Tuesday, December 24

स्वास्थ्य

एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने

एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्‍याली निकाल्ने छ । र्‍याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने छ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ । यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।...
लुम्बिनीमा जिल्ला स्वास्थ्य कार्यालयबाटै उपचार सिफारिस

लुम्बिनीमा जिल्ला स्वास्थ्य कार्यालयबाटै उपचार सिफारिस

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, बुटवल । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ पहिलो संशोधन २०८१ कार्यान्वयनमा आएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालय मार्फत मुटुको भल्ब फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीहरुको सुविधाका लागि सिफारिस दिन थालिएको हो । यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्वन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्न थालिएको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताएका छन् । ‘प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयनमा आइसक्यो, अब सिफारिस लिन निर्देशनालयमा नजानुहोला । सबै काम जिल्ला तहबाटै हुन्छ’ उनले भने । स्थानीय तहले निर्देशनालयमा सिफारिस पठाउनुपर्ने कतिपय बिरामीका आफन्तहरु झुक्किएर अहिले पनि स्वास्थ्य निर्देशनालय जाने गरेका...
सभामुख घिमिरे आज कम्बोडिया जाँदै

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ । ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् ।...
थमन विक हत्या प्रकरणका अभियुक्त पुर्पक्षका लागि जेल चलान

थमन विक हत्या प्रकरणका अभियुक्त पुर्पक्षका लागि जेल चलान

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, जनकपुरधाम । सशस्त्र प्रहरीका सई थमन विक हत्या प्रकरणका फरार एक अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । महोत्तरीको जलेश्वर नगरपालिका- ६ का ५५ वर्षीय देवेन्द्र चौधरीलाई जलेश्वर कारागार चलान गरिएको हो । कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशले उनलाई बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले चौधरीलाई कार्तिक २ गते जलेश्वर नगरपालिका -१ स्थित रामानन्द बिशेश्वर महेन्द्र क्याम्पस अगाडीबाट नियन्त्रणमा लिइ अदालतमा पेश गरिएको थियो । दोस्रो मधेश आन्दोलनका बेला २५ भदौ २०७२ मा सई थमन विकको महोत्तरीमा हत्या भएको थियो । थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र मोहन कापरले भने गत वर्ष सफाइ पाएका थिए । २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भ...
मोरङमा दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

मोरङमा दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो । दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । लिम्बुलाई झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगिएको थियो । धिमाल र गुरुङको अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो भने लिम्बूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुई वटा मोटरसाइकलम...
प्रदूषणबाट बच्न चाहनु हुन्छ ? अपनाउनुस् यी उपाय

प्रदूषणबाट बच्न चाहनु हुन्छ ? अपनाउनुस् यी उपाय

ताजा समाचार, स्वास्थ्य
वासिङटन डीसी । वायु प्रदूषण पछिल्लो समय सबैभन्दा गम्भीर समस्या बनेको छ । सर्दी सुरु हुँदै गर्दा वातावरण धुलो र धुवाँका कारण झनै धुम्म बन्दै गइरहेको छ । हावाको गुणस्तर ट्र्याक गर्ने वेबसाइट आईक्यूएयरका अनुसार सोमबार काठमाडौँको वायुको स्तर ९७ रहेको छ । यो भनेको ठिकै खालको हो । तर हालैका दिनहरूमा काठमाडौँको हावाको स्तर अस्वस्थकर रहँदै आएको छ । प्रदूषणका कारण मान्छेमा अनेकौँ समस्या देखिरहेका छन् । सास फेर्न समस्या, एलर्जी, दम, मुटुसम्बन्धी रोग आदिका बिरामी बढिरहेका छन् । बढ्दे प्रदूषणबाट बच्नका लागि केही उपाय गर्न निकै जरुरी छ । मास्कको प्रयोग गर्नुस्: प्रदूषणबाट बच्न एन९५ वा पी१०० मास्क प्रयोग गर्नुहोस् । यो मास्कले हानिकारक कणहरू र प्रदूषकहरूलाई शरीरमा प्रवेश गर्नबाट रोक्न मद्दत गर्दछ । विशेषगरी बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गर्नुस् । घरमा एयर प्युरिफायरको प्रयोग ...
जाडोमा मर्निङवाक जाँदा कस्तो सावधानी अपनाउने ?

जाडोमा मर्निङवाक जाँदा कस्तो सावधानी अपनाउने ?

ताजा समाचार, स्वास्थ्य
व्यायाम वा मर्निङवाक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर जाडोयाममा काठमाडौंमा मर्निङवाकमा निस्कन हानिकारक हुन्छ भनिन्छ । जाडोयाममा बिहानको समयमा तुवाँलो लाग्ने गर्छ । तुवाँलोमा हानिकारक कण सूक्ष्म कार्बन मोनोअक्साइड, कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन अक्साइड र ओजन हुन्छ, जसले हावालाई हानिकारक वा प्रदूषित बनाउँछ । जाडो मौसममा हावा पनि कम चल्छ । जसकारण प्रदूषण एकै ठाउँमा जम्मा भएर बस्छ । काठमाडौं जस्ता सहरमा जाडो मौसममा चिसो–तातो हावाको पत्रले ढकनीको रुपमा काम गर्छ र प्रदूषणलाई जहाँको त्यहीं राख्छ । त्यसैकारण जाडोयाममा वातावरण बढी प्रदूषित हुन्छ । काठमाडौं कचौरा जस्तो आकारको भएको र वायु प्रदूषण अत्यधिक भएकाले बिहानको वायु पनि दूषित हुन्छ । यस्तो अवस्थामा प्रभातकालीन भ्रमणमा निस्कँदा मुटु, फोक्सोमा गम्भीर समस्या हुने चिकित्सकहरूले बताउने गरेका छन् । जाडोयाम सुर...
झापामा रगत अभाव

झापामा रगत अभाव

ताजा समाचार, स्वास्थ्य
झापा । अस्पतालमा बिरामीको चाप बढेसँगै झापामा रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । जिल्लाका अस्पतालहरूमा दैनिक ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ । हाल रक्तसञ्चार केन्द्र बिर्तामोड, बिएण्डसी र भद्रपुरमा गरी ६६ युनिट मात्र रगत मौज्दात रहेको रेडक्रसका रक्तसञ्चार प्रमुख शिशिर दाहालले बताए । उनका अनुसार क्यान्सर, एनिमिया, थालासेमियालगायतका बिरामीलाई हप्तैपिच्छे रगत लगाउनुपर्ने हुँदा पनि जिल्लामा रगत धेरै खपत हुने गरेको छ । उनले साउन, भदौ र असोजमा चार हजार दुई सय ८५ युनिट रगत खपत भएको जानकारी दिए । “चाडपर्वका कारण कुनै सङ्घ संस्थाले रक्तदान कार्यक्रम गर्न सकेका छैनन्”, उनले भने, “अब रक्तसञ्चार केन्द्रमा एक दिनलाई मात्र पुग्ने रगत छ ।” उनले विगतमा जस्तो रक्तदान गर्ने युवासमेत घटेको बताए । धेरै युवा वैदेशिक रोजगार र अध्ययनका क्रममा बिदेसिँदा रगत सङ्कलनमा...
जाडो मौसममानि मोनियाबाट बच्न के गर्ने ?

जाडो मौसममानि मोनियाबाट बच्न के गर्ने ?

ताजा समाचार, स्वास्थ्य
चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो । केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टिकृत सेवा अभाव हुँदा बिरामीहरु काठमाण्डौं केन्द्रीत हुने गर्दथे । पछिल्ला दिनहरुमा विशिष्टिकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण अकालमा ज्यान जाने क्रम घटेको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा दिंदै आएका प्रा.डा.शीतल अधिकारीले चिसो मौसममा अन्य समयमा भन्दा बढी निमोनिया हुन सक्ने बताए । उनले भने, “चिसोले निमोनिया बनाउने भन्दा पनि चिसो वातावरणमा निमोनिया हुन सक्छ । इन्फ्लुएन्जा भाइरस चिसोमा सक्रिय हुने भएकाले निमोनिया हुने सम्भावना बढी हुन्छ ।” रुघा, खोकी, ज्वरो आउनेबित्तिकै बोलीचालीको भाषामा निमोनिया ल...
घट्दै डेङ्गु सङ्क्रमण

घट्दै डेङ्गु सङ्क्रमण

ताजा समाचार, स्वास्थ्य
काठमाडौँ । घट्दो तापक्रमसँगै डेङ्गु सङ्क्रमण पनि घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको बताए । उनले भने, “डेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान सञ्चालन भएका छन् । तापक्रम घट्नु पनि यसको कारण हो । प्राकृतिक रुपमै चिसोमा लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रिया कम हुन्छ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समयअघि डेङ्गु नियन्त्रणका लागि देशव्यापी रुपमा लामखुट्टेको बास स्थानको खोजी र नष्ट अभियान सुरु गरेको थियो । मन्त्रालयले हरेक शुक्रबार १० बजेर १० मिनेटमा मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आम नागरिकलाई सहभागी हुन आह्वान गरेको थियो । सरकारी तथा गैरसरकारी संस्था तथ...