Wednesday, January 8

सिके राउतलाई कांग्रेस नेता यादवले भने- हामीमाथि औंला उठाउने अधिकार छैन

२३ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवले मधेशमा कांग्रेस र नेकपा एमालेप्रति आरोप लगाउने अधिकार जनमत पार्टीलाई नभएको बताएका छन् । जनमतले लगाएको आठबुँदे गम्भीर आरोपको खण्डन गर्दै उनले यस्तो बताएका हुन् ।

मधेश प्रदेश सभाको चौथो अधिवेशनको प्रथम बैठकमा शुभकामना मन्तव्य राख्दै कांग्रेस संसदीय दलका नेता समेत रहेका यादवले जनमतका अध्यक्ष डा। सिके राउतले लगाएको आरोप पुष्टि गर्न चुनौती समेत दिए ।

मधेशमा कांग्रेस र एमालेप्रति आरोप लगाउने अधिकार राउतलाई नभएको उनको तर्क छ । उनले बौद्धिक रूपमा डा. सिके राउत अगाडि भए पनि व्यवहारिक रूपमा कमजोर रहेको आरोप लगाए ।

‘जनमतका अध्यक्ष डा. सिके राउतले कांग्रेस र एमालेप्रति के आधारमा मुख्यमन्त्रीलाई घेराबन्दी गरेर भ्रष्टाचार गरेको भन्नुभयो । आउनुस् डिबेट गर्नुस्,’ उनले भने, ‘आफू गर्न सकेन भने अरूलाई दोष देखाएर हुन्नँ । मधेशमा तपाईंकै नेतृत्वको सरकार छ । कांग्रेस(एमाले सत्ता घटक दल हो । गर्न सकेन भने मुख्यमन्त्रीसँग सोध्नुस् । कांग्रेस र एमालेमाथि औंला उठाउने अधिकार तपाईंलाई छैन ।’

उनले सरकारले अहिलेसम्म विकासे काम नै अघि बढाउन नसकेको र मुख्यमन्त्रीले नै कर्मचारीको सरुवा/बढुवा लगायतको बढी काम गरेको बताउँदै कसले भ्रष्टाचार गर्‍यो भन्ने कुरा प्रष्ट हुने तर्क गरे ।

विगतमा जनतमा थुप्रै आश्वासन बाँडेको र सत्तामा आएपछि सरकारले काम अघि बढाउन नसकेकाले आफैँ गर्न नसक्ने र अरूमाथि औंला उठाउने अधिकार डा. राउतको नभएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *