Tuesday, December 24

What’s Hot

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु

What's Hot, ताजा समाचार, समाज
१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते भएका शंकर पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका थिए । ललितपुरको गोदावरी नगरपालिका– ६ आनन्द वनमा पनि डढेलो फैलिंदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।...
कतारबाट फर्केका नेपाली सिनामंगलमा बन्धक, २ जना पक्राउ

कतारबाट फर्केका नेपाली सिनामंगलमा बन्धक, २ जना पक्राउ

What's Hot, अन्तरास्ट्रिय, ताजा समाचार, समाज
१८ वैशाख, काठमाडौं । कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ । सोमबार कतारबाट काठमाडौं आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा सिनामंगलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीले सिकेन्द्रलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई पक्राउ गरेको छ । उनीहरुले सिकेन्द्रलाई ४ लाख ८० हजार रुपैयाँ माग गर्दै एउटा कोठामा बाँधेर राखेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।...
पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेश निरन्तर

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेश निरन्तर

What's Hot, अन्तरास्ट्रिय, ताजा समाचार
१८ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि काम नगर्न नगराउन यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । उच्च अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले १७ वैशाखमा यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो । १० वैशाखमा न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलाशले जारी गरेको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाएको हो । पक्ष र विपक्ष दुवैसँग छलफल गरेपछि उच्च अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । पर्यटन बोर्डमा रिक्त सीईओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयनसमेत गैरकानुनी भएको र छनोट उपसमिति पनि अवैधानिक रहेको भन्दै उच्च अदालत पाटनले यसअघि अल्पकालीन अ...
इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु हुने

इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु हुने

What's Hot, अन्तरास्ट्रिय, राजनीति
१६ वैशाख, इलाम । इलाम-२ मा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । गौतम बुद्ध सभागृह (सिटी हल) मा सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको बताए । निर्वाचन आचारसंहिता र मतगणनासम्बन्धी कार्यविधिलाई टेकेर सहमति गराइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । शनिबार सबै मतपेटिका नआइपुगेका कारण सर्वदलीय बैठक आज बसेको हो । मतपेटिका संकलन शनिबार राति २ बजेमात्रै सकिएको थियो । मतगणना सिटी हलमै हुनेछ । इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो । इलाम-२ मा दलका र स्वतन्...
गुल्मीमा मलामी सवार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ घाइते

गुल्मीमा मलामी सवार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ घाइते

What's Hot, ताजा समाचार, समाज, स्वास्थ्य
१६ वैशाख, गुल्मी । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जिप गएराति सत्यवती गाउँपालिका वडा नम्बर–४ मौरीओडारमा दुर्घटना भएको थियो । दुर्घटनामा परी सत्यवती गाउँपालिका वडानम्बर–५ निवासी ३१ वर्षका कृष्ण थापा, ३५ वर्षका यसबहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन् । त्यस्तै ५३ वर्षका पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी, ३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना र चालक सत्यवती गाउँपालिका–४ ...
गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो

गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो

What's Hot, ताजा समाचार, समाज
१२ वैशाख, गुल्मी । गुल्मीमा विद्युतको तारबाट खरबारीमा आगलागी हुँदा एउटा घर नलेर नष्ट भएको छ । रूरूक्षेत्र गाउँपालिका- ५ को खरबारीमा सल्किएको आगोले गिरिबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । विद्युतको तारबाट खरबारीमा आगलागी हुँदै घरमा पुगेको थियो । आगलागीबाट घरमा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए । गर्मी र सुख्खा याम सुरु भएसँगै जिल्लाका दर्जन बढी स्थानका सामुदायिक वनजंगलमा आगलागी भइरहेको छ । आगलागीबाट करोडौंको क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा आगलागीबाट झन्डै एक सयभन्दा बढी घरगोठसहित पशुचौपाया जलेर नष्ट भएको प्रहरीले जनाको छ ।...
मासु कति खाने ?

मासु कति खाने ?

What's Hot, जीवनशैली, ताजा समाचार, समाज, स्वास्थ्य
मासुलाई प्रोटिनको राम्रो स्रोतको रूपमा मानिन्छ । मासुबाट प्राप्त हुने प्रोटिनमा बढी ‘बायोलोजिकल भ्यालु’ हुन्छ । यसको अर्थ मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ । सही ढंगले सही मात्रामा मासु खाने हो भने त्यसले शरीरलाई फाइदा गर्छ । तर सही किसिमको मासु छनोट गर्न, भण्डारण गर्न, पकाउन र खान जानिंदैन भने त्यसबेला मासु हानिकारक बन्ने पोषणविद् आरेम कार्की बताउँछन् । दैनिक कति मासु खाने ? मानिसको तौल, शारीरिक बनावट, कामको प्रकृति, व्यायाम र स्वास्थ्य अवस्थाअनुसार मासु कति खाने भन्ने कुरा निर्धारण हुन्छ । एक वयस्क मान्छेले दैनिक प्रतिकिलो तौल एक ग्राम मासु खान सक्छन् । उदाहरणका लागि ७० केजी तौल भएको व्यक्तिले ७० ग्राम मासु (चारदेखि पाँच टुक्रा) मासु खानु राम्रो हुने पोषणविद् कार्की बताउँछन् । जर्मन पोषण समाज र विश्व क्यान्सर अनुसन्धान कोषले एक हप्तामा ५०० ग्राम भन्दा...
मधेश प्रदेशमा नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

मधेश प्रदेशमा नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

What's Hot, राजनीति
६ वैशाख, जनकपुरधाम । मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । बिहीबार नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई उद्योग तथ पर्यटज मन्त्रालय र नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र गृह सञ्चार तथा कानुन राज्यमन्त्री नियुक्त भएकी एमालेकी शारदा थापाले शपथ लिएका हुन् । माओवादीले उद्योग पर्यटनमन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर उनको ठाउँमा भट्टराईलाई मन्त्री बनाएको हो । राज्यमन्त्रीसहित चारैजना नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । तीन मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराएका हुन् । १५ महिनाको अन्तरालमा मुख्यमन्त्री यादवले ११ औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।...
भारतीय प्रहरीको दाबी– मुठभेडमा २९ माओवादी मारिए

भारतीय प्रहरीको दाबी– मुठभेडमा २९ माओवादी मारिए

What's Hot, अन्तरास्ट्रिय, राजनीति, समाज
५ वैशाख, काठमाडौं । भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ । यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरुले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरुलाई बधाई दिएका छन् । छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो । सुरुमा प्रहरीले १८ जना माओवादी मारिएको जानकारी दिएको थियो । पछि फेरि प्रहरीले विज्ञप्ति जारी गरी २९ जना माओवादीको शव बरामद भएको र ३ जना प्रहरी घाइते भएको जानकारी दिएको हो । बस्तर क्षेत्रमा १९ अप्रिलमा लोक सभा निर्वाचन हुनुअघि माओवादीहरु मारिएका हुन् । लोक सभा चुनाव बहिस्कार गर्न माओवादीले अपिल गरेको थियो । भारतको केन्द्रीय गृहमन्त्री अमित शाहले छत्तीसगढमा माओवादीलाई मार्न सफल भएको भन्दै प्रहरील...
काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

What's Hot, अन्तरास्ट्रिय, स्वास्थ्य
५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका अनुसार शिविर वैशाख महिना भरी सञ्चालन हुने छ । कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच भएको थियो । आजदेखि वडास्तरीय परीक्षण शिविर सुरु हुनेछ । यस क्रममा वडा नं. ३१ भीमसेनगोलामा बुधबार र विहीबार गरी २ दिन शिविर चल्नेछ । ७ गते शुक्रबार, ९ गते आइतबार र १० गते सोमबार इनबहालमा वडा नं. २५ र २७ को संयुक्त शिविर हुनेछ । ११ गते मंगलबार र १२ गते बुधबार वडा नं. ३ महाराजगञ्जमा हुनेछ । १४ गते शुक्रबार वडा नं. २६ लैनचौरमा, १६ गते आइतबार वडा नं. २० भीमसेनस्थानमा, १७ गते...