Tuesday, December 24

स्वास्थ्य

गुल्मी पहिरो अपडेट : ४ जनाको मृत्यु, २ घाइते

गुल्मी पहिरो अपडेट : ४ जनाको मृत्यु, २ घाइते

जीवनशैली, ताजा समाचार, मौसम, समाज, स्वास्थ्य
२२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् । मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ ।...
पोखरा स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै

पोखरा स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै

ताजा समाचार, शिक्षा, स्वास्थ्य
१४ साउन, पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।...
पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २९ जना घाइते

पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २९ जना घाइते

ताजा समाचार, शिक्षा, स्वास्थ्य
१४ साउन, पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।...
६ गल्ती, जसले गर्न सक्छ मिर्गौला खराब

६ गल्ती, जसले गर्न सक्छ मिर्गौला खराब

ताजा समाचार, स्वास्थ्य
मिर्गौलाले शरीरमा विभिन्न क्रिया हुँदा निस्कने विकारलाई रगतबाट छानेर बाहिर फाल्छ । मिर्गौलाको प्रमुख काम पिसाब बनाउनु पनि हो । मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछ । शरीरलाई चाहिने अनेकथरी तत्त्वको मात्रा यसले व्यवस्थापन गर्छ । साथै, आवश्यकताभन्दा बढी पानीलाई पनि शरीर बाहिर पठाउने काम मिर्गौलाले नै गर्छ । जब मिर्गौलामा कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन । मिर्गौलामा जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । साथै उपचार विधि पनि महंगो हुने गर्छ । त्यसैले सम्भव भएसम्म मिर्गौलालाई स्वस्थ राख्न प्रयास गर्नुपर्छ । मिर्गौलाको समस्या जो कोहीलाई पनि हुन सक्छ । यसलाई उन्मूलन गर्न सकिंदैन, तर हामी यसलाई नियन्त्रण गर्न सक्छौं । अस्पतालमा आउने बिरामीको संख्यालाई ह...
दिमागलाई कमजोर पार्नसक्ने ६ गल्ती

दिमागलाई कमजोर पार्नसक्ने ६ गल्ती

What's Hot, जीवनशैली, ताजा समाचार, स्वास्थ्य
तन र मनलाई नियन्त्रण गर्ने केन्द्र हो मस्तिष्क । शरीरको कार्य सञ्चालन र भावनामा मस्तिष्क अर्थात् दिमागको भूमिका हुन्छ । हामी के सोच्छौं, के महसुस गछौं, दैनिक घटिरहेको समयलाई कति याद गर्छौं ? कसरी हिंड्ने र बोल्ने ? यी सबै दिमागमै नियन्त्रणमा हुन्छ । दिमागले राम्रोसँग काम गर्न यसको स्वस्थतामा पनि ध्यान पुर्‍याउनुपर्छ । दमागमा कुनै चोटपटक लागेर मात्रै अस्वस्थ हुँदैन । कहिलेकाहीं अञ्जानमा आफ्नै सानातिना व्यवहार र आनाबानीले पनि दिमागलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा हानि पुर्‍याइरहेको हुन्छ । मस्तिष्कलाई हानि गर्ने केही बानी अनिद्रा निद्राको कमी दिमागको लागि हानिकारक हुनसक्छ । जब दैनिकजसो हामी पर्याप्त निद्रा लिन सक्दैनौं, तब हाम्रो दिमागले सही ढंगले काम गर्न सक्दैन । फलस्वरुप, कुनै कुरामा ध्यान केन्द्रित गर्न, स्मरण गर्नेदेखि बौद्धिक क्षमतामा कमी आउन सक्छ । लामो समयसम्म निद्राको क...
क्रोएसियामा नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु

क्रोएसियामा नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार, स्वास्थ्य
८ साउन, काठमाडौं । क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम)मा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए । यो घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा केही घाइते भएका छन् । चार जना घाइतेहरुको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्ति त्यहाँबाट फरार भएर एक क्याफेमा लुक्न गएका थिए । उनलाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको छ । उनको साथबाट अवैधानिक बन्दुक बरामद भएको क्रोएसियाका मिडियाहरुले उल्लेख गरेका छन् । उनी सेवानिवृत्त सैन्यकर्मी भएको खुलेको छ । तर उनले गोली चलाउनुको कारण भने खुलेको छैन । स्थानीय मिडियाहरुका अनुसार उनले गोली चलाएर हत्या गरेका व्यक्तिहरुमध्ये एक जना उनको नातेदार पनि ह...
यार्सागुम्बा कति स्वास्थ्यबर्द्धक ?

यार्सागुम्बा कति स्वास्थ्यबर्द्धक ?

ताजा समाचार, स्वास्थ्य
नेपालको हिमाली भेगमा ज्यानको बाजी लगाएर यार्सागुम्बा टिप्न जानेको लर्को लागेको त हामीले सुनेकै, देखेकै छौं । यार्सागुम्बा नेपालबाट लाखौंको भाउमा विदेशी मुलुकमा बिक्री गरिन्छ । यसबाट बुझ्न सकिन्छ, यार्सागुम्बा बहुमूल्य छ । यो स्वास्थ्यबर्द्धक, शक्तिबर्द्धक र रोगप्रतिरोधी क्षमताले भरिपूर्ण हुन्छ । शरीरमा लाग्नसक्ने कैयौं रोगलाई यार्सागुम्बाको सही प्रयोगले निको पार्न सकिन्छ । यो आयुर्वेदमा मात्र नभई एलोप्याथिक औषधिमा पनि प्रयोग भएको पाइन्छ । यार्सागुम्बा वनस्पति हो कि कीरा ? यार्सागुम्बा झुसिलकीरा र ढुसीको संयोजनबाट बनेको हुन्छ । गर्मीयाममा झार जस्तै हुन्छ, हिउँदमा कीराको रूपमा रहन्छ । झुसिलकीरामा च्याउ प्रजातिको ढुसी आएको हुन्छ । यही ढुसी बढेपछि यसलाई यार्सागुम्बा भनिन्छ । त्यसैले यसलाई वनस्पति र जीवको समिश्रण पनि भन्ने गरिन्छ । यार्सागुम्बा हिमाली भाषाले दिएको नाम हो । यार्साको ...
पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका वृद्धको मृत्यु

पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका वृद्धको मृत्यु

ताजा समाचार, स्वास्थ्य
३ असार, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका-२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् । मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए । प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो ।...
चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट एक बिरामीले हाम फाले

चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट एक बिरामीले हाम फाले

ताजा समाचार, स्वास्थ्य
३ साउन, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् । कलेज स्रोतका अनुसार ती बिरामी केही दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए । क्यान्सरको उपचार गराइरहेका ती बिरामीको ७० वर्ष माथि भएको कलेज स्रोतको भनाइ छ । भवनबाट हाम फालेर घाइते भएका उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।...
चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार, स्वास्थ्य
३ साउन, काठमाडौं । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी भएको थियो । सरकारी समाचार एजेन्सीका अनुसार घटनास्थलमा रातभर आगो निभाउने र उद्धार गर्ने काम जारी थियो । त्यहाँबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको थियो । आगलागीको कारण खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानमा भवनमा जारी निर्माण कार्य भइरहेका बेला त्यहीँबाट आगो सल्किएको अनुमान छ । आगो लागेको बेला भवन भित्र र त्यस वरपरको क्षेत्रमा कालो धुँवाको मुस्लो उडेको थियो । चीनमा धेरैजसो बिजुली सर्ट भएर वा ग्याँस लिक भएर आगलागीका घटना हुने गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार गत मई महिनासम्मको अवधिमा आगलागीका घटना गत वर्षको तुलनामा १९ प्रतिशत बढी भएको छ । होटल र रेष्टुरेन्टमा मात्रै ४० प्रतिशतले आगलागीका घटना बढेका छन् ।...