धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट
इलेक्ट्रोनिक सिगरेट (भेप)को प्रयोग हाल विश्वभर नै व्यापक रुपमा भइरहेको छ । अझ युवाहरुमा यसको प्रयोग अत्याधिक छ । नेपालमा यकिन तथ्यांक नभएपनि युवाहरुमा यसको प्रयोग दिनानुदिन बढ्दै गइरहेको यथार्थ पनि हामी माझ छ । यसको सुरुवात चुरोट छुटाउने माध्यम वा सुर्तीको लतको समाधानको रुपमा भएको देखिन्छ । हाल आएर भने प्रयोगकर्ताहरुले यसलाई मनोरन्जन वा भनौं फरक पहिचानको माध्यमको रुपमा यसलाई प्रयोग गर्ने गरेको देखिन्छ ।
विश्व स्वास्थ्य संगठन तथा विभिन्न अनुसन्धानअनुसार यसमा सुर्तीको लत व्यवस्थापनमा उपयोगी हुने असर खासै छैन, बरु ठीक विपरीत चुरोट सेवन नगर्ने मानिसमा समेत यसले चुरोट सुरु गर्ने माध्यम (गेटवे) को रुपमा भूमिका निर्वाह गरिरहेको छ ।
के हो ई–सिगरेट ?
यो एक प्रकारको विद्युतीय उपकरण हो, जसले तरलरूपमा रहेको सूर्तीजन्य पदार्थ र यसमा प्रयोग भएको वास्ना (फ्लेभर)लाई तताएर बाफमा परिणत गर्छ । प्रयो...