७ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शनिबार भृकुटीमण्डपमा सभा गर्ने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी पुनर्गठनको ११औं वर्ष प्रवेशको अवसरमा सभा गर्न लागेको नेकपाले जनाएको छ ।
पार्टीका प्रवक्ता प्रकाण्ड सीका अनुसार सभा दिउँसो १२ बजेदेखि हुनेछ ।
काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न पूर्व डीआईजी छबिलाल जोशीसँग प्रहरीले बयान लिएको छ । मंसिर ४ मा उनलाई काठमाडौँमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् ।
उनीसँगको बयान पुरा भएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले उनलाई शुक्रवार नै पोखरा पठाउने भएको छ । उनलाई मध्यान्ह पोखरा पठाउन लागिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिए । जोशीमाथि प्रहरीले पोखराको सुर्यदशर्न सहकारी र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनबारे पनि अनुसन्धान गरिरहेको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेक...
७ मंसिर, पाकिस्तान । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा परेर ४३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा भएको हमलामा सो संख्यामा मानिसहरूको निधन भएको हो ।
अधिकारीहरूका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको छ भने मोबाइल सेवासमेत बन्द गरिएको छ ।
प्रहरी एस्कसँग यात्रा गरिरहेका शिया मुसलमानको दुईवटा छुट्टै समुहमा बन्दुकधारीले बिहीबार गोली हानेका थिए ।
लामो समयदेखि यस क्षेत्रमा सुन्नी र शिया मुस्लिम जनजातीबीच झडप भइरहेको छ ।
वरिष्ठ प्रशासनीक अधिकारी जावेद उल्ला महसुदका अनुसार पीडितहरू मध्ये सात जना महिला र तीन जना बालबालिकासमेत रहेका छन् । त्यस्तै, आक्रमणमा १६ जना घाइते भएका छन् ।
एक वरिष्ठ प्रशासनिक अधिकारीले नाम नछाप्ने शर्तमा शुक्रबार जिल्लाभर मोबाइल सेवा बन्द गरिएको जनाउँदै मुख्य सहर पाराचिनारमा स्थानीयले धरना तथा प्र...
७ मंसिर, काठमाडौं । नेपालले सार्वभौम ‘कन्ट्री रेटिङ’ मा पाएको ‘डबल बी माइनस’ नतिजाले विदेशबाट ल्याउने ऋणको लागत डेढ प्रतिशतसम्म घट्ने देखिएको छ ।
अहिले विदेशी ऋणदाताले नेपाली कम्पनीहरूलाई दिने ऋणमा ४ देखि ४.५ प्रतिशतसम्म जोखिम वापत प्रिमियम जोडिरहेको स्टान्डर्ड चार्टर्ड बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोरखशमशेर जबराले बताए ।
अहिलेको रेटिङले १.५ प्रतिशतसम्म लागत प्रिमियम कम हुन सक्ने उनकाे भनाइ छ ।
ऋणको लागत घट्दा व्यावसायिक लागत कम पर्ने उनले बताए । तर, यस्तो दर आजको भोलि नभई क्रमशः घट्ने उनले बताए ।
स्टान्डर्ड चार्टर्ड बैंकले नेपालकाे कन्ट्री रेटिङ सल्लाहकारको भूमिकामा काम गरेको थियो ।...
७ मंसिर, काठमाडौं । वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस मकवानपुरको चुरियामाई मन्दिर नजिकै पल्टिँदा १७ जना घाइते भएका छन् ।
मकवानपुर प्रहरीका अनुसार ग २ ख १६२१ नम्बरको यात्रुबाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकैको सडक छेउ खोला डिलमा पल्टिएको हो ।
बस पल्टिएर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
सामान्य उपचारपछि ८ जनाको डिस्चार्ज भइसकेको र अन्य ९ जनाको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
७ मंसिर, काठमाडौं । पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक बलेफी गाउँपालिकाका शान्तबहादुर तिमिल्सिना, मकवानपुर भिमफेदी गाउँपालिकाका प्रेम रुम्बा र मकवानपुर कैलाश गाउँपालिकाका प्रेम रुम्बा छन् ।
पर्सा वीरगञ्जको बाइपास सडकखण्डमा चेकजाँचका क्रममा ना.४ ख ९२५८ नम्बरको मिनी कन्टेनर ट्रकमा गाँजा लुकाइराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कन्टेनर ट्रकभित्र ४ वटा सेतो प्लाष्टिकको बोरामा रातो प्लाष्टिकले बेरिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका तीनैजनालाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।...
७ मंसिर, काठमाडौं । रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताए ।
उनका अनुसार कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो ।
यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको डीएसपी भट्टराईले जानकारी दिए ।...
७ मंसिर, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको बताएका छन् । बिहीबार नेपालले पहिलो पटक गरेको कन्ट्री रेटिङको नतिजा सार्वजनिक भएसँगै शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको बताए ।
सार्वभौम क्रेडिट रेटिङ सबै नेपालीका लागि खुसीको नतिजा भएको भन्दै नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान समेत गरे । उनले भने, ‘यो गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौं ।’
नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत...
७ मंसिर, दैलेख । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्छन् । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जी खेती गरेका छन् । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी गाउँमै व्यावसायिक सागसब्जी लगाएका छन् ।
कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीत ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ जस्तै भएको छ, खड्कालाई । उनले हाँस्दै भने, ‘ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो ?’ गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उनले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गरेका छन् ।
संकलन केन्द्र नहुँदा समस्या
पालिकामा तरकारी संकलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उनको दिनचर्या नै बनेको छ । बजार...
७ मंसिर, काठमाडौं । सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।
सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्याली निकाल्ने छ । र्याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने छ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।
एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।
यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।...