Wednesday, December 25

स्वास्थ्य

२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु

२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु

ताजा समाचार, स्वास्थ्य
काठमाडौँ । देशभर पुष्टि भएका २२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार गत जनवरीयता हालसम्म २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण भएको छ । सोमध्ये ११ जनाको मृत्यु भएको हो । यस्तै, डेंगु सङ्क्रमण ७७ जिल्लामध्ये ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म ३ हजार ५ सय ९४ जना प्रभावित भएका छन् । यस्तै, कास्कीमा ३ हजार १ सय ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्य...
काठमाडौँ उपत्यकामा झण्डै २७ सय जनामा डेंगु संक्रमण

काठमाडौँ उपत्यकामा झण्डै २७ सय जनामा डेंगु संक्रमण

ताजा समाचार, स्वास्थ्य
काठमाडौँ । काठमाडौँ उपत्यकामा झण्डै २७ सय डेंगु संक्रमितका बिरामी देखा परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार देशभरको देखिएका जम्मा १४ हजार ९७५ जनामा डेंगु संक्रमितमध्ये २६ सय ९८ जना डेंगु संक्रमित काठमाडौँ उपत्यकामा फेला परेका हुन् । ईडीसीडीका अनुसार काठमाडौँमा १ हजार ९ सय ८६, भक्तपुर २ सय २३ र ललितपुर ४ सय ८९ जनामा डेंगु संक्रमण देखिएको हो । ७७ जिल्लामध्ये जुम्लामा बाहेक सबै जिल्लाका १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । देशभर डेंगु संक्रमितमध्ये ७ जनाको मृत्यु भइसकेको ईडीसीडीले जनाएको छ । डेंगु रोग डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । यो रोगको सङ्क्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु रहेको चिकित्सकको सुझाव छ । @रातोपाटी...
गर्भपतनको पक्षमा मेलनिया ट्रम्प

गर्भपतनको पक्षमा मेलनिया ट्रम्प

ताजा समाचार, स्वास्थ्य
वासिङ्टन डीसी । अमेरिकाकी पूर्व प्रथम महिला मेलनिया ट्रम्पले गर्भपतनको पक्षमा खुलेर वकालत गरेकी छन् । बिहीबार पोस्ट भएको एउटा नयाँ भिडियोमा उनले महिलाको व्यक्तिगत स्वतन्त्रताको कुरा आउँदा सम्झौताको कुनै गुन्जाइस नहुने बताएकी छिन् । आफ्नो आगामी पुस्तकमा सरकारको कुनै पनि हस्तक्षेप वा दबाबबाट स्वतन्त्र हुनुपर्छ भनेर मेलनियाले गर्भपतनको अधिकारको समर्थन गरेको गार्डियनले एउटा समाचारमा भनेको थियो । ‘व्यक्तिगत स्वतन्त्रता एउटा मौलिक अधिकार हो जसलाई म सुरक्षित गर्न चाहन्छु । निस्सन्देह, सबै महिलाहरूले जन्मदेखि नै पाएको यो अत्यावश्यक अधिकार : व्यक्तिगत स्वतन्त्रतामा सम्झौताको कुनै गुन्जाइस छैन । मेरो शरीर, मेरो रोजाइको साँच्चै अर्थ के हो त ?’ एक्समा पोस्ट भएको एउटा भिडियोमा पूर्वप्रथम महिलाले भनेकी छिन् । महिलाको गर्भपतनको अधिकारमा मेलनियाले गरेको वचाउ उनको पति पूर्व अमेरिकी राष्ट्रपति तथा ...
प्रसूति गृहमा प्रभावकारी रक्तसञ्चार सेवा

प्रसूति गृहमा प्रभावकारी रक्तसञ्चार सेवा

स्वास्थ्य
काठमाडौं । धेरै सरकारी तथा निजी अस्पतालका बिरामीलाई रगतको आवश्यकता पर्दा बिरामीको आफन्त रगत जुटाउन दौडिनुपर्ने अवस्था छ । तर अस्पतालमा रहेका बिरामीले रगत चाहिएको अवस्थामा अस्पतालबाट नै रगत पाए भने निकै सहज हुन्छ । बिरामीलाई यो सहज वातावरण सिर्जना गर्ने काम परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले गर्दै आइरहेको छ । अस्पतालका धेरै बिरामीले रगतको व्यवस्थापनका लागि चिन्ता लिनु पर्दैन । ७० प्रतिशत बिरामीलाई आवश्यक पर्ने रगत अस्पतालमा नै उपलब्ध हुन्छ र बाँकी ३० प्रतिशत बिरामीलाई पनि रगत लिन कहाँ जाने भनेर सहजीकरण गर्ने काम अस्पतालका कर्मचारीले नै गर्छन् । प्रसूति गृहले बिरामीलाई आवश्यक पर्ने रगतको आन्तरिक व्यवस्थापन २०६४ देखि नै गर्दै आएको थियो । २०७२ सालभन्दा अघि रेडक्रस सोसाइटीसँग मिलेर रक्त सङ्कलन हुन्थ्यो । २०७२ सालको भूकम्पपछि भने रक्त सङ्कलनको काम पनि प्रसूति गृहले नै सुरु गर्‍यो । ...
वीपी मेमोरियल अस्पतालमा बढ्दैछ बिरामीको चाप

वीपी मेमोरियल अस्पतालमा बढ्दैछ बिरामीको चाप

जीवनशैली, स्वास्थ्य
चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्दो क्रममा छ । विगत चार वर्षको तथ्यांकले यहाँ बहिरङ्ग सेवा लिन आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको देखाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले यहाँ उपचारका लागि आउने बिरामी निरन्तर बढ्दै गएको बताए । पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ जना बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । आव २०७९/८० मा यो संख्या एक लाख ६६ हजार २०० रहेको थियो । यस्तै, आव २०७८/७९ मा एक लाख ७४ हजार ९३५ र आव २०७७/७८ मा एक लाख ३१ हजार ३०५ ले सेवा लिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । सोही अवधिमा उपचारका लागि आएकामध्ये क्यान्सरका नयाँ बिरामीको संख्यासमेत बढ्दो अवस्थामा रहेको पाइएको छ । आव २०८०/८१ मा छ हजार ७९५, २०७९/८० मा छ हजार ४८०, आव २०७८/७९ मा छ हजार ५३५ रहेको र आव २०७७/७८ मा नयाँ बिरामीको संख्य...
लामखुट्टेको टोकाइलाई बेवास्ता नगरौं, लाग्न सक्छ यी ५ गम्भीर रोग

लामखुट्टेको टोकाइलाई बेवास्ता नगरौं, लाग्न सक्छ यी ५ गम्भीर रोग

ताजा समाचार, स्वास्थ्य
काठमाडौं । लामखुट्टेको टोकाइ र यसबाट फैलिने रोगको जोखिमबाट मुक्त हुन असम्भव छ । किनकि वर्षैपिच्छे अत्यधिक गर्मी र वर्षातमा मौसमा यसको आतंक देखिन्छ । यस पटक पनि लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमण अत्यधिक बढेको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो ९ महिनामा साढे ९ हजार केस डेंगुको देखिएको छ । यो महिनामा मात्र २६ सय बढीमा संक्रमण पुष्टि भएको छ । डेंगुसँगै जापानीज इन्सेफलाइटिसबाट संक्रमित हुनेको संख्या पनि बढी रहेको छ । इन्सेफलाइटिसबाट ६१ संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ । वर्षायाममा संक्रामक रोग बढी देखिन्छन् । यो समय बढी जीवाणुहरु आर्द्रताले सक्रिय हुन्छन् । बाढी र निरन्तर वर्षाका कारण सरसफाइमा कमी हुन्छ । पानीको बहाव बढेपछि ढल निकास हुन पाउँदैनन् । ठाउँठाउँमा फोहोर पानीको आहाल बन्छ । जसले लामखुट्टेलाई बढाउँछ । लामखुट्टेको जनसंख्या बढेसँगै यसक...
सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

ताजा समाचार, स्वास्थ्य
काठमाडौँ । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रूपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिएपछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो । उनले यसअघि बागमती प्रदेशअन्तर्गत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगन्जमा रहेको क्यान्सर उपचार सेवा दुई महिनाको अवधिमा थप पाँच प्रदेशमा पुगेको हो । भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेस प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुरमार...
९ हजार ४८६ जनामा डेंगु सङ्क्रमण, ६ जनाको मृत्यु

९ हजार ४८६ जनामा डेंगु सङ्क्रमण, ६ जनाको मृत्यु

ताजा समाचार, स्वास्थ्य
काठमाडौँ । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको हो । सो सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दाबी गर्दै आएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ४ हजार ५३९ जना सङ्क्रमित गण्डकीमा रहेका छन् । यस्तै, बागमतीका २ हजार ४५३ जना, कोशीका १ हजार २७ जना सङ्क्रमित छन् । यस्तै, मधेसमा १८० जना, लुम्बिनीका ६४४ जना, कर्णालीका १३९ जना र सुदूरपश्चिममा ५०४ जनामा डेंगु फैलिएको छ । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । @रातोपाटी ...
दमौली अस्पताललाई उपकरण सहयोग

दमौली अस्पताललाई उपकरण सहयोग

ताजा समाचार, स्वास्थ्य
तनहुँ । दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ भएको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया सेवा उपलव्ध थिएन । मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख डा परिवर्तन बरालले उपकरण सहयोगका लागि आग्रह गरेका थिए । मन्त्रीकै पहलमा उपकरणको प्रबन्ध भएको हो । अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किङ स्टेसन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने उपकरण एक थान र मोनिटर एक थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए । हाल दुई चिकित्सकको व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका शल्यक्रिया गर्नसक्ने प्रमुख बरालले बताए । पित्तथैली तथा स्त्...
पूजाको प्रसाद खाएपछि झापामा ५० जना बिरामी

पूजाको प्रसाद खाएपछि झापामा ५० जना बिरामी

ताजा समाचार, स्वास्थ्य
काठमाडौँ । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको वडा नम्बर नौ खरवन्डी गाउँका करिब ५० जना मानिस बिरामी भएका छन् । स्थानीय छत्र निरौलाको घरमा मंगलबार लगाएको पूजाको प्रसाद खाँदा करिब ५० जना स्थानीय बिरामी परेको पूर्व वडाध्यक्ष पुण्य प्रसाईँले रातोपाटीलाई जानकारी दिए । ‘मंगलबारको पुजा रहेछ । स्थानीयहरूले उक्त दिन प्रसाद खाएपछि बेलुकाबाटै बिरामी हुन थालेछन् । बुधबार धेरै जना बिरामी परेको खबरपछि बिरामीहरूलाई स्थानीय अस्पताल लगिएको थियो’, प्रसाईँले भने, ‘धेरै त बुधबार नै डिस्चार्ज भएका छन् ।’ उनले चार पाँच जना विएण्डसी र केही शनिश्चरे अस्पतालमा अझै उपचाररत रहेको बताए । बिरामी परेकाहरूमा झाडापखाला, बान्ता, पेट फुल्ने र जरो आउने लक्षण देखा परेको थियो । फुडपोइजनका कारण उनीहरू बिरामी परेको हुनसक्ने स्थानीयको भनाइ छ । @रातोपाटी...