Tuesday, December 24

स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको सचिव र न्यूरोको डाक्टर हुँ भनेर ४० लाख ठगी

स्वास्थ्य मन्त्रालयको सचिव र न्यूरोको डाक्टर हुँ भनेर ४० लाख ठगी

ताजा समाचार, स्वास्थ्य
११ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयको सचिव र डाक्टर हुँ भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार रौतहटको राजदेवी नगरपालिका–७ घर भएका ५९ वर्षका सत्येन्द्रप्रसाद यादवविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गरेको हो । तर एक वर्षसम्म यादवलाई प्रहरीले पक्राउ गर्न नसकेपछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । यादवले आफू स्वास्थ्य मन्त्रालयको सचिव र न्यूरोको डाक्टर हुँ भन्दै बिरामीलाई ठगी गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार काठमाडौंकी मायाश्वरीका श्रीमान उद्धवराज पन्त न्यूरोको बिरामी थिए । एक वर्षअघि श्रीमानलाई पशुपतिनाथ मन्दिर लैजाँदा मायाश्वरीको भेट सत्येन्द्रसँग भएको थियो । त्यतिबेला उनले आफ्नो नाम सत्येन्द्र अधिकारी बताएका थिए भने ...
तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल

तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल

ताजा समाचार, स्वास्थ्य
७ भदौ, काठमाडौं। तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताए । उनका अनुसार मेडिकल टिमसहितको टोली पठाइएको छ । गभीर घाइतेहरुलाई हेलिकप्टरमाफर्त काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइने उनले बताए । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । सो क्रममा १४ जनाको यात्रुको मृत्यु भएको छ भने १६ घाइतेको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी दीपक कुमार रायले ४१ यात्रु र बसमा २ स्टाफ (चालक, सहचालक) गरी जम्मा ४३ जना रहेको खुलेको छ । दुर्घटनामा परेको भारतको गोरखपुरबाट नेपाल...
तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

Travel, ताजा समाचार, स्वास्थ्य
७ भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ । बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ ।तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । उनका अनुसार बसमा चालक, सहचालकसहित ४३ जना थिए । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा ...
संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

ताजा समाचार, स्वास्थ्य
५ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर भएको हो । अस्पतालमा खेर गइरहेका उपकरण मर्मतमा सघाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो । अब केन्द्रले हाल मन्त्रालयअन्र्तगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिने र त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्ने सम्झौतामा उल्लेख छ । कार्यक्रममा मन्त्री पौडेलले अ...
१५ करोडको अस्पताल भवन हस्तान्तरण नहुँदा उपयोगविहीन

१५ करोडको अस्पताल भवन हस्तान्तरण नहुँदा उपयोगविहीन

ताजा समाचार, स्वास्थ्य
३२ साउन, नवलपुर । नवलपरासीको डेढगाउँमा १५ करोड ३२ लाख रुपैयाँमा बनेको सुविधासम्पन्न आधारभूत अस्पताल भवन उपयोगविहीन बनेको छ । निर्माण कम्पनीले भुक्तानी नपाउँदा ५ महिनादेखि उपयोगविहीन भएको हो । प्रमुख प्रशासकीय अधिकृत उज्वलबहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो । ‘निर्माण व्यवसायीलाई रु दुई करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ । रकम प्राप्त भएपछि भुक्तानी गर्छौँ,’ बस्नेतले भने । बौदिकाली गाउँपालिका–२ डेढगाउँमा गत चैतमा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन अझै सञ्चालनमा आएको छैन । निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न बाँकी भए पनि नयाँ भवनमा अस्पताल सञ्चालन गर्न मौखिक स्वीकृति दिइएको प्...
अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा

अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा

अन्तरास्ट्रिय, स्वास्थ्य
३१ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकी मुलुकहरुमा मङ्कीपक्स (एमपक्स)को संक्रमण बढेपछि स्वास्थ्य आपतकाल घोषणा गरेको छ । बुधबार बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य निमामकको आपतकालीन कमिटीको बैठकमा सदस्यहरुको सुझावपछि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य आपतकाल घोषणा गरेको डब्ल्यूएचओले जनाएको छ । कुनै रोगको संक्रमण तीव्ररुपमा फैलिने जोखिम देखेमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय कानुन अनुसार आपतकाल घोषणा गर्दछ । अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मंगलबार नै यो स्थितिको विश्लेषणपछि स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । अति संक्रामक रोग एमपक्स अफ्रिका महाद्वीपको कंगो गणराज्यबाट सुरु भएको थियो । यसको संक्रमण हाल बुरुण्डी, केन्या, रुवान्डा र युगाण्डासम्म फैलिसकेको छ । यसबाट ५२४ जनाको मृत्यु भइसकेको र १४ हजारभन्दा बढीमा स...
अस्पतालमा बिरामीको लाइन हटाउने योजनामा प्रधानमन्त्रीको चासो

अस्पतालमा बिरामीको लाइन हटाउने योजनामा प्रधानमन्त्रीको चासो

ताजा समाचार, स्वास्थ्य
२५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको हटाउने विषयमा चासो दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोधेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदहाली गरेदेखि नै अस्पतालमा लाग्ने लाइनहरू हटाउन सुझाव संकलन गरिरहेका छन् । प्रधानमन्त्री ओलीले पनि त्यसमा रूची देखाएका हुन् । प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरे । ‘सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । बिरामीलाई भर्न...
बडिगाड पहिरोमा थप एक जनाको शव भेटियो, दुई जना बेपत्ता

बडिगाड पहिरोमा थप एक जनाको शव भेटियो, दुई जना बेपत्ता

ताजा समाचार, समाज, स्वास्थ्य
२४ साउन, काठमाडौं । गत मङ्गलबार यहाँको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव बिहीबार बिहान फेला परेको हो । १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । पहिरोले घर पुरिँदा बेपत्ता भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको उनको भनाइ छ । पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मंगलबार नै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकार...
हेलिकप्टर दुर्घटनाका शवको पोस्टमार्टम गरिंदै

हेलिकप्टर दुर्घटनाका शवको पोस्टमार्टम गरिंदै

ताजा समाचार, स्वास्थ्य
२४ साउन, काठमाडौं । बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने हुन्छ । काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो ।...
हेलिकप्टर दुर्घटनाका शव टिचिङमा, पोस्टमार्टम भोलिदेखि

हेलिकप्टर दुर्घटनाका शव टिचिङमा, पोस्टमार्टम भोलिदेखि

ताजा समाचार, स्वास्थ्य
२३ साउन, काठमाडौं । बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाबाट ज्यान गुमाएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार भोलि बिहान ८ बजेबाट पोस्टमार्टम सुरु हुनेछ । उनका अनुसार शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने हुन्छ ।...