Monday, December 23

विजनेस

गुल्मीमा धान रोप्ने क्षेत्रफल घट्दै

गुल्मीमा धान रोप्ने क्षेत्रफल घट्दै

ताजा समाचार, विजनेस
१७ साउन, गुल्मी । गुल्मीमा बर्सेनि धान रोप्ने क्षेत्रफल घट्दै गएको छ । पछिल्ला केही वर्षमा धान रोप्ने क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्र गुल्मीको तथांकमा उल्लेख छ । आधा साउन सकिंनै लाग्दा जिल्लाभर ९३ प्रतिशत धान रोपाइँ भएको छ । यहाँ यसपटक ७ हजार १८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा केही कम हो । गुल्मीमा जेठको अन्तिम साताबाट रोपाइँ सुरु गरेर साउनको अन्तिम सातासम्म बर्खे धान रोप्ने गर्दछन् । छिटफुट बाहेक जिल्लामा धान रोपाइँ सकिएको छ । जिल्लामा कुल ८ हजार ९५३ हेक्टरमा धान खेती गर्ने उब्जाउ योग्य जमिन रहेको छ । तर, बर्सेनि क्षेत्रफल घटर्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार जिल्लामा २०७७/०७८ मा ७ हजार ९२६, २०७८/०७९ मा ७ हजार ८४४ र हेक्टर र २०७९/०८० मा ७ हजार २१० हेक्टरमा क्षेत्रफलमा धान खेती गरेको पाइएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज ...
बाढीले भोजपुरको इर्खुवा जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता

बाढीले भोजपुरको इर्खुवा जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता

ताजा समाचार, विजनेस
१६ साउन, काठमाडौं । मध्यराति आएको बाढीले भोजपुरको इर्खुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू छन् । जिल्ला प्रशासन कार्यालय भोजपुरका सूचना अधिकारी बस्नेतका अनुसार राति करिब १ बजेतिर खोलामा आएको बाढीले ३ जनालाई बगाएको थियो । त्यसमध्ये एकजना भने बच्न सफल हुँदा २ जना सम्पर्कविहीन भएका हुन् । ‘घटनास्थलमा टोली परिचालन भइसकेको छ । थप विवरण आउन बाँकी छ’, उनले भने । बाढीमा बगेर घाइते भएका २६ वर्षीय राम किसन थारूको उपचार भइरहेको प्रशासनले जनाएको छ । बाढीले केही घरमा पनि क्षति पुर्‍याएको बस्नेतले जानकारी दिएका छन् । ‘बाढीले कति क्षति पुर्‍याएको छ भन्नेबारे बुझ्ने काम भइरहेको छ, एकिन भइसकेको छैन’, उनले भने ।...
२७३५ अंक पुगेर झर्‍यो सेयर बजार, साढे १९ अर्ब नाघ्यो कारोबार

२७३५ अंक पुगेर झर्‍यो सेयर बजार, साढे १९ अर्ब नाघ्यो कारोबार

ताजा समाचार, विजनेस
१४ साउन, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो । कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक २७३५ अंकसम्म पुगेको थियो । त्यसपछि उतारचढावका क्रममा दुई पटक २७०० अंक नाघे पनि माथि टिक्न सकेन । बजार घट्दा कारोबार रकम भने उच्च भएको छ । १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ को स्थिर रह्यो । फाइनान्स ५६ तथा हाइड्रोपावर समूह २६ अंक बढे भने अरु सबै घटे । बैंकिङ ०.६, विकास बैंक १४२, होटल तथा पर्यटन १९, जीवन बीमा २५२, उत्पादन १३७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा १४०, अन्य ०.५६ र व्यापार १७६ अंक घटे । नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशत बढ्यो । मन्दा...
ढाका उद्यममा प्यारीमायाको प्रेम

ढाका उद्यममा प्यारीमायाको प्रेम

जीवनशैली, ताजा समाचार, विजनेस, समाज
१४ साउन, भद्रपुर (झापा) । पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ । विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यावसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको छ । प्यारीमाया लिम्बू झपाको बुद्धशान्ति-४ मन्दिरचोकमा ढाकाको उद्यम गर्नुहुन्छ । एपिएस ढाका ट्रेनिङ सेन्टरका नाममा घरेलु तथा साना उद्योग चन्द्रगढी झापामा उद्योग दर्ता गराएर उनले व्यवसायसँगै ढाकाको क्षेत्रमा काम गर्ने नयाँ व्यक्तिलाई तालिम प्रदान गर्दै आएकी छन् । हालसम्ममा उनले आफ्नो उद्योग र स्थानीय तह, घरेलुलगायत विभिन्न सङ्घसंस्थामार्फत तीन सयभन्दा बढी मानिसलाई ढाकासम्बन्धी तालिम दिइसकेकी छन् । उनी भन्छिन्, ‘तालिम लिएका अधिकांश व्यक्ति सानोतिनो जस्तो भए पनि उद्यम गरिरहेका छन्, कसैले पनि खाली हात बस्नुपरेको छैन ।’ बजारको माग धेरै रहेकाले...
खुद बन्यो नेपाल विद्युत् निर्यातकर्ता, एक वर्षमा १७ अर्बको निर्यात

खुद बन्यो नेपाल विद्युत् निर्यातकर्ता, एक वर्षमा १७ अर्बको निर्यात

अन्तरास्ट्रिय, ताजा समाचार, विजनेस
१३ साउन, काठमाडौं । नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । यसरी आयातको तुलनामा निर्यात धेरै हुँदा नेपाल खुद् निर्यातकर्ता बन्न सफल भएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात भएको जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात...
११३ अंक बढ्यो सेयर बजार, बैंकिङमा १० प्रतिशतको छलाङ

११३ अंक बढ्यो सेयर बजार, बैंकिङमा १० प्रतिशतको छलाङ

ताजा समाचार, विजनेस
१३ साउन, काठमाडौं । आइतबार सेयर बजार ११३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८१ अंकमा कायम भएको छ । कुल १५ अर्ब ८१ करोडको कारोबार भयो । दिनभर कारोबार हुँदा दुई पटक सर्किट ब्रेक लागे पनि दोस्रो सर्किट ब्रेकपछि बजार सम्हालिएको थियो । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा पुगेको थियो । ४० मिनेटपछि खुलेको बजारमा भने एकाएक बिक्री चाप बढ्यो, जसले गर्दा तेस्रो सर्किट ब्रेक लाग्न पाएन । १२ : ०२ बजे नेप्से आजको अधिकतम अंक २७०८ मा पुगेको थियो । यस दिन माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रका सूचक बढे । माइक्रोफाइनान्स भने १० अंक (०.१८ प्रतिशत) घट्यो । ...
मौद्रिक नीतिपछिको सेयर बजारमा लाग्यो सर्किट ब्रेक

मौद्रिक नीतिपछिको सेयर बजारमा लाग्यो सर्किट ब्रेक

ताजा समाचार, विजनेस
१३ साउन, काठमाडौं । मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार १ मिनेटमै सर्किट ब्रेक लागेको छ । १ घण्टामै ४ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ अंक बढेर २६७० अंकमा कायम भएको छ । २० मिनेटका लागि कारोबार स्थगित भएको छ। गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ । सर्किट ब्रेक लाग्दा बैंकिङ सूचक सबैभन्दा धेरै ७.३ प्रतिशत बढेको छ । विकास बैंक २.८, फाइनानस १.३, होटल तथा पर्यटन १.७, हाइड्रोपावर २.२, जीवन बीमा २.३, उत्पादन ३.२, माइक्रोफाइनान्स २.२, अन्य ४.६ तथा व्यापार समूह ५.३ प्रतिशत बढेको छ ।...
लघुवित्त कर्जाको ब्याजदर पुनरावलोकन गरिने

लघुवित्त कर्जाको ब्याजदर पुनरावलोकन गरिने

ताजा समाचार, विजनेस
११ साउन, काठमाडौं । लघुवित वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदर परिवर्तन हुने भएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति अनुसार ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने व्यवस्था गरिएको हो । अहिले लघवित्तहरूको ब्याजदर अधिकतम १५ प्रतिशत रहेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त सम्बन्धी यस्तो व्यवस्था सार्वजनिक गरे पनि घटाउने वा बढाउने भन्ने उल्लेख गरेका छैनन् । मौद्रिक नीतिले लघुवित्त र शाखाहरू बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिने नीतिगत व्यवस्था ल्याएको छ । मौद्रिक नीतिले लघुवित्तका ग्राहक हित संरक्षण गर्न भन्दै अन्तर्राष्ट्रिय असल अभ्यासलाई आधार मानेर आवश्यक नियामकीय व्यवस्था ल्याएको छ । बाध्यातात्मक कारणले ऋण तिर्न नसक्ने ऋणीहरूलाई पनि मौद्रिक न...
चालु पुँजी कर्जा कार्यान्वयनको अवधि थप

चालु पुँजी कर्जा कार्यान्वयनको अवधि थप

ताजा समाचार, विजनेस
११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत चालु पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गर्ने जनाएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा चालु पुँजी कर्जा कार्यान्वयनको अवधि थप गर्ने उल्लेख गरिएको हो । अहिले उद्योगी, व्यवसायीले वार्षिक कारोबारको २५ प्रतिशत रकम चालुपुँजी कर्जा पाउँछन् । यसभन्दा बढी चालुपुँजी कर्जा लिएको भए सीमाभित्र ल्याउने अवधि २०८२ असार मसान्तसम्म तोकिएको छ । ‘अब व्यवसायीहरूले चालु पुँजी कर्जा मार्गदर्शनमा उल्लेखित ‘भेरियन्स एनालाइसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थालाई २०८२ साउन १ गतेबाट लागू हुने गरी समयावधि थप गरिने’ मौद्रिक नीतिमा उल्लेख गरिएको छ । राष्ट्र बैंकले २०७९ कात्तिकदेखि चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शनको व्यवस्था गरेको थियो । मौद्रिक नीतिमा असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्...
मौद्रिक नीतिबाट व्यापार, व्यवसायलाई के आयो सहुलियत ?

मौद्रिक नीतिबाट व्यापार, व्यवसायलाई के आयो सहुलियत ?

ताजा समाचार, विजनेस
११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै परिस्थितिजन्य कारणले उद्योग व्यवसाय बन्द रहेता पनि कर्जाको सावाँब्याज भुक्तानी नियमित गर्ने उद्योग व्यवसायलाई कर्जा वर्गीकरण र जोखिम व्यवस्थाको लागि आवश्यक सहजीकरण गरिने बताए । त्यस्तै चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ । २ करोडसम्मको लघु, घरेलु, साना तथा मझौला उद्यम्, कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रवाह हुने कर्जामा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न नपाउने व्यवस्थामा कृषिका लागि सहय...