही योजनाको परिणामस्वरुप हामीले भारतबाट अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण गरेर, विद्युत आयात गरेर नेपाललाई अँध्यारो समयबाट उज्यालो युगतर्फ फर्काउने कामको नेत...
आयात–निर्यात सामान्य सुधार, चार महिनामा पौने ६ खर्ब वैदेशिक व्यापार

आयात–निर्यात सामान्य सुधार, चार महिनामा पौने ६ खर्ब वैदेशिक व्यापार

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा आयात–निर्यात दुवैमा सामान्य सुधार भएको छ । भन्सार विभागका अनुसार साउन–कात्तिकमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ०.१७ प्रतिशतमात्र धेरै हो । अघिल्लो आव कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड बराबर वस्तु आयात भएको थियो । त्यस्तै निर्यातमा समेत सामान्य सुधार भएको छ । यस वर्ष पहिलो चार महिनामा ५२ अर्ब ६७ करोड बराबर वस्तु निर्यात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ४.१६ प्रतिशत धेरै हो । उक्त आवमा ५० अर्ब ५६ करोड ५३ लाख बराबर वस्तु निर्यात भएको थियो । कात्तिकसम्म कुल वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड बराबर भएको छ । जुन अघिल्लो आव यसै अवधिको तुलनामा सामान्य धेरै हो । गत आवमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ थियो । चार महिनामा व्यापार ...