Wednesday, December 25

स्वास्थ्य

भेरी अस्पतालमा नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमरको सफल शल्यक्रिया

भेरी अस्पतालमा नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमरको सफल शल्यक्रिया

ताजा समाचार, सुचना/संचार, स्वास्थ्य
२६ भदौ, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमर शल्यक्रिया भएको छ । दिमागको बीच भागमा रहने पिट्युटरी ग्रन्थीमा पलाएको मासुको डल्लो दूरबिन विधिबाट शल्यक्रिया गर्नु जटिल मानिन्छ । यो जटिल खालको शल्यक्रिया भेरी अस्पतालका न्यूरोसर्जन विशेषज्ञ डा. सुवोध गौतम र नाक, कान, घाँटी (ईएनटी) सर्जन डा. सगुन श्रेष्ठको नेतृत्वमा भएको हो । उनीहरुले बर्दियाको गुलरिया नगरपालिका–१२ निवासी ५० वर्षीया सुप्नी थारुको भदौ १६ गते सफल शल्यक्रिया गरेका हुन् । सुप्नीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएकाले डिस्चार्ज गर्ने तयारी छ । डा. गौतमका अनुसार पिट्युटरी ग्रन्थी मान्छेको दिमागको बीच भागमा हुन्छ । यसले शरीरमा भएका अन्य सबै ग्रन्थीको कन्ट्रोल गर्छ । त्यसैले यसलाई मास्टर ग्रन्थी पनि भनिन्छ । उनी भन्छन्, ‘यसमा हुने गडबडीले मानिसमा थाइरोइडको ...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

ताजा समाचार, स्वास्थ्य
२३ भदौ, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि अन्तिम समयमा दीक्षान्त समारोह स्थगित भएको हो । आज स्थगित दीक्षान्त समारोह आगामी २८ कात्तिक बुधबारका दिन हुने भएको छ । प्रतिष्ठानले पहिलोपटक दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । स्थापना भएको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले जानकारी दिए । उपकुलपति रावलका अनुसार प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन् । @अनलाइनखबर...
बिरामीलाई अनावश्यक रेफर गरे भुक्तानी नदिने स्वास्थ्य बीमा बोर्डको चेतावनी

बिरामीलाई अनावश्यक रेफर गरे भुक्तानी नदिने स्वास्थ्य बीमा बोर्डको चेतावनी

ताजा समाचार, स्वास्थ्य
२० भदौं, काठमाडौं। निजी तथा सामुदायिक अस्पतालमा बिरामीलाई अनावश्यक रेफर भइरहेको भन्दै स्वास्थ्य बिमा बोर्डले चेतावनी दिएको छ । बोर्डले बुधबार सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई पत्रचार गर्दै अस्पताल तथा चिकित्सकले संस्थामा सेवा प्रर्याप्त हुँदा पनि अनावश्यक रेफर गरेको र अबदेखि रेफर गनुपर्ने भएमा अनिवार्य रुपमा कारण खुलाउन निर्देशन दिएको छ । स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५, रिफरल कार्यविधि २०८०, कार्यावन्यनमा रहेको सुविधा थैली, दाबी समिक्षा निर्देशिका (पहिलो संसोधन) २०८१ र रयिल टाइम कार्यविधि २०८० विपरित निजी तथा सामुदायिक अस्पतालमा चिकित्सक सेवाको आचरण विपरित काम भइरहेको बोर्डले जनाएको छ । ‘चिकित्सक सेवाको आचरणविपरीत अनावश्यक रुपमा रेफर गरेको पाइएको छ। अब उप्रान्त आफे संस्थामा भइरहेको सेवालाई ख्याल नगरी अन्तै कतै रेफर गर्न पाइने छैन,’ बोर्डले पत्रचार गर्दै भनेको छ,...
डेंगुको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

डेंगुको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

ताजा समाचार, स्वास्थ्य
१९ भदौ, चितवन । चितवनमा डेंगुको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए । उनका अनुसार बिरामीमा कडा खालको डेंगु देखिएको थियो । शरिरका विभिन्न भागबाट रक्तश्राव भई अंगहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेंगुको संक्रमणका कारण मृत्यु भएको थियो । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेंगुको संक्रमण देखिएको छ । तीन हजार...
स्वास्थ्य परीक्षणको गुणस्तर र प्रणाली सुधार्न कार्यदल गठन

स्वास्थ्य परीक्षणको गुणस्तर र प्रणाली सुधार्न कार्यदल गठन

ताजा समाचार, स्वास्थ्य
१८ भदौ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशिने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल चेक)लाई वस्तुनिष्ठ तथा वैज्ञानिक बनाउनेबारे अध्ययन समिति गठन गरेको छ । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा चलखेल हुने र राम्रो परीक्षण नहुँदा विदेश पुगेर श्रमिक पीडित हुनुपर्ने अवस्था बढ्दै गएपछि मन्त्रालयले एक विज्ञ समिति गठन गरेर सुझाव मागेको हो । १३ भदौको मन्त्रिस्तरीय निर्णयानुसार वैदेशिक रोजगार नियमावली, २०६५ को दफा ४६ बमोजिम डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा विशेषज्ञ चिकित्सकहरु सम्मिलित १६ सदस्यीय कार्यदल गठन भएको हो । श्रमिकको स्वास्थ्य प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम बनाएर विद्यमान जनगुनासो र समस्यालाई व्यवस्थित गर्न समिति गठन गरिएको मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले जानकारी दिए । समितिले आगामी दिनहरुमा श्रमिकको स्वास्थ्य पर...
बिदाको दिन सरकारी अस्पतालमा ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको पत्र

बिदाको दिन सरकारी अस्पतालमा ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको पत्र

ताजा समाचार, स्वास्थ्य
१७ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारी अस्पतालहरुलाई पत्राचार गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो । मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ । ७ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र लेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्न आग्रह गरेको थियो । ‘… सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोह...
जिंक शरीरलाई किन जरुरी हुन्छ ?

जिंक शरीरलाई किन जरुरी हुन्छ ?

ताजा समाचार, स्वास्थ्य
शरीरलाई राम्रोसँग काम गर्न पोषक तत्त्व चाहिन्छ । खानाको माध्यमबाट पोषक तत्त्वहरूले शरीरलाई स्वस्थ राख्न, अंगहरुलाई राम्रोसँग काम गर्न र रोगहरूबाट बच्न शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । शरीरलाई आवश्यक पर्ने तत्त्वमध्ये पोटासियम, म्याग्नेसियम र आइरन जस्तै जिङ्क पनि एक हो । शरीरका धेरै कार्यमा यसको विशेष योगदान रहेको हुन्छ । शरीरलाई बाहिरी संक्रमणबाट जोगाउन जिङ्कको महत्वपूर्ण भूमिका हुन्छ । जिङ्क एक खनिज हो, जुन शरीरको धेरै सामान्य कार्य र प्रणालीका लागि आवश्यक हुन्छ । प्रतिरक्षा प्रणाली, घाउ निको पार्ने, रगत जम्ने, थाइराइड कार्य, स्वाद र गन्धका लागि यसको भूमिका हुन्छ । साथै जिङ्कले गर्भावस्था, बाल्यकाल र किशोरावस्थामा सामान्य वृद्धि र विकासमा पनि मद्दत गर्छ । जिङ्कको कमी भए के हुन्छ ? कमजोर प्रतिरक्षा प्रणाली प्रतिरक्षा प्रणाली बलियो बनाउन जिङ्कको महत्वपूर्ण भू...
नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु, ७ जना बिरामी

नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु, ७ जना बिरामी

ताजा समाचार, स्वास्थ्य
१७ भदौ, बाँके । नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिए । भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए । उनले भने, ‘आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।’ झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।...
अस्पताल निर्माणको जनस्तरबाट निगरानी होस् : अर्थमन्त्री पौडेल

अस्पताल निर्माणको जनस्तरबाट निगरानी होस् : अर्थमन्त्री पौडेल

ताजा समाचार, स्वास्थ्य
१५ भदौ, बुटवल। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा बन्न लागेको १२ सय शैय्याको प्रादेशिक अस्पताल भवन निर्माणको जनस्तरबाट नियमित निगरानी हुनुपर्ने बताएका छन् । अस्पताल भवन लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना र बुटवलकै ठूलो पूर्वाधार भएकाले निर्माण कम्पनीलाई गुणस्तरीय काम गराउन खबरदारीका लागि जनस्तरबाट निगरानी हुनुपर्नेमा अर्थमन्त्री पौडेलले जोड दिए । अस्पताल भवनको शिलान्यासपछि बोल्दै अर्थमन्त्री पौडेलले छिटो काम सक्ने नाममा गुणस्तरहीन काम हुन नदिन नागरिक समाज, मिडिया, स्थानीय र प्रदेश सरकार सबैले निगरानी बढाउनुपर्नेमा जोड दिए । उनले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताए । ‘६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतको यो अस्पताल भवन बुटवलकै ठूलो गेमचेन्जर आयोजना हो,यसको गुणस्तरमा कुनै प्रश्न आउनुहुंदैन,’निर्माण कम्पनलाई इंगित गर्दै पौडेलले भने, ‘छिटो काम सक्ने ...
काठमाडौँ महानगर क्षेत्रका ५० मध्ये २० अस्पताल फोहोर व्यवस्थापन मापदण्ड विपरीत

काठमाडौँ महानगर क्षेत्रका ५० मध्ये २० अस्पताल फोहोर व्यवस्थापन मापदण्ड विपरीत

ताजा समाचार, सुचना/संचार, स्वास्थ्य
काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गतका कतिपय अस्पतालहरु फोहोर व्यवस्थापन मापदण्ड अनुसार चल्न नसकेको पाइएको छ ।  गतवर्ष उपत्यकाका ५० वटा अस्पतालमा अनुगमन गर्दा २० वटा अस्पतालले फोहोर व्यवस्थापन मापदण्ड पालन नगरेको पाइएको महानगरको वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।  राईका अनुसार पछिल्लो पटकको अनुगमनमा मात्रै ५ वटा अस्पतालले फोहोर व्यवस्थापनको मापदण्ड पालन नगरेकोको पाइएको छ । ती अस्पतालहरुमा सहिद मेमोरियल अस्पताल, नेपाल इन्टरनेशन अस्पताल, हिमाल अस्पताल लगायत  रहेको उनको भनाइ छ ।  'फोहोर व्यवस्थापनको मापदण्ड पालन नगरेका अस्पताललाई  कारबाही गरेका छैनौँ,'  शुक्रबार आयोजित वायु प्रदूषणले बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा पारेको असरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले भनिन्, 'उहाँहरुलाई फोहोर व्यवस्थापनको मापदण्ड  पालन गर्न मौका दिइएको छ, ...