सेयर बजारले कसरी काम गर्छ, लगानी कसरी गर्ने ?
२४ साउन, काठमाडौं । सेयर बजारबाट लगानीकर्ताले विभिन्न प्रकारका धितोपत्रहरूमा अल्पकालीन वा दीर्घकालीन लगानी गरी मुनाफा आर्जन गर्ने वा आफ्नो लगानी अभिवृद्धि गर्न सक्दछन् । सेयर बजारमा कारोबार गर्ने क्रममा विभिन्न व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरू संलग्न रहेका हुन्छन् ।
नेपाली पूँजीबजार अन्तर्गत हाल प्राथमिक बजारमा ऋणपत्र र सामूहिक लगानी योजना बाहेकको निष्कासनमा व्यक्तिगत लगानीकर्ताहरूलाई मात्रै आईपीओमा सहभागी हुन दिइएको छ । यसरी गरिएको व्यवस्था अनुरूप आईपीओमा गरिएको लगानीमा प्रतिफल सुनिश्चित जस्तै भएकाले नेपाली लगानीकर्ताहरूमाझ यो प्रकारको लगानी निकै लोकप्रिय छ ।
धितोपत्रको दोस्रो बजार अन्तर्गत आईपीओ जारी गरेका कम्पनी वा संगठित संस्थाका धितोपत्रहरूलाई सूचीकृत गरी कारोबार गर्ने व्यवस्था मिलाइएको हुन्छ । नेपालमा हाल एउटा मात्रै धितोपत्रको दोस्रो बजार रहेको छ । यसलाई नेपाल स्टक एक्सचेन...