डेंगुबाट विश्व नै प्रभावित हुँदैछ, आगामी वर्षहरु चुनौतीपूर्ण छन् : डा. पुन
काठमाडौँ । डेंगुको संक्रमण वर्षेनी बढ्दै गइरहेको चिकित्सकहरूले बताएका छन् । विगतको तथ्यांकका आधारमा हेर्दा वर्षेनी डेंगु संक्रमण बढिरहेको उनीहरुको दाबी छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने हो भने गत वर्षको तुलनामा यस वर्ष हरेक महिनामा कम संक्रमित फेला परेका छन् । तर संक्रमणको जोखिम कम भने नरहेको सरकारले बताएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले प्रत्येक आउट ब्रेकसँगै थप कडा रूपमा डेंगु प्रस्तुत भइरहेको बताए । उनले आगामी वर्षहरु झनै चुनौतीपूर्ण बन्ने बताए । उनले यस वर्ष तनहुँमा आउट ब्रेक भएको बताए । काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर चितवन जिल्ला डेंगुबाट बढी प्रभावित भएका जिल्लाहरू हुन् । गण्डकी प्रदेशमा देशभर देखिएको डेंगुका केसहरुमध्ये ५० प्रतिशत केस फेला परेका छन् ।
अहिलेसम्म हुम्ला बाहेकका सबै जिल्लामा डेंगु फैलिसकेको...